अपराध-दुर्घटना
-
२०७६ फाल्गुण २८, बुधबार
सामूहिक बलात्कार घटनाका आरोपित सार्वजनिक
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई साता पहिलेको सामूहिक बलात्कार घटनाका आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मिथिला माध्यमिकी परिक्रमा जिल्ला सदरमुकाम जलेश्वर पुगेको दिन फागुन १५ गते राति परिक्रमा मेला हेर्न पुगेका दुई किशोरीलाई जबर्जस्ती बलात्कार गर्ने सातको समूहमध्ये चारलाई पक्राउ गरी प्रहरीले मङ्गलबार सार्वजनिक गरेको हो । प्रहरीले घटनामा संलग्न रहेको आरोपमा जलेश्वर नगरपालिका–६ का...
-
२०७६ फाल्गुण २६, सोमबार
छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु , ११ घाइते
ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पुलचोकबाट लायन्सचोकतर्फ आउँदै गरेको बा१ख ९८५९ नंको मिनीट्रकले गए राति ठक्कर दिँदा पैदलयात्री नवलपुर कावासोती नगरपालिका–१७ का अन्दाजी ५० वर्षीय ठाकुर पौडेलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् । यस्तै नारायणगढ–मुग्लिन सडकखण्डमा बिग्रिएको ट्रकमा बस ठक्कर खाँदा ११ जना घाइते भएका...
-
२०७६ फाल्गुण २६, सोमबार
घाँस काट्न निस्केकी महिला मृतावस्थामा
जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिनुभयो । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।
-
२०७६ फाल्गुण २६, सोमबार
तोरीबारीमा मृतावस्थामा फेला
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ स्थित रोशीखोला नजिक तोरीबारीमा एक जना मृतावस्थामा फेला परेका छन् । आइतबार साँझ फेला परेका मृतकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।
-
२०७६ फाल्गुण २५, आइतबार
जिप दुर्घटना चालकको मृत्यु, ६ जना घाइते
धनगढीबाट दार्चुला जाँदै गरेको ‘अनटेष्ट १२५७ नं’को जिप दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटनमा दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । अन्य छ घाइते भएका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । सो राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ पनतोलीमा सो जिप आज बिहान सडकबाट २५० मिटर तल खसेर दुर्घटना परेको थियो । मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका...
-
२०७६ फाल्गुण २५, आइतबार
आफैँलाई गोली हान्दा एकजना सशस्त्र प्रहरी घाइते
सर्लाहीमा ड्युटीमा खटेका एक सशस्त्र प्रहरी जवानले आफैँलाई गोली हान्दा गम्भीर घाइते भएका छन् । सशस्त्र प्रहरी बल नं १० गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफँैले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिनुभयो । सर्लाही बलरा नगरपालिका निवासी घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार गरी थप उपचारका लागि वीरगञ्जमा...
-
२०७६ फाल्गुण २५, आइतबार
पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न १२ वर्षपछि पक्राउ
पत्रकार वीरेन्द्र साहको हत्या भएको १२ वर्षपछि हत्याका एक अभियुक्तलाई बारा प्रहरीले शनिबार राति पक्राउ गरेको छ । पक्राउपर्नेमा कुन्दन फौजदार भनिने नरेन्द्र फौजदारलाई बारागढी गाउँपालिका वडा नं ६ गडहलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिनुभयो । विसं २०६४ असोज १८ गते कलैयाबाट पिपरा बजार जाने क्रममा तत्कालीन अवस्थामा भूमिगत रहेको नेकपा माओवादीले अपहरण गरेको थियो । अपहरणपछि निर्मम...
-
२०७६ फाल्गुण २५, आइतबार
कुटपिट गरी भाइको हत्या
कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका रुपमा राखिएका ती बालकले काठको लट्ठी र हातले निर्घात कुटपिट गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । कुटपिटबाट घाइते भएका बालकको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रनाउ...
-
२०७६ फाल्गुण २५, आइतबार
महिलामाथि तेजाब प्रहार
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब ड प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते हुनुभएको छ । गुप्ताको अवस्था सामान्य रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले बताउनुभयो । महिलाको निधार र शरीरमा तेजाब लागेको छ । तेजाब आक्रमणपछि घाइते गुप्ताको कपिलवस्तु जिल्ला अस्पतालमा उपचारपछि युनिर्भसल मेडिकल कलेज भैरहवामा उपचार...
-
२०७६ फाल्गुण २४, शनिबार
सर्जिकल सामान कालोबजारी गर्ने पक्राउ
नेपाल प्रहरीले सर्जिकल सामग्री कालोबजारी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडबाट खटिएको प्रहरी टोलीले विश्वमा फैलँदै गएको कोरोना भाइरसको मौका छोपेर ह्याण्ड स्यानेटाइजर कालोबजारी गरी बेच्ने प्रिया ट्रेडर्सका अनिल गुप्तालाई शुक्रबार साँझ पक्राउ गरेको हो । भारत घर भएका गुप्ताले काठमाडौँ महानगरपालिका–२५ बाङ्गेमुडामा पसल राखेर सामान कालोबजारी गर्दै आएको आरोप लगाइएको छ...
-
२०७६ फाल्गुण २४, शनिबार
चाडपर्वको भिड बढेसँगै उपभोक्ता गुणस्तर र तौलमा ठगिँदै
चाडपर्वका बेला महोत्तरीका बजारमा परम्परागत काठे तराजु र ढुङ्गे ढक विस्थापित नहुँदा उपभोक्ता तौलमा ठगिने गरेका छन् । अहिले ‘होरी’ फागू पर्वको सामान किन्न बजारमा उपभोक्ताको भीड लाग्दा जिल्लाका हाट बजार र ग्रामीण बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुङ्गे ढक नै तौलमा प्रयोग गर्ने क्रम नरोकिएपछि उपभोक्ता तौल र गुणस्तरमा ठगिने गरेका हुन् । काठे तराजु र ढुङ्गे ढक कानूनले बन्देज लगाए पनि...
-
२०७६ फाल्गुण २३, शुक्रबार
बलात्कार कसुरमा नौ वर्ष जेलसजाय
शारीरिक अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले त्रियुगा नगरपालिका– १६ का ४३ वर्षीय भीमबहादुर तामाङलाई नौ वर्ष जेलसजाय र पीडितलाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ । बिहीबार जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले सो फैसला गरेको अदालतका स्रेस्तेदार राजकुमार आचार्यले बताउनुभयो । स्रेस्तेदार आचार्यका अनुसार तामाङले २०७६ साल जेठ १२ गते ती महिलालाई बलात्कार...


