STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ आषाढ १३, शनिबार

    नेपालमा सलह भित्रिएपछि विज्ञले लिए पाकिस्तानी वैज्ञानिकसँग परामर्श

    काठमाडौं । नेपालमा सलह भित्रिएपछि कृषि मन्त्रालय माताहतका एक दर्जनबढी विज्ञले पाकिस्तानी वैज्ञानिकसँग सलह नियन्त्रण उपायबारे परामर्श लिएका छन् । सलह नियन्त्रणमा सफलता हात पारेका पाकिस्तानी किट वैज्ञानिकसँग दुई घण्टा भर्चुअल छलफल भएको मन्त्रालयका उपसचिव डा.गंगादत्त आचार्यले बताए । मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसी, प्लान्ट क्वरिन्टिन तथा विषादी व्यावस्थापन केन्द्रका प्रमुख शहदेव हुमागाईसहितका...

  • २०७७ आषाढ १२, शुक्रबार

    ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो । कोभिड १९ को कारणले बन्दाबन्दीले गत वैशाख ६ र ७ गते तय गरिएको सो कार्यक्रम मन्त्रालयले गत चैत २१ गते स्थगन गरेको थियो । ‘राष्ट्रिय भिटामिन ए’...

  • २०७७ आषाढ १२, शुक्रबार

    नेपालको जनसंख्या तीन करोड नाघ्याे

    काठमाडौं - नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको जनसंख्या घडीमा शुक्रबार मध्याह्न नेपालको जनसंख्या ३ करोड ६३४ जना देखाइएको छ । विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार यो वैज्ञानिक आधारमा प्रक्षेपण गरिएको जनसंख्या हो । यो घडी २०६८ को जनगणनाको आधारमा सेट गरिएको हो । घडीले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको आधारमा जनसंख्या देखाउँछ । २०६८ सालको जनगणनाअनुसार नेपालको...

  • २०७७ आषाढ १२, शुक्रबार

    सुरक्षित हवाईयात्राको अभ्यास उडान

    ‘कृपया अब हामी बुद्ध एयरको उडान नं. ६०१ बाट पोखरा प्रस्थान गर्दैछौँ । बाह्र हजार फिटको उचाइबाट २५ मिनेटको यात्रापछि पोखरा विमानस्थलमा अवतरण हुनेछौँ । यात्रु महानुभावहरु ध्यानदिनुहोला ! “कोभिड–१९ को महामारीबाट सुरक्षित रहनका लागि हवाई यात्रामा पालना गर्नुपर्ने सुरक्षा निर्देशन” कृपया आफ्नो सिटबेल्ट बाँधिदिनु होला, यात्रा अवधिभर मास्क र फेससिट लगाउनुहोला । उडानका बेला हिँडडुल नगर्नु होला, अति...

  • २०७७ आषाढ १२, शुक्रबार

    बालबालिकालाई झाडापखालाविरुद्ध खोप दिइँदै

    काठमाडौँ : सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो । महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले झाडापखालाबाट वर्षेनि बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न उक्त खोप दिन थालिएको बताउनुभयो । उहाँका अनुसार वर्षेनि तीन लाख ५०...

  • २०७७ आषाढ ११, बिहिबार

    ललितपुरमा कोभिडबाट दोस्रो व्यक्तिको मृत्यु

    ललितपुर जिल्लामा कोरोना सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु भएको छ । यही असार ४ गते महालक्ष्मी नगरपालिका वडा नं ५ टीकाथली बस्ने स्थायी ठेगाना चितवन जिल्ला रत्ननगर घर भएका ५० वर्षीय पुरुषको कोरोना पुष्टि भएसँगै आज बिहान ७ बजे पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरमा प्रमुख डा खगेश्वर गेलालले बताउनुभयो । उहाँले भन्नुभयो, “ती व्यक्तिको पाँच महिनाअघि...

  • २०७७ आषाढ ११, बिहिबार

    उपत्यकामा ९ जनासहित थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा ४८ महिला र ३८६ पुरुष गरी थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै नेपालमा संक्रमितको कूल संख्या ११ हजार १६२ जना पुगेको जानकारी दिए । हालसम्म कोरोना जित्नेको संख्या २ हजार ६५० पुगेको छ । बितेको...

  • २०७७ आषाढ १०, बुधबार

    स्वीकृतिबिना रेष्टुरेन्ट तथा होटल सञ्चालन गर्न रोक

    भरतपुर, १० असार : जिल्ला प्रशासन कार्यालय चितवनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन नगर्न निर्देशन दिएको छ । मङ्गलबार एक सूचना जारी गर्दैै प्रशासनले बिनास्वीकृति रेष्टुरेन्ट तथा होटल सञ्चालन गरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा रेष्टुरेन्टबाट ‘टेक अवे’ सेवा दिन र होटलले...

  • २०७७ आषाढ १०, बुधबार

    खानेपानी मन्त्रालयले देशैभरका क्वारेन्टिनमा शौचालय निर्माण गर्ने

    काठमाडौँ, १० असार - खानेपानी मन्त्रालयले देशभरका सबै क्वारेन्टिनमा शौचालय बनाउने तयारी अघि बढाएको छ । मन्त्रिपरिषद्को गत साताको बैठकले मन्त्रालयलाई शौचालय निर्माणको जिम्मेवारी दिएको थियो । मन्त्रालयले कुन मोडलको बनाउने, कुन क्वारेन्टिनमा कति सङ्ख्यामा बनाउनेलगायतका विषयमा छलफल अघि बढाएको छ । मन्त्री विना मगर, सचिव माधव बेल्वासे, खानेपानी तथा सरसफाइ विभागका प्रतिनिधि, खानेपानी मन्त्रालयका...

  • २०७७ आषाढ १०, बुधबार

    एजेण्डा तय गर्दै सकियो नेकपाको स्थायी कमिटी बैठक, अर्काे बैठक असार १२ गते

    काठमाडौं : सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक एजेण्डा तय गर्दै सकिएको छ। बुधबार बालुवाटारमा बसेको बैठकले एजेण्डा तय गरेको हो। बैठकको प्रस्तावित कार्यसूची अध्यक्षको तर्फबाट महासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए। कार्यसूचीमाथि बैठकमा सहभागी सहभागी नेताले धारणा राखेका छन्। कार्यसूची अनुसार बैठकको प्रारम्भमा प्रधनमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘...

  • २०७७ आषाढ १०, बुधबार

    एकैदिन ६२९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०,७२८ पुग्याे

    काठमाडौं - नेपालमा बुधबार ६२९ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना भाइरस (कोभिड–१९) संक्रमिततको संख्या १० हजार ७२८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ । अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट...

  • २०७७ आषाढ ९, मंगलबार

    पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र

    मेलम्ची, ९ असार : ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरु बाटोमै अलपत्र परेर थन्किएका छन् । ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरु नाकामै रोकिएका छन्...

Pages