अपराध-दुर्घटना
-
२०७७ जेठ ११, आइतबार
डिल्लीबजार कारागारको कैदीबन्दीबीच झडप
डिल्लीबजार कारागारको क्यान्टिनले सामान दिन छाडेपछि कैदीबन्दीबीच झडप भएको छ। आइतबार विहान डिल्लीबजार कारागारमा कैदी बन्दीहरुबीच झडप हुँदा केही कैदी घाइते समेत भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले कारागार सिल गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार कारागारको क्यान्टिनले सामान दिन छाडेको विषयमा झडप भएको र अहिले स्थिति नियन्त्रणमा आइसकेको छ। कैदीबन्दीबीच...
-
२०७७ जेठ ४, आइतबार
नयाँसडकको एक घरमा आगलागी
काठमाडौं – काठमाडौं महानगरपालिका २२ वडा न्युरोडस्थित एक घरमा आइतबार साँझ आगलागी भएको छ । विद्युतीय तार सर्ट भएपछि स्थानीय राजेन्द्र महर्जनको घरमा आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । महानगरीय प्रहरी बृत्त जनसेवाले जनाए अनुसार आगो पूर्ण नियन्त्रणमा आइसकेको छ । जुद्ध बारुद यन्त्रको टोलीले आगो नियन्त्रणमा लिएको हो ।
-
२०७७ जेठ ३, शनिबार
लाखौंको धनमाल चारी
काठमाडौं – राजधानीको तीनथाना बस्ने राजेश मानन्धरको घरबाट रु १७ लाख ६१ हजार मूल्यबराबरको धनमाल चोरी भएको छ । चोरीमा संलग्नको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त थानकोट र वृत्त कीर्तिपुरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरिएको छ । पक्राउपर्नेमा उदयपुरका आकाश मगर, अञ्जना मगर, कीर्तिपुरका सौरभ महर्जन, अभिषेक महर्जन र धादिङका विमला...
-
२०७७ बैशाख २७, शनिबार
३४ किलो गाँजासहित फर्केका प्रहरीमाथि आक्रमण, एक राउन्ड हवाई फायर
काठमाडौं – राप्ती नगरपालिका–१२ बाट ३४ किलो गाँजा बरामद गरेर फर्किरहेको प्रहरी टोली शुक्रबार राति स्थानीयबासीको आक्रमणमा परेको समाचार प्राप्त भएको छ । गाँजा बरामद गरेर फर्किँदै गरेको प्रहरी टोलीमाथि पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा आक्रमण भएको थियो । प्रतिकारस्वरुप प्रहरीले एक राउन्ड हवाई फायर जनाइएको छ । आक्रमणबाट प्रहरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली घाइते भएको...
-
२०७७ बैशाख २३, मंगलबार
एक करोड बढीको भारतीय रुपैयाँ समातियो
काठमाडौं – नेपाल ल्याउँदै गरेको करोडभन्दा बढीको भारतीय रुपैयाँ समातिएको छ । विराटनगरको एकीकृत जाँच चौकीमा प्रहरीले १ करोड ९ लाख ८९ हजार ५३० भारतीय रुपैँयाँ बरामद गरेको छ । भारतमा नेपाल आइरहेको खाली ट्रकमा ती रुपैयाँ लुकाइएको थियो । प्रहरीले ट्रक चालकसहित २जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान थालेको छ ।
-
२०७७ बैशाख ८, सोमबार
बालिका बलात्कार आरोपमा पक्राउ
एक बालिकालाई बलात्कार गरेको आरोपमा लिखु गाउँपालिका–४ चौघडाका ६० वर्षीय कृष्ण पण्डितलाई प्रहरीले पक्राउ गरेको छ । शिवपुरी गापा घर भई हाल लिखु गापास्थित मामाघरमा आएकी बालिकालाई यही वैशाख ५ गते विभिन्न प्रलोभन देखाई बलात्कार गरेको आरोपको उजूरी जिल्ला प्रहरी कार्यालयमा आइतबार दर्ता भएपछि प्रहरीले पण्डितलाई पक्राउ गरेको प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिनुभयो । अभियुक्तलाई आइतबार नै...
-
२०७७ बैशाख ७, आइतबार
गुह्येश्वरीमा सडेको शव फेला
काठमाडौं– पशुपति गुह्येश्वरीमा आइतबार सडेको अवस्थामा एकजनाको शव भेटिएको छ । प्रहरीले जनाएअनुसार टाउको सडेको हुनाले शवको सनाखत हुन सकेको छैन । एक साताअघि मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । शवलाई पोष्टमार्टमको लागि शिक्षण अस्पताल, महाराजगंज पठाइएको छ ।
-
२०७७ बैशाख २, मंगलबार
लकडाउनमा वनस्थलीबाट कार हरायो
काठमाडौं– कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि लागु गरिएको लकडाउनको समय चोरीका घटनाहरु पनि बाहिरिएका छन् । काठमाडौंको वनस्थली क्षेत्रबाट गत चैत २६ गते साँझ ६ः३० बजेतिर पार्किङमा राखिएको एउटा निजी कार हराएको जानकारीमा आएको छ । बा६च नम्बरको सिल्भर रङको किया कम्पनीको कार हराएकोले कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा कारधनीको नम्बर ९८१८६९९२४० मा सम्पर्क गर्न पनि भनिएको छ । घरकै कम्पाउण्डबाट...
-
२०७६ चैत्र २०, बिहिबार
काठमाडौं खुसिबुँको फर्निचर कारखानामा आगलागी
काठमाडौं– खुसिबुँस्थित एउटा फर्निचर कारखानामा बुधवार राति आगलागी भएको छ । भाइकाजि महर्जनको फर्निचर कारखानामा रातिको १२ बजेतिर आगलागी भएको थियो । खुसिबुँस्थित कुमारी नर्सरी नजिक रहेको उक्त फर्निचर कारखानाको टहरा आगलागीले ध्वस्त भएको स्थानीय मनोज महर्जनले जानकारी दिएका छन् । आगलागीको समय त्यहाँ ६–७ वटा ग्यास सिलिन्डर पड्किएको पनि सुनिएको स्थानीय महर्जनले बताएका छन् । महर्जनले दिनुभएको जानकारी...
-
२०७६ चैत्र ११, मंगलबार
आदेश उल्लङ्घन गर्ने ६८ पक्राउ, एक हजार गाडी नियन्त्रणमा
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट आज प्रहरीले नियन्त्रणमा लिएको छ । सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएकोृ छ । प्रहरीका अनुसार कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट सात, झापाबाट चार, सुनसरीबाट चार, पर्साबाट तीन,...
-
२०७६ चैत्र ११, मंगलबार
कोरोनाबारे भ्रम फैलाउने धर्मगुरु पक्राउ
कोरोनाको महामारी फैलिरहेका बेला पोखरामा धर्मका नामका भाइरसबारे भ्रम फैलाउने एक धर्मगुरुलाई आज कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भएका २९ वर्षीय केशवराज आचार्यलाई इसाई धर्मको प्रचार गरी येशुका अनुयायीलाई कोरोना सङ्क्रमण हुँदैन भन्दै भ्रामक प्रचार गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले लामो समयदेखि पोखरामा बस्दै आचार्यले इसाई धर्मका नाममा कोरोनाबारे भ्रम...
-
२०७६ चैत्र १०, सोमबार
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिनुभयो । मृतकको शव हेटौँडा अस्पतालमा रािखएको र मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।


