राष्ट्रिय
-
२०७७ आषाढ ९, मंगलबार
थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि, मृत्यु हुनेको संख्या २४ पुग्यो
काठमाडौं - पछिल्लाे २४ घण्टामा नेपालमा थप ५३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १० हजार नाघेको छ। संक्रमितको कूल संख्या १० हजार ९९ पुगेको जानकारी दिए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ९० महिला र ४४८ पुरुष गरी कूल ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । गौतमले यस्तै मंगलबार ७६ जना गरी अहिलेसम्म २ हजार २ सय २४ जना कोरोना...
-
२०७७ आषाढ ९, मंगलबार
'पत्रकारलाई पारिश्रमिक नदिने र सेवाबाट हटाउने कार्य असैह्य'
काठमाडौँ, ९ असार : नेपाल पत्रकार महासङ्घ र न्यूनतम् पारिश्रमिक निर्धारण समितिले बन्दाबन्दीका समयमा श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने र सेवाबाट हटाउने कार्य भएमा सैह्य नहुने स्पष्ट पारेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगको आमसञ्चार समितिद्वारा आज आयोजित ‘कोरोना महामारीमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा’ विषयका...
-
२०७७ आषाढ ८, सोमबार
हेटौँडा कुलेखानी-काठमाडौँ सडकखण्डमा पहिरो
हेटाैंडा ८ असार - हेटौँडा कुलेखानी काठमाडौँ सडकखण्डको भीमफेदी गाउँपालिका–६ जुरीखेत र इन्द्र सरोवर गाउँपलिका–२ हेभीमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको छ । अहिले पहिरो गएको ती दुई ठाउँको सडक खुलाउन स्काभेटरले पहिरो हटाउने काम शुरु गरिसकिएको र सम्भवतः आज दिउँसोसम्ममा सडक आवागमन पुनः शुरु हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रजिअ दीपकराज नेपालले जानकारी दिनुभयो । लमजुङ– पहिरोले लमजुङ–मनाङ...
-
२०७७ आषाढ ८, सोमबार
एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना
सुरज भण्डारी टेक्सस गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि निर्माण गर्ने समितिका सञ्चार संयोजक गौतम दाहालले जानकारी दिनुभयो । प्रत्येक दुई वर्षमा गैरआवासीय नेपालीले प्रकाशन...
-
२०७७ आषाढ ८, सोमबार
लकडाउनको पनि शुल्क बुझाउन निजी विद्यालयहरुकाे आग्रह, अनलाइन कक्षाकाे शुल्क लाग्ने !
काठमाडौं । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले आइतबार संयुक्त रुपमा शुल्क तिर्न अभिभावकलाई आग्रह गरेको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन-प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको...
-
२०७७ आषाढ ८, सोमबार
थप ५३५ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ९५६१ पुग्यो
काठमाडौं : सोमबार ५३५ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ९ हजार ५६१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ८१ हजार ३७१ र आरडीटी विधिबाट दुई लाख ६८ हजार १०३ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशाला पीसीआर विधिबाट ६ हजार १९८ जनाको नमुना परीक्षण गरिएको छ...
-
२०७७ आषाढ ७, आइतबार
राष्ट्रिय कविता महोत्सव स्थगित
काठमाडाैं - कोभिड–१९ का कारण नेपाल प्रज्ञा–प्रतिष्ठानले यही असार ९ गते आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सव–२०७७ स्थगन गरेको छ । प्रतिष्ठानले आज सूचना जारी गरी कोभिड–१९ को विश्वव्यापी महामारी र बन्दाबन्दीका कारण ६३औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव स्थगन गरेको जनाएको हो । महोत्सवका लागि समसामयिक विषयमा आधारित भएर नेपाली भाषामा लेखिएको १५० शब्दसम्मको आफ्नो कविता जेठ २५ गतेसम्म पठाउन...
-
२०७७ आषाढ ७, आइतबार
चीन र भारतबीचको द्वन्द्वकाे समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न नेपालको आग्रह
काठमाडाैं - सरकारले चीन र भारतबीच उत्पन्न पछिल्लो द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । राष्ट्र राष्ट्रहरुबीचको द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्छ भन्ने नेपालको स्थापित मान्यता रहेको स्पष्ट गर्दै सरकारले नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा रहेको बताएको छ । छिमेकी मित्रराष्ट्र भारत र चीनबीच गलवान उपत्यका क्षेत्रमा विकसित पछिल्लो घटनाक्रम असल...
-
२०७७ आषाढ ७, आइतबार
अन्तर्राष्ट्रिय विमानस्थलमा एकै दिन १६ उडान
काठमाडाैं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एकै दिन १६ उडान भएका छन् । अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ छ उडान भएको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । शुक्रबार पनि अन्तर्राष्ट्रियतर्फ नौ र आन्तरिकतर्फ पाँच गरी १५ उडान भएको थियो । विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान भइरहेको हो । शनिबारमात्रै दुबैतर्फ गरी १६ उडान भएको विमानस्थलका...
-
२०७७ आषाढ ७, आइतबार
आइतबार खण्डग्रास सूर्यग्रहण, तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट देखिने
आषाढ कृष्ण औँसीका दिन आज खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ । मध्याह्न १२ः३८ बजे मध्य र अपराह्न २ः२३ बजे ग्रहणले मोक्ष प्राप्त गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिने उहाँले बताउनुभयो । शास्त्रीय मान्यताअनुसार असार ६ गते...
-
२०७७ आषाढ ७, आइतबार
नेपालमा काेराेना संक्रमितको संख्या ९ हजार नाघ्याे, मृत्यु हुने २३ जना
काठमाडौं : शनिबार मात्र ४२१ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितको संख्या ९ हजार २६ पुगेको हो। याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ७५ हजार एक सय ७३ र आरडीटी विधिबाट दुई लाख ६२ हजार एक सय ७४ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा...


