राष्ट्रिय
-
२०७७ जेठ ३, शनिबार
नेपालमा पहिलोपटक कोरोनाबाट मृत्यु, पशुपतिमा दाहसंस्कार
काठमाडौं – नेपालमा पहिलोपटक कोरोना भाइरस (कोभिड–१९) ले एकजनाको मृत्यु भएको छ । नेपालमा २ सय ८१ जनामा कोरोना पुष्टि हुँदा एक जनाको मृत्यु भएको हो । ३६ जना निको भएका छन् । नेपालमा कोरोनाले मृत्यु हुने उनी पहिलो हुन् । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरीको कोरोनाले मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । वैशाख ३ गते त्रिवि...
-
२०७७ जेठ ३, शनिबार
आदिबासी पत्रकाहरुलाई राहत वितरण सम्पन्न
विजयरत्न असंबरे आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ललितपुरले जिल्लामा रहेका जनजाति पत्रकारलाई विषम परिस्थितिमा पनि गाह्रो अप्ठ्यारो नहोस् भन्दै शनिवार राहत स्वरुप १८ जना जनजाति पत्रकारलाई खाद्यान्न (चामल, दाल, नून र तेल), मास्क र स्यानीटाइजर वितरण गरेको छ । फोनिज ललितपुरका लागि ज्याम्लीङ बुद्ध फाउण्डेसन बौद्ध, आनन्दपुरबाट खाद्यान्न र कोन्ज्योसोम गाउँपालिकाबाट मास्क र स्यानीटाइजर सहयोग...
-
२०७७ जेठ २, शुक्रबार
बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित थपिए, कुल संक्रमित २५८
काठमाडौं – नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार...
-
२०७७ जेठ २, शुक्रबार
‘उपत्यका छिर्ने सबै नाका सिल गरौँ’ - उपत्यकाका जनप्रतिनिधिहरु
विजयरत्न असंबरे विभिन्न नाकाहरुबाट थरीथरीका उपाय अपनाएर काठमाण्डौं उपत्यका छिरेकाहरुबाट कोरोना संक्रमण फैलिएको व्यहोरा जनाइ उपत्यका नगरपालिका फोरमका पदाधिकारीहरुले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष उपत्यकाको आवत–जावतलाई कडाई गर्न माग गरेका छन् । हिजो बिहिवार मन्त्रालयमा गृहमन्त्रीको अध्यक्षतामा मन्त्रालयका सचिव, तीन वटै जिल्लाका प्रमुख, तीन ओटै निकायका सुरक्षा प्रमुखसहित उपत्यकाका विभिन्न...
-
२०७७ जेठ २, शुक्रबार
अटेर गरे घरधनी जवाफदेही : कीर्तिपुर नगरपालिका
ललेन्द्र शाक्य विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण उपत्यकामा पनि देखिइरहेको समय कीर्तिपुर नगरपालिको अत्यन्त जरुरी सुचना सार्वजनिक गरेको छ । उपत्यकामा देखिइरहेको भाइरस संक्रमणको कारण नगरक्षेत्रलाई बचाउन उच्च सतर्कता अपनाउन सुचनामा भनिएको छ । एक विज्ञप्तिमार्फत् दिइएको सुचनामा कीर्तिपुरमा अपरिचित एवं नयाँ व्यक्तिलाई निगरानीमा राख्न, त्यस्ता व्यक्तिको विषयमा...
-
२०७७ जेठ २, शुक्रबार
उपत्यकामा प्रवेश निषेध, अत्यावश्यक नपरी बाहिर निस्किए पक्राउ गरिने
काठमाडौं – कोरोना भाइरसको संक्रमण बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले लकडाउनलाई थप कडाइ गरेका छन् । अब सवारी पासबाहेक कुनै पनि सवारी साधनका साथै पैदल यात्रुलाई पनि काठमाडाैंमा प्रवेश निषेध गरिएको छ । प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने निर्णय गरेको छ । शुक्रबार दिउँसो बसेको जिल्ला सुरक्षा समितिको बैठकले मानिसको अनावश्यक भीड नियन्त्रण...
-
२०७७ जेठ २, शुक्रबार
काठमाडौंका ३१ जना सफाइ कर्मचारीको आरडिटी पोजेटिभ
काठमाडौं – काठमाडौं महानगरपालिकाका वातावरण विभागमा कार्यरत ३१ जना सफाइ कर्मचारीको आरडिटी परीक्षण पोजेटिभ देखिएको छ । उनीहरुको शुक्रबार गरिएको आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले जनाएको छ । महानगरपालिकाका ९३२ सफाइ कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा...
-
२०७७ जेठ २, शुक्रबार
सतुंगलका बालकमा कोरोना संक्रमण, चन्द्रागिरी नगरपालिका सिल
काठमाडौं – काठमाडौंको सतुंगलसहित थप ९ जनाको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै वीरगञ्जका ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीय महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ । दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय...
-
२०७७ जेठ १, बिहिबार
काठमाडौंका ७ वर्षीय बालकसहित थप ३ जनामा संक्रमण पुष्टि
काठमाडौं – काठमाडौंका एक ७ वर्षीय बालकसहित थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसको साथै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ । संक्रमितहरु काठमाडौं, चन्द्रागिरी नगरपालिका दहचोकका ७ वर्षीय बालकसहित जनकपुरका १७ वर्षीया महिला र धादिङका ३० वर्षीया महिला रहेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि बिहीबारै कपिलवस्तु निवासी ६ वर्षीया बालिका जो शिक्षण अस्पतालमा उपचाररत...
-
२०७७ जेठ १, बिहिबार
काठमाडौंसहित दुईजनामा संक्रमण, कुल संक्रमित २४५ पुगे
काठमाडौं – काठमाडौंमा एकजनासहित बिहीबार दुईजना नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या २ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लोपटक कपिलवस्तु निवासी ६ वर्षीया बालिका र काठमाडौंको चन्द्रागिरि निवासी ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार पनि चन्द्रागिरि नगरपालिकाकै मच्छेगाउँमा ३३ वर्षीया महिलामा कोरोना...
-
२०७७ जेठ १, बिहिबार
स्वास्थ्य मन्त्रालयको त्रुटी, कोराना संक्रमित संख्या २४५ मात्रै
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा ७ जना कोरोना संक्रमित थपिएको भने पनि जम्मा दुई जनामात्र नयाँ संक्रमित थपिएको पाइएको छ । मन्त्रालयले प्राविधिक कारणले पहिले नै पुष्टि भएका ५ जनाको विवरण पुनः रिपोर्टिङ भएको जनाएको छ । त्यसैले कुल संक्रमितको संख्या २४५ नै रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल...
-
२०७७ जेठ १, बिहिबार
टिचिङ्गको एक बिरामीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ्ग)मा उपचार गइरहेका एक ६ वर्षीया बालिका कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाएअनुसार कपिलवस्तुका ६ वर्षीया बालिका नै शिक्षण अस्पतालमा उपचार गराइरहेका बालिका हुन् । ती बालिकालाई एक साताअघि उपचारका लागि कपिलवस्तुबाट ल्याइएको थियो। उनलाई अस्पतालको न्युरो वार्डमा राखिएको थियो...


