राष्ट्रिय
-
२०७७ आषाढ १५, सोमबार
सलहको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून : विज्ञ
चितवन : अण्डा पार्ने र बच्चा हुर्काउन आवश्यक वातावरण नभएका कारण नेपाल प्रवेश गरेका सलह कीराको सङ्ख्या वृद्धि हुने सम्भावना न्यून रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयका किट विज्ञान विभागकका प्रमुख प्राडा सुन्दर तिवारीका अनुसार सो प्रजातिका कीरालाई अण्डा पार्न वालुवाले ढाकेको ठूलो क्षेत्र र गर्मी मौसम आवश्यक पर्दछ । उहाँले भन्नुभयो, “त्यस्तो ठाउँ नेपालमा छैन । यस दृष्टिकोणले सो कीरा फैलिने...
-
२०७७ आषाढ १५, सोमबार
सडक विभागले निर्माण व्यवसायीलाई सात अर्ब रकम भुक्तानी गर्नुपर्ने
काठमाडौँ : सडक विभागले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम रु सात अर्ब पुगेको छ । यो रकम ठेक्का सम्झौतानुसार काम गरेर भुक्तानीका लागि पेश भएको बिलको रकम हो । यो महिनाको अन्तिमसम्ममा थप पाँचदेखि सात अर्ब रकम भुक्तानी गर्नुपर्ने दायित्व रहेको विभागका प्रवक्ता उपमहानिर्देशक शिवहरि सापकोटाले बताउनुभयो । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी बन्दाबन्दीका कारण भुक्तानी गर्नुपर्ने रकम विभागले...
-
२०७७ आषाढ १५, सोमबार
पर्यटन मन्त्रालयले विभिन्न स्रष्टालाई पुरस्कृत गर्ने
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न विधाका स्रष्टालाई प्रदान गरिने पुरस्कारको घोषणा गरेको छ । मन्त्रालयले आइतबार भएको मन्त्रिस्तरको निर्णयबाट राजनीतिक तथा सांस्कृतिक परिवर्तन, भाषा, साहित्य, संस्कृति र नाटक विधामा पुरस्कृत हुने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जनाएको छ । सो अन्र्तगत समाज सुधार अभियान विधा तर्फ २०७६ सालको भगत सर्वजित मानव मर्यादा...
-
२०७७ आषाढ १४, आइतबार
चितवन आइपुग्यो सलह
चितवन : पूर्वी चितवनको कालिका र खैरहनी नगरपालिकामा सलह कीरा देखिएका छन् । कालिका नगरपालिका–३ को दुई सय बिघा भन्ने स्थानको ९६ बिघामा र खैरहनी नगरपालिकाको पर्सामा कीरा देखिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख मेघनाथ तिमल्सेनाका अनुसार कालिका नगरपालिकाका स्थानीयवासीले आज बिहान गुलेलीले हानेर तर्साएपछि त्यहाँ रहेको सो कीराका सानो झुण्ड वनतर्फ गएको छ । सो...
-
२०७७ आषाढ १४, आइतबार
सम्पदा संरक्षण एवं पुनर्निर्माणका काम जारी
काठमाडौँ : कोरोना महामारीका कारण जारी बन्दाबन्दीमा पनि ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाको संरक्षण र पुनर्निर्माणका काम निरन्तर भइरहेका छन् । पुरातत्व विभागको चालू आर्थिक वर्षको कार्य प्रगति र आगामी वर्षको कार्ययोजनाका सम्बन्धमा प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा विभागले कोभिड–१९ का कारण पुरातात्विक सम्पदा संरक्षणका केही आयोजनाबाहेक अन्यमा निरन्तर काम भइरहेको बताएको छ...
-
२०७७ आषाढ १४, आइतबार
थप ४६३ जनामा संक्रमण, कुल संक्रमितको संख्या १२ हजार ७७२ पुग्याे
काठमाडौं : आइतबार मात्र ४६३ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आइतबार नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार नौ सय ६२ र आरडीटी दुई हजार सात सय ३२ जनाको नमुना...
