STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ जेठ ९, शुक्रबार

    थप ३० जनामा संक्रमण पुष्टि, कुल संक्रमित ४८७

    काठमाडौं – नेपालमा शुक्रबार बिहान थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ केसबाध चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला रहेका छन् । त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५...

  • २०७७ जेठ ९, शुक्रबार

    होटल र रिसोर्टलाई क्वारेन्टाइन बनाइने

    काठमाडौं – विदेशबाट फर्किएका नागरिक राख्न अब क्वारेन्टाइनको रुपमा होटल र रिसोर्टलाई प्रयोगमा ल्याइने भएको छ । शहरी विकास मन्त्रालयमा बिहीबार भएको छलफलमा राज्यमन्त्री रामवीर मानन्धरले देशभरका व्यवस्थितरूपमा चलेका होटल तथा रिसोर्टलाई क्वारेन्टाइनको रुपमा प्रयोगमा ल्याउन आवश्यक परामर्श थालिएको बताए । उनका अनुसार हाल काठमाडौं उपत्यकामा ५१८ शय्या तयारी अवस्थामा छन् । देशभर भने करीब ६५ हजार...

  • २०७७ जेठ ९, शुक्रबार

    नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

    काठमाडौं – नेपालमा शुक्रबार थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५ सय ७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार डडेलधुरा र बैतडीमा पनि संक्रमण देखिएको छ । डडेलधुराको पराशुराम–१० का २८ वर्षीय पुरुष र वैतडीको शिवनाथ–१ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै कैलालीमा तीनजनामा संक्रमण पुष्टि भएको छ । जानकी गाउँपालिकाको...

  • २०७७ जेठ ९, शुक्रबार

    ‘कविकेशरी’ को मातृभाषा प्रेम

    चित्तधर जन्मजयन्ती काठमाडौं - नेपालभाषाका पहिला गद्यकवि हुन्, चित्तधर हृदय। ३३ वटा पुस्तकका लेखक उनले प्रायः आफ्नै मातृभाषा नेपालभाषामा साहित्य सिर्जना गरे। चित्तधरको जन्म १९६२ साल जेठ ५ गते रक्तकाली, काठमाडौंमा भएको थियो। उनलाई राणा सरकारले ‘मातृविहीन बालक’ लेख्यो भनेर १९९७ सालमा जेल हाल्यो। उनी २००२ सालमा मात्र थुनामुक्त भए। उनले महाकाव्य, खण्डकाव्य, गीत, कथा, निबन्धप्रबन्ध, नाटक, बालसाहित्य,...

  • २०७७ जेठ ९, शुक्रबार

    कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा झन्झट, जंगलमा शव गाड्नुपर्‌याे

    काठमाडौं – रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव जंगलमा गाडिएको छ । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शब निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडेको हो । मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका कारण तिलोत्तमाकै वडा नं १४...

  • २०७७ जेठ ९, शुक्रबार

    नेपालमा सङ्क्रमितको सङ्ख्या ५१६

    कोभिड– १९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ का ५४ वर्षीया महिला,...

  • २०७७ जेठ ९, शुक्रबार

    भक्तपुरका सहित ९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । भक्तपुर जिल्लाका एकजनामा सहित थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार राति भक्तपुरको भक्तपुर नगरपालिका–९ मा ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी, बारा, सप्तरी, र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४...

  • २०७७ जेठ ८, बिहिबार

    थप १७ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ४४४ पुगे

    काठमाडौं – नेपालमा कोरोना महामारीकै रुप लिइरहेको स्पष्ट हुन्छ । दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दो छ । बिहीबार बिहान जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ४४४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला,...

  • २०७७ जेठ ८, बिहिबार

    भक्तपुर केन्द्रविन्दु भएर भुइँचालो

    काठमाडौं – भक्तपुर केन्द्रविन्दु भएर बिहीबार ३.४ रिक्टरस्केलको भूकम्प गएको छ । बिहान ८ः१४ बजे भक्तपुर केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भक्तपुरको अनन्तलिङ्गेश्वर वरपरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । यसअघि बिहीबारै बिहान २ः४१ को समय दार्चुलाको उकु वरपर केन्द्रविन्दु भएर ३ रिक्टर स्केलको भुइँचालो गएको पनि भूकम्प मापन तथा अनुसन्धान...

  • २०७७ जेठ ८, बिहिबार

    गुल्मीका कोरोना संक्रमितको मृत्यु

    काठमाडौं – रुपन्देहीको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारत गुल्मीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आज बिहान ७ बजेर १० मिनेट जाँदा उनको मृत्यु भएको प्रदेशको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाले जनाएको छ । गुल्मीको मदाने गाँउपालिका वडा न ६ का ४१ बर्षीय ती बिरामीको अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरको सहायतमा उपचार भइरहेको थियो । सो बिरामीको मृत्युबारे बुधबार पनि समाचार आएका भए...

  • २०७७ जेठ ८, बिहिबार

    थप ९ जनामा कोरोना संक्रमण पुष्टि, टेकु अस्पतालबाट चारजना डिस्चार्ज

    काठमाडौं – नेपालमा बिहीबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल कोरोना संक्रमितको संख्या ४५३ जना पुगेका छन् । झापामा ८ र रुपन्देहीका एकजना गरी ९ जनामा बिहीबार कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०,...

  • २०७७ जेठ ७, बुधबार

    संक्रमितको बसोबास रहेकोले मैतीदेवी क्षेत्र सिल

    काठमाडौं – कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल गरिएको छ । मंगलबार कोराना संक्रमित पुष्टि भएका रामेछापका व्यक्ति मैतीदेवी क्षेत्रमा बसिरहेकाले उक्त क्षेत्र सिल गरिएको हो । सडकमा डोरी बाँधेर ‘कोरोना प्रभावित क्षेत्र’ लेखी आवतजावतमा प्रतिबन्ध लगाइएको छ । उक्त क्षेत्रमा प्रहरी पनि परिचालित छन् । योसँगै संक्रमितको सम्पर्कमा आएका मैतीदेवी क्षेत्रका मानिसहरुको स्वाब संकलन पनि भइरहेको छ ।...

Pages