राष्ट्रिय
-
२०७७ जेठ १४, बुधबार
एकै दिन ११४ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ८८६ पुग्यो
काठमाडौं – नेपालमा बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान...
-
२०७७ जेठ १४, बुधबार
दलित हत्याको घटनाप्रति नेवाः देय् दबूको भर्त्सना
काठमाडौं – नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले रुकुम भएको दलित हत्याको घटनालाई लिएर घोर भर्त्सना गरेको छ । नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले सो घटनालाई अमानवीय घटनाको संज्ञा दिँदै त्यस्ता घटना दोहोरिन नदिन र समाजमा जातीय सद्भाव कायम राख्न रुकुम घटनाका सम्पूर्ण दोषीलाई कानुनी दायरमा ल्याएर कानुनी कारवाही गर्न नेपाल सरकारसँग माग पनि गरेका छन् । जाजरकोट भेरी नपा ४ रानागाउँका २१...
-
२०७७ जेठ १३, मंगलबार
वल्र्ड नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टरले सफलताको बाटो पहिल्याउने
विजयरत्न असंबरे वल्र्ड नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टरले वर्तमान युवा पुस्तालाई लक्ष्यित गरेर स्टेप टु सक्सेस नामक एउटा कार्यक्रम गर्ने भएको छ । [caption id="attachment_34690" align="alignleft" width="200"] सुनिल माथेमा प्रधान[/caption] उक्त संस्थाको युथ डिभिजनको तत्वावधानमा सम्पन्न हुने सो कार्यक्रम अहिले भईरहेको लकडाउनको कारण डिजिटल प्लेटफर्मको प्रयोग गरेर गरिन लागेकोे हो । यो कार्यक्रम...
-
२०७७ जेठ १३, मंगलबार
भारतीय नाकाबाट दुई घन्टामा ४८ सय नेपाली भित्रिए
काठमाडौं – दुई घन्टामा ४८ सय नेपाली भारतीय नाकाबाट भित्रिएका छन् । कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाकालाई बिहान १० बजेदेखि दुई घण्टाका लागि खोलिएको थियो । त्यो समय यति धेरै मानिस नेपाल प्रवेश गरेका हुन् । यो संख्या लकडाउन पछिको सबैभन्दा बढी हो । भारतबाट आउनेको संख्या बढेपछि दिउँसोको १ः३० बजेसम्म पनि आउन दिइएको थियो । कोरोना महामारीको कारण भारतमा लकडाउन लम्बिँदै गएपछि त्यहाँ रहेका नेपालीहरु...
-
२०७७ जेठ १३, मंगलबार
एकै दिन ९० जना कोरोना संक्रमित थपिए, कुल संक्रमित ७७२ पुग्यो
काठमाडौं – मंगलबार एकै दिन थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको हो । २ वर्षीया बालिकामा समेत संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा...
-
२०७७ जेठ १२, सोमबार
राजाको तस्बिर भएको नोट चलनचल्तीबाट हटाउने तयारी
काठमाडौं – अब राजाको तस्बिर भएको नोट चलनचल्तीबाट हटाउने तयारी गरिएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्बिर भएको नोट चलनचल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो । तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन् । सर्वसाधारणले बैङ्कमा बुझाएकाहरू बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुनः बजारमा नपठाउने राष्ट्र बैङ्कको तयारी छ । राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको...
-
२०७७ जेठ १२, सोमबार
लुम्बिनी विकास कोषले कोरोना कोषलाई दियो १५ लाख
काठमाडौं । लुम्बिनी विकास कोषले लुम्बिनी सांस्कृतिक नगरपालिकाको कोरोना रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचारमा सहयोग पु¥याउन नगरपालिकालाई कोषले आइतबार उक्त रकम बराबरको चेक दिएको हो । कोरोना भाइरसविरुद्धको लडाईमा सहभागिता जनाउने उद्देश्यले लुम्बिनी विकास कोषको आन्तरिक बजेटबाट लुम्बिनी साँस्कृतिक नगरपालिकाले...
-
२०७७ जेठ १२, सोमबार
टोखाका दुईजनासहित ७२ जनामा संक्रमण पुष्टि, मृत्यु भइसकेकाेमा पनि काेराेना
काठमाडौं – नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण...
-
२०७७ जेठ १२, सोमबार
नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु पुष्टि
काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका(७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । नारायणी अस्पतालमा गरेको परीक्षणमा रिपोर्ट...
-
२०७७ जेठ १२, सोमबार
कोरोनाबाट मृत्यु भएकाले ६ जनामा संक्रमण सारेकाे पुष्टि
काठमाडौं । कोरोना संक्रमणबाट गत जेठ ४ गते मृत्यु भएका बाराको कलैया ७ का ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । मन्त्रालयका...
-
२०७७ जेठ १२, सोमबार
नेपालमा संक्रमितको संख्या ६८२ पुग्यो
काठमाडौं - थप ६ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा काेरोना संक्रमितकाे संख्या ६८२ पुगेको छ । अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौंमा १ गरी कुल थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। अछाम मेललेकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। सेती प्रादेशिक अस्पतालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण...
-
२०७७ जेठ ११, आइतबार
काठमाडौं सोह्रखुट्टेका कोरोना संक्रमित अष्ट्रेलियाबाट फर्किएका
काठमाडौं – आइतबार पुष्टि भएका काठमाडौंका एकजना कोरोना संक्रमित सोह्रखुट्टेका ६९ वर्षीय पुरुष भएको जनाइएको छ । ती संक्रमित पुरुष गत चैत ३ गते अष्ट्रेलियाबाट युएई हुँदै काठमाडौं आएको थाहा हुन आएको छ । काठमाडौं महानगरपालिका–१६ का वडा कार्यालयले जनाएअनुसार विदेशबाट आएका व्यक्तिको विवरण संकलन गरिएका बेला उनी छुटेका थिए । उनी घरमै बसिरहेका थिए । पछिल्लो समय वडा कार्यालयले पुनः विवरण संकलन गरेपछि...