-
२०७७ आषाढ १४, आइतबार
सलह किरालाई माछा र कुखुराको आहार बनाउने तयारी
धनगढी : सुदूरपश्चिम प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशमा सलह किरा भित्रिएमा त्यसलाई टिपेर माछा र कुखुराको दानाका रुपमा प्रयोग गर्न सकिने गरी आवश्यक तयारी गरेको छ । धान दिवस मनाउने सन्दर्भमा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्माले सलह किराले पु¥याउनसक्ने क्षति रोक्नका लागि यस्तो रणनीति अवलम्बन गरिएको बताउनुभयो । यसका लागि सलह...
-
२०७७ आषाढ १३, शनिबार
पिसिआर परीक्षणका लागि थप १० प्रयोगशाला सञ्चालन गरिँदै
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप १० ठाउँमा कोभिड–१९ को पिसिआर विधिबाट परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ । कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि १० ठाउँमा प्रयोगशाला स्थापना गर्न थालिएको मन्त्रालयका इन्सिडेन्ट कमाण्ड सिस्टमका संयोजक डा गुणराज लोहनीले जानकारी दिनुभयो । उहाँका अनुसार मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा...
-
२०७७ आषाढ १३, शनिबार
सलहको एउटा बथान नेपाल छिर्याे
भारत हुँदै सलहको एउटा बथान नेपाल छिरेको छ । बारा जिल्लामा सलहको सानो झुण्ड देखिएको कृषी मन्त्रालय स्रोतले जनाएको छ । भारतको बिहार हुँदै सलहको समूह नेपाल प्रवेश गरेको हो । सलह नेपाल प्रवेश गरेसँगै यसले पुर्याउन सक्ने क्षति न्यूनिकरण गर्ने विषयमा छलफल गर्न कृषि मन्त्रालयले आज शनिबार आकस्मिक रुपमा बैठक बोलाएको छ । ‘कृषि विकासका स्थानीय अधिकारीहरुले हामीलाई सर्लाही र बारामा केही दिनदेखि सलहको बथान...
-
२०७७ आषाढ १३, शनिबार
कैलालीका कोराना सङ्क्रमितको चितवनमा मृत्यु
चितवन : भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु भएको छ । उनी फोक्सोको क्यान्सरबाट पीडित रहेको बताइएको छ । विहीबार राति उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको उपचारतका क्रममा आज बिहान मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार ती पुरुष क्यान्सरका उपचारका सिलसिलामा भारतबाट...
-
२०७७ आषाढ १३, शनिबार
थप ५ सय ५४ जनामा संक्रमण, संक्रमित १२ हजार नाघ्याे, मृत्यु हुने २८ पुगे
काठमाडाैं - शनिबार मात्र ५ सय ५४ जनाको रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर पाँच सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । संक्रमितमध्ये एक हजार तीन सय ६९ महिला र १० हजार नौ सय ४० पुरुष छन् । कुल १२ हजार तीन सय ९ जनामा संक्रमण...
-
२०७७ आषाढ १३, शनिबार
‘कोरोना रिमुभिङ कार्ड’ले मुटु तथा कलेजोमा गम्भीर असर पार्ने : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ मा प्रयोग भएको रसायनहरुले मुटु तथा कलेजोमा गम्भीर असर गर्ने बताएको छ । कोरोना संक्रमण रोक्न÷नियन्त्रणका लागि आहिलेसम्म कुनै पनि औषधिको विकास नभएको भन्दै मन्त्रालयले भ्रम नफैलाउन समेत आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ‘कोरोना रिमुभिङ कार्ड’ नामक कार्डमा प्रयोग भएको रसायनले मुटु, कलेजो र फोक्सोमा गम्भीर असर गर्ने बताए...


