STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ चैत्र ९, आइतबार

    मिनीट्रकले ठक्कर दिँदा बाबुछोराको मृत्यु

    काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९० नंको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा५७प ७२८ नंको मोटरसाइकल एकापसमा आज बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

  • २०७६ चैत्र ९, आइतबार

    वडा सदस्य प्रहरी हिरासतमा

    जिल्लाको त्रिवेणी नगरपालिका वडा नं २ का वडासदस्य लालबहादुर बुढा महिलालाई जबर्जस्ती करणी गरेको उभियोगमा प्रहरी हिरासतमा पर्नुभएको छ । जिल्ला प्रहरी कार्यालयले उहाँलाई सो अभियोगमा गत फागुन २९ गतेदेखि हिरासतमा राखेको जनाएको छ । सैतीस वर्षीय वडासदस्य बुढालाई स्थानीय महिलाले दिएको उजुरीका आधारमा पक्राउ गरी हिरासतमा राखिएको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताउनुभयो । प्रहरी निरीक्षक रोकायाका...

  • २०७६ चैत्र ९, आइतबार

    तामाको वस्तु पगाल्ने क्रममा विस्फोट, एक जनाको मृत्यु

      कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा आज आइतवार विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ । अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । प्रहरीले विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।

  • २०७६ चैत्र ९, आइतबार

    बढी भाडा लिने २० कारवाहीमा

    मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले आज कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रु बनेर जाँदा बढी भाडा लिएको पाइएपछि आज उनीहरुलाई कारवाही गरिएको बताउनुभयो । तीनदिनमा ४६ जनालाई यसरी कारवाही गरिसकिएको छ । यसअघि शनिबार १७ जनालाई र शुक्रबार नौ जनालाई कारवाही गरिएको थियो । ट्राफिक प्रहरीको हटलाईन १०३ मा आएको...

  • २०७६ चैत्र ६, बिहिबार

    पार्किङ गरी राखिएको बसमा आगजनी

    दाङको तुलसीपुर बसपार्कमा पार्किङ गरी राखिएको बसमा आगजनी गरिएको छ । तीन महिनादेखि पार्किङ गरी राखिएको बसमा अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडमर पालले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुर उपमहानगरपालिका–५ निवासी सुमन कार्कीको ना४ख ७१८८ नंको बसमा आगलागी भएको प्रहरीले बताएको छ । बुधबार राति सवा ११ बजेतिर अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी...

  • २०७६ चैत्र ५, बुधबार

    छ किलोग्राम चरेससहित भारतीय पक्राउ

    नेपाल प्रहरीले छ किलो १५० ग्राम चरेससहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट अवैध लागुऔषध चरेससहित भारत विहारका ४० वर्षीय अनवर अली अन्सारीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका अन्सारीलाई आवश्यक...

  • २०७६ चैत्र ५, बुधबार

    १० लाख थान मास्कसहित पक्राउ

    निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभ¥याङबाट उनलाई आज पक्राउ गरेको हो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको र...

  • २०७६ चैत्र ४, मंगलबार

    खुकुरी प्रहार गर्ने तीन पक्राउ

    तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन् । गए राति प्रहरीको टोलीले तुलसीपुर...

  • २०७६ चैत्र ४, मंगलबार

    ‘चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा

    चोर पक्राउ गर्न भनी भारतीय प्रहरी पोशाकसहित सोमबार साँझ दैलेख सदरमुकाममा आएका छन् । दैलेखकै एक युवकले भारु ५० लाख चोरी गरेर दैलेखमा आएको भन्दै खोजतलासीका लागि पोशाकसहित भारतीय प्रहरी सदरमुकाम आइपुगेका हुन् । आज बिहान पोशाकसहित जिल्ला सदरमुकाममा निस्फिक्री हिँडिरहेका भारतीय प्रहरी पोशाकसहित जिल्ला प्रहरी कार्यालय दैलेखमा गएका थिए । दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अहिले सोही...

  • २०७६ चैत्र ३, सोमबार

    जगन्नाथ गाउँपालिकामा बम विस्फोट

    बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गेट नजिकै बम विस्फोट गराइएको छ । अज्ञात समूहद्वारा कार्यालय परिसर क्षेत्र रहेको कार्यालयको ढोका नजिकै बम विस्फोट गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका र प्रहरी कार्यालयसँगै रहेको परिसरमै बम विस्फोट गराइएको हो । सिसिटिभीको निगरानी भए पनि कार्यालय परिसर नजिकै बम विस्फोट हुन सुरक्षा चुनौती बढेको छ । प्रहरी चौकी कार्यालय र नियमित प्रहरी...

  • २०७६ चैत्र १, शनिबार

    जनकपुरमा घरेलु मदिरा सेवनबाट मर्नेको सङ्ख्या १५ पुग्यो, शोकमा डुब्यो गाउँ

    घरेलु विषाक्त मदिरा सेवनका कारण एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–७ स्थित मुसहरी टोलमा विषाक्त मदिरा सेवनले थप तीनको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । आज मृत्युु हुनेमा मुसहरी टोलका बनारसी देवी सदा, मिथिला सदा र झगरु सदा रहेका छन् । होलीका अवसरमा रक्सी खाएका बनारसीदेवीको शुक्रबार साँझ र मिथिला र झगरुको आज...

  • २०७६ फाल्गुण २८, बुधबार

    पूर्वसञ्चारमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

    पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो । बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो...

Pages