अपराध-दुर्घटना
-
२०७७ जेठ २९, बिहिबार
सामाखुसीको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
काठमाडौं – सामाखुसीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको ज्यान गएको छ । काठमाडौं महानगरपालिका–२६ कपुरधारामा बुधबार बा९५प ६४८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नयाँसडक बस्ने ३४ वर्षीय निरज सिख्राकारको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका सिख्राकारको उपचारको क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु् भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा काठमाडौं–१६ नयाँ बजारका २६...
-
२०७७ जेठ २९, बिहिबार
भक्तपुरकाे ढलमा खसेकाकाे शव ललितपुरमा भेटियाे
काठमाडाैं - भक्तपुरकाे एउटा ढलमा चिप्लिएर खसेका व्यक्तिकाे शव ललितपुरमा भेटिएकाे छ । भक्तपुर नगरपलिका १ चुनदेवीमा ट्रक पार्किङ गरेर झरेका हेटौंडा नगरपालिका ९ घर भएका ५० वर्षीय चालक नरबहादुर राउत चिप्लिएर ढलभित्र पसेका थिए । ललितपुरमा उनी मृत अवस्थामा फेला परका छन् । उनको शव बिहीबार बिहान बिहान साढे १० बजे ललितपुरको बागमती गाउँपालिका १ भुजेल भन्ने ठाउँमा फेला परेको हो। स्थानीयले उनलाई नग्न...
-
२०७७ जेठ २८, बुधबार
टाैखेलमा हत्या गरी फालिएकाे अवस्थामा एक युवकको शव भेटियाे
ललितपुर - ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक मृत भेटिएका छन् । युवककाे हत्या गरी फालिएकाे हुनसक्ने आशंका गरिएकाे छ । स्थानीय राज शाहीले दिएकाे जानकारी अनुसार ३६ वर्षीय अमित शाही मृत भेटिएका हुन् । शाहीका अनुसार बुधबार राती ११ बजेसम्म घरमै रहेका ती युवक अचानक घरबाट बेपत्ता भएका थिए । बेपत्ता युवकलाई खाेजी गर्दा घरबाहिर रातीकाे १ बजे मृत अवस्थामा भेटिएकाे थियाे । घटनाकाे खबर पाएपछि...
-
२०७७ जेठ २८, बुधबार
लकडाउनमा अपराध : कतै एम्बुलेन्समा गाँजा कतै ट्यांकरमा मदिरा
काठमाडाैं - कोरोना महामारी र लकडाउनकाे समय अपराधकाे लागि एम्बुलेन्स र तेलकाे ट्यांकरकाे प्रयाेग हुने गरेकाे पाइएकाे छ । वीरगन्जमा एम्बुलेन्सबाट ५६ किलो लागु औषध गाँजा बरामद भएको छ । बाराको सिमरास्थित अल्पाइन मेडिकल कलेज टिचिङ अस्पतालको ना ४ च ८५९९ नम्बरको एम्बुलेन्सबाट गाँजा बरामद भएको हो । गाँजासहित तीन जनालाई पक्राउ पनि गरेको छ । एम्बलुन्स र गाँजा बुधबार बिहान प्रहरीले सार्वजनिक गरेको छ ।...
-
२०७७ जेठ २८, बुधबार
अपडेट : टौखेलका अमित शाहीको विभत्स हत्या
काठमाडौं – ललितपुर गोदावरी नगरपालिका ३ वडा टौखेलका अमित शाहीको विभत्स हत्या भएको छ । स्थानीय एवं मृतक अमित शाहीका भान्जा राज शाहीले दिएको जानकारी अनुसार बुधबार राति ११ बजेसम्म अमित घरमै रहेको थियो । अचानक घरमा नदेखेपछि परिवारले खोजतलास गर्दा रातिको १ बजेतिर घरबाहिर हत्या गरिएको अवस्थामा अमित शाहीको शव भेटिएको थियो । मृतक शाहीको परिवार स्रोतले जानकारी दिएअनुसार अमित रातिको ११ बजे शौचालय जान बाहिर...
