राष्ट्रिय
-
२०७७ आषाढ २१, आइतबार
पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले कोरोना बढी सङ्क्रमण प्रभावित स्थान र क्षेत्र पहिचान गरी रोकथाम र नियन्त्रण गर्न र पिसिआर परीक्षणलाई तीव्रता दिन आग्रह गरेको छ । आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईद्वारा आज यहाँ जारी प्रेस विज्ञप्तिमा काठमाडौँ उपत्यका जस्तो घनाबस्ती भएका ठाउँमा समुदायमा कोरोना सङ्क्रमण फैलिएमा स्थिति भयावह हुन सक्नेतर्फ बेलैमा ध्यान पु¥याउन र पिसिआर परीक्षणलाई तीव्रता दिई...
-
२०७७ आषाढ २१, आइतबार
क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ
काठमाडौं - बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । बागलुङको ढोरपाटन नगरपालिका ४ खुंगाको क्वारेन्टाइनमा बसेका उनको गएराति मृत्यु भएको थियो । उनको दिउँसो आइतबार मात्रै रिपोर्ट आएको हो । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूका अनुसार फोक्सोमा समस्या देखिएपछि उपचारको लागि भारत गएका उनी असार ३ गते मात्रै बागलुङ आएका थिए । क्वारेन्टाइनमा...
-
२०७७ आषाढ २१, आइतबार
सुकिसकेकाे ललितपुरकाे सुन्धाराबाट अब पानी आउने
ललितपुर महानगरपालिकाको महानगरको वडा नं ६ मा रहेको सुन्धारा, १७ को सिन्चा हिटी र मनी मण्डप हिटी हिउँदमा सुक्छन् । अब यी तीनवटा धारामा निरन्तर पानी आउने भएका छन् । यी तीन ढुङ्गे धाराको मुहान संरक्षण भएपछि ती धारामा पानी आउने भएका हुन् । वडा नं १५ स्थित नाय्ख्योमा रहेको मुहान संंरक्षण गर्दै त्यहाँ पोखरी निर्माणको काम सुरु भएको छ । महानगरको गौरवशाली योजना अन्तर्गत यो काम थालिएको हो । पहिलो चरणको...
-
२०७७ आषाढ २१, आइतबार
डेढ करोड लागतमा व्यासमूर्ति बनाइँदै
दमौली : व्यास जन्मभूमि दमौलीमा निर्माण गर्न लागिएको १०८ फिट अग्लो व्यासको मूर्तिका लागि तनहुँको व्यास नगरपालिकाले रु एक करोड ५० लाख बजेट विनियोजन गरेको छ । दमौलीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ निर्माण गर्न लागिएको मूर्तिका लागि नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷७८ को बजेटमा उक्त रकम विनियोजन गरेको हो । व्यास र पराशर क्षेत्रको विकासका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको नगरपालिकाका...
-
२०७७ आषाढ २१, आइतबार
एक सिपाही : एक बिरुवा रोपण
नेपाली सेनाले पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिकाको खण्डमा आज वृक्षरोपण गरेको छ । व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गण (ई) ले राजमार्गको दायाँबायाँ खण्डमा वृक्षरोपण गरेको गणपति प्रमुख सेनानी मनोज गुरुङले जानकारी दिनुभयो । कालीभञ्जन गणको समुदायप्रति उत्तरदायित्व बहन तथा ‘एक सिपाही एक बिरुवा’ कार्यक्रमअन्तर्गत वृक्षरोपण गरिएको गुरुङले जानकारी दिनुभयो । प्रमुख सेनानी गुरुङका अनुसार...
-
२०७७ आषाढ २१, आइतबार
मेलम्चीको सुरुङमा पानी पठाई परीक्षण
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबारदेखि पानी जोडिएपछि मेलम्ची र बागमती नदीमा पानीको वहाब बढ्नसक्ने भन्दै सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । मेलम्ची खानेपानी आयोजना विकास समितिले मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रका खोलानाला साथै बाग्मती नदीमा कुनैपनि बेला पानीको बहाब बढ्न सक्ने बताएको छ । त्यसैले ती नदी तथा खोलाको किनारमा जाँदा विशेष सावधानी अपनाउन...
