राष्ट्रिय
-
२०७७ जेठ ७, बुधबार
थप २५ जनामा कोरोना संक्रमण
काठमाडौं – नेपालमा २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएअनुसार बाँकेका ६ जना, कपिलवस्तुका १३ जना, नवपरासीका एकजना र धनकुटाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बुधबार संक्रमित हुने तीन वर्षीय बालकसहित ४८ वर्षीय पुरुषसम्म छन् । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सातजना महिला र १८ पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । बाँकेको...
-
२०७७ जेठ ७, बुधबार
जेठ मसान्तसम्म हवाइ उडान बन्द गर्ने निर्णय
काठमाडौं – सरकारले घरेलु तथा अन्तर्राष्ट्रिय हवाइ उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो । ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई २० गतेसम्म लम्ब्याए पनि हवाइ उडानबारे निर्णय गरेको थिएन ।
-
२०७७ जेठ ७, बुधबार
थप ७ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ४३४ पुगे
काठमाडौं – नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक प्राप्त जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ ।
-
२०७७ जेठ ७, बुधबार
संक्रमितको बसोबास रहेकोले मैतीदेवी क्षेत्र सिल
काठमाडौं – कोरोना संक्रमित भेटिएपछि मैतीदेवी क्षेत्र सिल गरिएको छ । मंगलबार कोराना संक्रमित पुष्टि भएका रामेछापका व्यक्ति मैतीदेवी क्षेत्रमा बसिरहेकाले उक्त क्षेत्र सिल गरिएको हो । सडकमा डोरी बाँधेर ‘कोरोना प्रभावित क्षेत्र’ लेखी आवतजावतमा प्रतिबन्ध लगाइएको छ । उक्त क्षेत्रमा प्रहरी पनि परिचालित छन् । योसँगै संक्रमितको सम्पर्कमा आएका मैतीदेवी क्षेत्रका मानिसहरुको स्वाब संकलन पनि भइरहेको छ ।...
-
२०७७ जेठ ७, बुधबार
पोखराका होटल असोजसम्म बन्द हुने
काठमाडाैं - नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् । कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । लकडाउन कतिसम्म जाने हो निश्चित नभएकाे र लकडाउन खोलिहाले पनि...
-
२०७७ जेठ ७, बुधबार
कालिमाटीमा कार्यरत दुई प्रहरीमा कोरोना संक्रमण
काठमाडौं - काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एकजना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको समाचार प्राप्त भएकाे छ । यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार प्रहरीलाई जानकारी गराइसकेको बुझिएकाे छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । दुवै प्रहरी कर्मचारी ब्यारेकमै बस्दै आइरहेका छन् । ब्यारेकमा ९० जना...
-
२०७७ जेठ ७, बुधबार
कोरोना संक्रमित विरामीको मृत्यु हल्ला : अस्पताल
काठमाडौं – गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर रहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले स्पष्ट पारेको छ । उनको मृत्यु भएको समाचार प्रकाशित भएपछि अस्पतालले त्यसको खण्डन गर्दै उनको आईसीयू कक्षमा भेन्टिलेटर कक्षमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको एक विज्ञप्तिमार्फत जानकारी दिएको हो । अस्पतालले गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको...
-
२०७७ जेठ ६, मंगलबार
फोहोर विसर्जनमा अवरोध भए बल प्रयोग : काठमाडौं प्रजिअ
ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेक सवारी आवत–जावतमा रोक लगाएको विज्ञप्ति जारी गरेर त्यसैको बाहनामा सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले चिन्ता व्यक्त गरेको छ । ‘लकडाउनको अवज्ञा गर्दै उपत्यका आवतजावतले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर विसर्जनमा भएको अवरोधले थप समस्या भएको छ,’ काठमाडौँ महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले...
-
२०७७ जेठ ६, मंगलबार
थप ११ जनामा कोरोना संक्रमण
काठमाडौं – नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । सोमबारमात्र ८० जनामा कोरोना संक्रमण पाइएको थियो । यो संख्यामा मंगलबार ११ जना थपिएका छन् । यसअघि आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका छन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्। योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। झापाका ९ र सुनसरीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । झापाका ९ जनामा कोरोना...
-
२०७७ जेठ ६, मंगलबार
काठमाडौं, भक्तपुर र ललितपुरका समेत गरी २७ जना नयाँ कोरोना संक्रमित
काठमाडौं – काठमाडौं, भक्तपुर र ललितपुरमा समेत गरी थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । थपिएका २७ जनामध्ये उपत्यकाका मात्र पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मकवानपुर र रामेछाप, सिन्धुली र...
-
२०७७ जेठ ६, मंगलबार
पहिलोपटक चिकित्सकलाई कोरोना संक्रमण
काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणमा नेपालमा पहिलोपटक एक चिकित्सकसमेत परेका छन् । ललितपुर घर भएर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुमा कार्यरत चिकित्सकको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले ललितपुरमा एकजनामा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिएका थिए । ती चिकित्सक...
-
२०७७ जेठ ६, मंगलबार
स्वास्थ्यकर्मीको सम्पर्कमा आएकामा कोरोना संक्रमण
काठमाडौं – धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका पाँचजना व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको समाचार प्राप्त भएको छ । उनीहरुको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । संक्रमितहरु धनकुटा जिल्ला अस्पतालका एकजना प्रहरी, एकजना नर्स, दुई जना हेल्थ असिस्टेन्ट र एक जना नर्सका श्रीमान हुन् । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान...


