राष्ट्रिय
-
२०७७ जेठ ११, आइतबार
मुस्लिम समुदाय ईद मनाउँदै
काठमाडौं । मुस्लिम समुदायको महान पर्व ईद अल–फित्र रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी इदुलफित्र (ईद) मनाउँदैछन् । हिजरी संवतको रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा इद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने ईद पर्व रमदान सकिएपछि शुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने...
-
२०७७ जेठ ११, आइतबार
यो सम्मान नेपाल र नेपालीको हो : राजदूत शाक्य
विजयरत्न असंबरे काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ । ‘द एम्बेसडर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ सम्मान गर्ने घोषणा गरेको हो । ९० वटा देशका दुतावासहरु रहेको इजरायलमा सो सम्मानबाट राजदूत डाक्टर शाक्य सम्मानित हुनुभएको हो । ९० वटै...
-
२०७७ जेठ ११, आइतबार
मान्छे ओसार्ने काममा मेडिकल माफियाको हात हुन सक्ने अनुमान
विजयरत्न असंबरे केही समय यतादेखि उपत्यकाका विभिन्न जिल्लाहरुबाट उपत्यका भित्रिने नघट्नुमा राति राति लुकाएर मान्छे भित्र्याउने काममा मेडिकल माफियाहरुको गरिरहेको हुन सक्ने आशंका गरिन थालेको छ । बाहिरी जिल्लाबाट अपरिचित मानिसहरु आए पछि उनीहरुको सम्पर्कमा आउने अरु मानिसहरु आतंकित भई कोरोना परीक्षण गर्नुपर्ने र त्यस्तो अवस्थामा आफ्ना स्वास्थ्य परीक्षण सम्बन्धी औषधी र उपकरणको बिक्री बढ्ने भएकोले...
-
२०७७ जेठ ११, आइतबार
नयाँ नक्साअनुसार संसदको लोगो परिमार्जन गर्ने निर्णय
काठमाडौं । राष्ट्रियसभाले सरकारले जारी गरेको नयाँ नक्साअनुसार संघीय संसदको लोगो ९प्रतीक० र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार संघीय ससदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ । हाल नेपालको संघीय संसदको लोगोमा...
-
२०७७ जेठ ११, आइतबार
थप १९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ६०० नाघ्याे
काठमाडौं - आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो १९ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार ४२ जिल्लाका ५ सय २४ पुरुष पुरुष र ७९ महिला गरेर संक्रमितको संख्या ६ सय ३ पुगेको हो । प्रवक्ता देवकोटाका अनुसार शनिबार पर्साको नारायणी...
-
२०७७ जेठ ११, आइतबार
बाँकेको नरैनापुरमा सेना परिचालन गर्ने गरी निषेधाज्ञा जारी
काठमाडौं - पछिल्लो समय कोरोनाभाइरसको संक्रमण धेरै देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित छन्। जसमा एक जनाको मृत्यु भइसकेको छ। गाउँपालिकाको ५...
-
२०७७ जेठ ११, आइतबार
काठमाडौं सोह्रखुट्टेका कोरोना संक्रमित अष्ट्रेलियाबाट फर्किएका
काठमाडौं – आइतबार पुष्टि भएका काठमाडौंका एकजना कोरोना संक्रमित सोह्रखुट्टेका ६९ वर्षीय पुरुष भएको जनाइएको छ । ती संक्रमित पुरुष गत चैत ३ गते अष्ट्रेलियाबाट युएई हुँदै काठमाडौं आएको थाहा हुन आएको छ । काठमाडौं महानगरपालिका–१६ का वडा कार्यालयले जनाएअनुसार विदेशबाट आएका व्यक्तिको विवरण संकलन गरिएका बेला उनी छुटेका थिए । उनी घरमै बसिरहेका थिए । पछिल्लो समय वडा कार्यालयले पुनः विवरण संकलन गरेपछि...
-
२०७७ जेठ ११, आइतबार
थप ५ जनामा संक्रमण, कुल संक्रमित संख्या ६०८
काठमाडौं – देशभरिमा आइतबार २४ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८ पुगेको छ । आइतबार साँझ मात्र बाँकेका ४ र बर्दियाका एक गरी ५ जना संक्रमित थपिएका हुन् । यो विवरण भने स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराएको छैन । यसबाहेक आइतबार थपिएका संक्रमितहरूमा रुपन्देहीका ६ जना, पर्साका ३ जना, कपिलवस्तुका ३ जना, काठमाडौं, झापा, बारा, रौतहट, सर्लाही, नुवाकोट र...
-
२०७७ जेठ ११, आइतबार
कोरोना संक्रमित आफै मोटरसाइकल चलाई टेकु अस्पताल पुगे
काठमाडौं – उद्धारका लागि एम्बुलेन्स नपाएपछि कोरोना संक्रमित आफैं मोटरसाइकल चलाएर काठमाडौं टेकु अस्पताल पुगेका छन् । पिसिआर परीक्षणको रिपोर्ट पोजिटिभ आएका नुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैँ मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल पुगेका हुन् । उनलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको जानकारी आएको थियो । तत्काल उनी स्वास्थ्य सुरक्षाका साथ अस्पताल जान तयार भएर बसे पनि कतैबाट पनि...
-
२०७७ जेठ १०, शनिबार
थप ३२ जनामा काेराेना संक्रमण, कुल संक्रमित ५४८ पुगे
काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् । रुपन्देहीमा ८...
-
२०७७ जेठ १०, शनिबार
सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश रहेनन्
काठमाडौं – सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीशको सुशीला सिंह शिलुको शुक्रबार निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा सिंहको निधन भएको हो । एक सातादेखि बिरामी परेकी ८१ वर्षीय सिंहको उपचारका क्रममा उनको निधन भएको हो । पेटमा समस्या देखिएपछि उनीलाई अस्पताल भर्ना गरिएको र पछि ब्रैनस्ट्रोक भएको जनाइएको छ । उनी महिलातर्फ पहिलो न्यायाधीश, वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक...
-
२०७७ जेठ १०, शनिबार
अन्जान शाक्य उत्कृष्ट राजदूत
काठमाडौं– एम्बेसडर क्लब अफ इजरायलकले इजरायलको स्वतन्त्रता दिवसको अवसरमा तेल अबिब स्थित नेपाली राजदूत अञ्जान शाक्यलाई ‘एम्बेस्डर अफ इयर २०१९-२०२०’ सम्मान गरेको छ । इजरायलको स्वतन्त्रता दिवसको अवसरमा उनलाई बर्षको उत्कृष्ट राजदूतको रूपमा छनौट गरिएको हो । एम्बेसडर क्लब अफ इजरायलका निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनितिक नियोगहरु मध्येबाट नेपाल र इजरायलको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकोले...