-
२०७७ आषाढ २१, आइतबार
संघनायक ज्ञानपूर्णिक महास्थविरको अन्तिम संस्कार सम्पन्न
काठमाडौं, नेपाली थेरवादी भिक्षुहरु मध्ये सर्वोच्च पदमा आसिन संघनायक ज्ञानपूर्णिक महास्थविरको आज आइतबार बागमती किनार शंखमुल घाटमा अन्तिम संस्कार गरियो । संघनायक ज्ञानपूर्णिक महास्थविरको शुक्रबार ८१ वर्षको उमेरमा शुक्रबार बिहान ४.३५ बजे निधन भएको थियो । उहाँको पार्थिव शरिरमा कार्यबाहक संघनायक बोधिसेन महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविर लगायत अन्य भन्ते तथा गुरुमां एवं...
-
२०७७ आषाढ २१, आइतबार
पत्रकारमाथि दुर्व्यवहारमा संलग्नलाई कारवाही गर्नुपर्ने माग
काठमाडौँ : नेपाल प्रेस युनियनले पछिल्लो पटक बाँके र लमजुङमा पत्रकारमाथि भएको आक्रमण र दुव्र्यवहारसम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही गर्नुपर्ने माग गरेको छ । लमजुङका पत्रकार आश गुरुङमाथि यही असार १८ गते समाचार प्रकाशनका विषयलाई लिएर बेँसीशहर नगरपालिका–७ का वडाध्यक्ष गोविन्द बस्नेतले सार्वजनिक स्थानमा बोलाई हातपात तथा गालीगलोज गरेको जनाइएको छ । खोज पत्रकारिता केन्द्रमा प्रकाशित ‘...
-
२०७७ आषाढ २०, शनिबार
कोरोनाका कारण मृत्यु हुने ३४ पुग्याे • संक्रमितकाे संख्या १५ हजार ४९१
काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार बिहान गोरखामा एक र रुपन्देहीका जनाको कोरोनाकै कारण मृत्यु भएसँगै मृतकको संख्या ३४ पुगेको हो। शनिबार बिहान गोरखा पालुङटार नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो। असार १७ गते कतारबाट नेपाल आएका उनको उपचारको क्रममा शनिबार गोरखा...
-
२०७७ आषाढ २०, शनिबार
बनेपाकाे रोशीखोलामा पक्की पुल
बनेपा : बर्खा लागे पनि रोशी खोलापारि थान्सिङबेँसीका गणेशप्रसाद न्यौपाने खेतमा फलाएको तरकारी घरआँगनबाटै गाडीमा लोड गरेर बेच्न पाएकामा खुशी हुनुहुन्छ । घरमुनि नै बगिरहेको रोशीखोला बर्खा लागेसँगै गाडी आवतजावतमा समस्या भएपछि त्यहाँबाट पारि जान झोलुङ्गे पुल तरेर बोकेर लानुपर्ने बाध्यता थियो । अहिले रोशीखोलामा मोटरेबल पुल बनेसँगै घरआँगनबाटै तरकारी बेच्न पाएकामा धेरै खुशी लागेको उहाँले बताउनुभयो । उहाँ...
-
२०७७ आषाढ २०, शनिबार
क्वारेन्टिनमा रहेका युवकको मृत्यु
गलकोट : क्वारेन्टिनमा बसेका बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका एक युवकको मृत्यु भएको छ । निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक...
-
२०७७ आषाढ १९, शुक्रबार
यी स्थानमा आज भारी वर्षाको सम्भावना
काठमाडौं - मौसम पुर्वानुमान महाशाखाले शुक्रबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल देशभर मनसुनी वायु को प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेश, प्रदेश ५, बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसैगरी, शुक्रबार दिउँसो देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै...


