STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७७ आषाढ २३, मंगलबार

    सावधान ! कवाडी बनेर सुन चोरी गर्ने गिरोह सक्रिय

    काठमाडौँ : आपराधिक समूहले विभिन्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए । यसपाली भने कवाड टिप्ने हुलिया बनाएर सुन पसलको निगरानी गरी चोरी गरेको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाका अनुसार रातको समयमा काठमाडौँ उपत्यकाका सुन चाँदी पसलको सटर फोरेर चोरी गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा उक्त तथ्य फेला परेको...

  • २०७७ आषाढ २२, सोमबार

    बैंकिङ कसुर मुद्दामा फरार दुई पक्राउ

    काठमाडौँ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले उच्च अदालत पाटनको २०७६ फागुन २१ को फैसलाअनुसार कैद र जरिवाना ठहर भएका काठमाडौँ महानगरपालिका–१६ नयाँबजारका ५५ वर्षीय राजमान सुनार र तारकेश्वर नगरपालिकाका ४१ वर्षीय विश्वमर्दन बस्नेतलाई आइतबार पक्राउ गरेको हो । पक्राउ परेका सुनारलाई अदालतले रु १४ लाख ६९ हजार ६४०...

  • २०७७ आषाढ २१, आइतबार

    बलात्कार गरेको आरोपमा गोकर्णेश्वरबाट दुईजना पक्राउ

    काठमाडौँ : काठमाडौँको गोकर्णेश्वरमा २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बलात्कार गरेको उजुरीपछि गोकर्णेश्वर नगरपालिकाको माकलबारीबाट दुई जना पक्राउ गरेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिनुभयो । पक्राउपर्नेमा गोकर्णेश्वर –४ बेंसीगाउँ बस्ने दोलखा गौरीशङ्कर गाउँपालिका– ४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी...

  • २०७७ आषाढ २१, आइतबार

    प्रणाली नै ह्याक गरी भ्रष्टाचार गर्ने नेपाल बैंककाे शाखा प्रबन्धकविरुद्ध मुद्दा

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकको प्रणाली नै ह्याक गरी भ्रष्टाचार गरेको अभियोगमा आज तत्कालीन शाखा प्रबन्धकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाले बैंकमा जम्मा गर्नुपर्ने व्याजसमेत आफ्नो निजी खातामा जम्मा गरेको, बैंकिङ प्रणालीमा प्रयोग गरिने व्यक्तिगत टेलर आइडी र अन्य प्राविधिक प्रणालीको दुरुपयोग गरी रु...

  • २०७७ आषाढ २०, शनिबार

    पत्रकार बस्याललाई आक्रमण गर्नेलाई कारवाही माग

    काठमाडौँ : राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार टेकेन्द्र बस्यालमाथि शुक्रबार राति भएको साङ्घातिक आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गरी नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकार बस्यालमाथि गरिएको आक्रमण प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै निर्वाधरूपमा काम गर्ने वातावरण बनाउन प्रशासनसँग माग गरेको हो । नेपालगञ्ज...

  • २०७७ आषाढ २०, शनिबार

    उपत्यकामा सवारी दुर्घटनामा १४५ को मृत्यु, दुईपाङ्ग्रे धेरै

    काठमाडौँ : काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको छ । उपत्यकामा आर्थिक वर्ष २०७६/०७७ मा सवारी दुर्घटनाबाट १४५ व्यक्तिको मृत्यु भएको हो जसमा ११७ पुरुष र २८ महिला छन् । यस्तै २२९ व्यक्ति गम्भीर घाइते तथा छ हजार १९५ सामान्य घाइते भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकामा दुर्घटना सवारीसाधनमध्ये दुईपाङ्ग्रे बढी रहेका छन् । जसमा छ हजार ६३२ दुईपाङ्ग्रे...

  • २०७७ आषाढ १९, शुक्रबार

    तपस्वी रामबहादुर बम्जनविरुद्ध जबर्जस्ती करणीको मुद्दा

    बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा लिटिल बुद्ध भनेर चिनिने तपस्वी रामबहादुर बम्जनलगायत तीन जनाविरुद्ध सर्लाही जिल्ला अदालतमा मुदा दायर भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका-१३ पत्थरकोटस्थित आश्रमस्थलमा आनी बनेर बसेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा तपस्वी रामबहादुर बम्जन भनेर चिनिने रामलाल बम्जनविरुद्ध बाल यौन शोषणको मुद्दा दायर भएको जिल्ला न्यायधिवक्ता केशव प्रसाद गौतमले जानकारी दिएका...

  • २०७७ आषाढ १७, बुधबार

    बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार भक्तपुरबाट पक्राउ

    भक्तपुर : पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका...

  • २०७७ आषाढ १५, सोमबार

    आगलागीमा तीन वर्षीया बालिकाको ज्यान गयो

    भोजपुर : भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागी हुँदा बालिकाको ज्यान गएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी तीन वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आइतबार भएको आगलागीमा परी गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्यचौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो ।...

  • २०७७ आषाढ १४, आइतबार

    सवारी दुर्घटनामा कलाकार एव‌ं पत्रकारकाे निधन

    काठमाडाैं - रुपन्देहीमा गए राति सवारी दुर्घटनामा परी एक कलाकार तथा पत्रकारको निधन भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ६ ड्राइभरटोल निवासी ३० वर्षीय कलाकार तथा पत्रकार कृष्णबाबु पाण्डेको आफैँले चलाएको कार दुर्घटनामा निधन हो । बा ७ च ६९५९ नम्बरको कार चलाएर बुटवलबाट आफ्नो निवास ड्राइभरटोल तर्फ जाँदै गर्दा राति करीब ११ बजे सडक छेउको रेलिङमा ठोक्किँदा गम्भीर घाइते हुनुभएका न्युज २४ टिभीमा...

  • २०७७ आषाढ १४, आइतबार

    बुद्धचित्तसहित पक्राउ

    काठमाडौँ : अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको मालासहित काठमाडौँको स्वयम्भू बडेगालका सरोज तिमिल्सिनालाई आज प्रहरीले पक्राउ गरेको छ । अवैधरुपमा सञ्चय गरी राखेको बुद्धचित्तको माला ११ किलो ७०० ग्राम तथा नउनेको अवस्थामा रहेको बुद्धचित्त २४ किलोसहित प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तिमिल्सिनाको घरमा अवैधरुपमा बुद्धचित्त सञ्चय गरिराखेको भन्ने सूचनाका आधारमा महानगरीय...

  • २०७७ आषाढ १३, शनिबार

    राष्ट्रिय वाणिज्य बैंकका प्रबन्धक पक्राउ

    राँझा, १३ असार : सरकारी कागज किर्ते गरी ऋण प्रवाह गरेको प्रकरणमा बाँके प्रहरीले राष्ट्रिय वाणिज्य बैैंक त्रिभुवन चोकका शाखा प्रबन्धक ललितबहादुर शाहीलाई पक्राउ गरेको छ । रु एक करोड २५ लाख ऋण लिएका सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढको मुद्दा अनुसन्धान गर्ने क्रममा प्रबन्धक शाहीलाई शुक्रबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रबन्धक शाहीलाई...

Pages