-
२०७७ जेठ २८, बुधबार
भारतबाट आएकालाई क्वारेन्टाइन लैजान लागेको टिपर नदीमा खस्याे
काठमाडाैं - कालिकोटमा भारतबाट आएकाहरूलाई क्वारेन्टाइनमा लैजान लागेको टिपर कर्णाली नदीमा खसेको छ। नरहरिनाथ गाउँपालिका-१ लालीबजारबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ५१३३ टिपर बिजबजार भन्ने ठाउँबाट कर्णाली नदीमा खसेको हो। दुर्घटनास्थलमा तीन जनाको शव भेटिएको छ । करिब ३६ भन्दा बढी हराइरहेको प्रारम्भिक जानकारी आएको छ । उनीहरू कर्णाली नदीमा हराएकाे आशंका गरिएकाे छ । कालीकोटाको जिते बजारबाट...
-
२०७७ जेठ २७, मंगलबार
घरेलु हतियार प्रयोग गरी पाँजजनाको सामूहिक हत्या
काठमाडाैं - रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १० स्थित गंगादेवी गाई फार्ममा काम गर्ने पाँजजनाको हत्या भएको छ। सोमबार राति घरेलु हतियार प्रयोग गरी उनीहरुको हत्या भएको रुपन्देही प्रहरी कार्यालयले जनाएको छ। हत्या गरिएकामध्ये सैनामैना वालापुरका श्रीमान/श्रीमती माधव मुसहर र जानकी मुसहर तथा सोही स्थानका पोखराज मुसहर रहेका छन् । त्यस्तै अन्य दुई करण चौधरी र आशिष चौधरी तिलोत्तमा नगरपालिकाकै...
-
२०७७ जेठ २७, मंगलबार
सामूहिक हत्याकाण्डमा संलग्नका आरोपी पक्राउ, कसूर स्वीकार
काठमाडाैं - रुपन्देहीको तिलोत्तमामा भएको सामूहिक हत्याकाण्डमा संलग्न रहेको अभियोगमा पक्राउ परेका व्यक्तिले कसूर स्वीकारेको प्रहरीले जनाएको छ । गएराति तिलोत्तमा–१०, कान्छी बजारस्थित रामबहादुर पुनको गंगादेवी पशु फार्ममा ५ जनाको हत्या भएको थियो । घटनापछि भुसको गोदाममा लुकेको अवस्थामा स्थानीयले एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए । यसरी नियन्त्रणमा पुगेका सुर्खेतका ३१ वर्षीय...
-
२०७७ जेठ २०, मंगलबार
काठमाडाैंबाट 'भिआइपी' जुवाडेहरु समातिए
काठमाडौं । काठमाडौंको कमलादीस्थित एक होटलबाट होटल मालिकसहित ९ जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु काठमाडाैंका भिआइपी व्यापारीहरु रहेकाे जनाइएकाे छ । जुवा खेलिरहेका उनीहरुलाई २ लाख ७७ हजार ७ सय २० रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा अशोक अग्रवाल, पुरुषोत्तम अग्रवाल, गाविन्द सरिया, रामचन्द्र संघाई लगायत रहेका छन् । उनीहरु सबैलाई महानगरीय प्रहरी वृत...
-
२०७७ जेठ १९, सोमबार
बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते
रासस - बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा गए राति करिब १२ बजे ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ११ जनाको...
-
२०७७ जेठ १७, शनिबार
एटिएम फुटाउने रंगेहात पक्राउ
काठमाडौं - भक्तपुरमा एटिएम फुटाउदैँ गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। शनिबार बिहान सवा २ बजे मध्यपुर ठिमी नगरपालिका-६ बाहखा बजार स्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो। पक्राउ पर्ने सिन्धुपालचोक कदम्बास घर भई हाल सोही वडाको नगदेश भन्ने ठाँउमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ हुन्। प्रहरीले तामाङलाई एटिएम फुटाउदैँ गरेको...
-
२०७७ जेठ १३, मंगलबार
टिपरको ठक्करबाट प्रहरीको मृत्यु
काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ नयाँठिमीमा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ । सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दाङको रामपुर घर...


