STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ जेठ १३, मंगलबार

    वल्र्ड नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टरले सफलताको बाटो पहिल्याउने

    विजयरत्न असंबरे वल्र्ड नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टरले वर्तमान युवा पुस्तालाई लक्ष्यित गरेर स्टेप टु सक्सेस नामक एउटा कार्यक्रम गर्ने भएको छ । [caption id="attachment_34690" align="alignleft" width="200"] सुनिल माथेमा प्रधान[/caption] उक्त संस्थाको युथ डिभिजनको तत्वावधानमा सम्पन्न हुने सो कार्यक्रम अहिले भईरहेको लकडाउनको कारण डिजिटल प्लेटफर्मको प्रयोग गरेर गरिन लागेकोे हो । यो कार्यक्रम...

  • २०७७ जेठ १३, मंगलबार

    भारतीय नाकाबाट दुई घन्टामा ४८ सय नेपाली भित्रिए

    काठमाडौं – दुई घन्टामा ४८ सय नेपाली भारतीय नाकाबाट भित्रिएका छन् । कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाकालाई बिहान १० बजेदेखि दुई घण्टाका लागि खोलिएको थियो । त्यो समय यति धेरै मानिस नेपाल प्रवेश गरेका हुन् । यो संख्या लकडाउन पछिको सबैभन्दा बढी हो । भारतबाट आउनेको संख्या बढेपछि दिउँसोको १ः३० बजेसम्म पनि आउन दिइएको थियो । कोरोना महामारीको कारण भारतमा लकडाउन लम्बिँदै गएपछि त्यहाँ रहेका नेपालीहरु...

  • २०७७ जेठ १२, सोमबार

    राजाको तस्बिर भएको नोट चलनचल्तीबाट हटाउने तयारी

    काठमाडौं – अब राजाको तस्बिर भएको नोट चलनचल्तीबाट हटाउने तयारी गरिएको छ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई राजाको तस्बिर भएको नोट चलनचल्तीमा नल्याउन आइतबार निर्देशन दिएको हो । तत्कालै यी नोटहरू प्रतिबन्धित भने हुने छैनन् । सर्वसाधारणले बैङ्कमा बुझाएकाहरू बैङ्कमार्फत राष्ट्र बैङ्कमा खिचेर त्यसलाई पुनः बजारमा नपठाउने राष्ट्र बैङ्कको तयारी छ । राष्ट्र बैङ्कले सर्वसाधारणबाट आएको...

  • २०७७ जेठ १२, सोमबार

    लुम्बिनी विकास कोषले कोरोना कोषलाई दियो १५ लाख

    काठमाडौं । लुम्बिनी विकास कोषले लुम्बिनी सांस्कृतिक नगरपालिकाको कोरोना रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयाँ सहयोग गरेको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचारमा सहयोग पु¥याउन नगरपालिकालाई कोषले आइतबार उक्त रकम बराबरको चेक दिएको हो । कोरोना भाइरसविरुद्धको लडाईमा सहभागिता जनाउने उद्देश्यले लुम्बिनी विकास कोषको आन्तरिक बजेटबाट लुम्बिनी साँस्कृतिक नगरपालिकाले...

  • २०७७ जेठ १२, सोमबार

    टोखाका दुईजनासहित ७२ जनामा संक्रमण पुष्टि, मृत्यु भइसकेकाेमा पनि काेराेना

    काठमाडौं – नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका हुन् । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण...

  • २०७७ जेठ १२, सोमबार

    नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु पुष्टि

    काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका(७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । नारायणी अस्पतालमा गरेको परीक्षणमा रिपोर्ट...

  • २०७७ जेठ १२, सोमबार

    कोरोनाबाट मृत्यु भएकाले ६ जनामा संक्रमण सारेकाे पुष्टि

    काठमाडौं । कोरोना संक्रमणबाट गत जेठ ४ गते मृत्यु भएका बाराको कलैया ७ का ७० वर्षीय वृद्धको सम्पर्कमा आएका ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मृतकको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । मन्त्रालयका...

  • २०७७ जेठ १२, सोमबार

    नेपालमा संक्रमितको संख्या ६८२ पुग्यो

    काठमाडौं - थप ६ जनामा कोरोना संक्रमण देखिएपछि नेपालमा काेरोना संक्रमितकाे संख्या ६८२ पुगेको छ । अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौंमा १ गरी कुल थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। अछाम मेललेकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो। सेती प्रादेशिक अस्पतालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण...

  • २०७७ जेठ ११, आइतबार

    यो सम्मान नेपाल र नेपालीको हो : राजदूत शाक्य

    विजयरत्न असंबरे काठमाडौँ । इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्य ‘द एम्बेसडर क्लब अफ इजरायल’ बाट सम्मानित हुनुभएको छ । ‘द एम्बेसडर क्लब अफ इजरायल’ ले इजरायलको ७२ औैं स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा डाक्टर शाक्यलाई ‘एम्बेसडर अफ द इयर २०१९–२०२०’ सम्मान गर्ने घोषणा गरेको हो । ९० वटा देशका दुतावासहरु रहेको इजरायलमा सो सम्मानबाट राजदूत डाक्टर शाक्य सम्मानित हुनुभएको हो । ९० वटै...

  • २०७७ जेठ ११, आइतबार

    मान्छे ओसार्ने काममा मेडिकल माफियाको हात हुन सक्ने अनुमान

    विजयरत्न असंबरे केही समय यतादेखि उपत्यकाका विभिन्न जिल्लाहरुबाट उपत्यका भित्रिने नघट्नुमा राति राति लुकाएर मान्छे भित्र्याउने काममा मेडिकल माफियाहरुको गरिरहेको हुन सक्ने आशंका गरिन थालेको छ । बाहिरी जिल्लाबाट अपरिचित मानिसहरु आए पछि उनीहरुको सम्पर्कमा आउने अरु मानिसहरु आतंकित भई कोरोना परीक्षण गर्नुपर्ने र त्यस्तो अवस्थामा आफ्ना स्वास्थ्य परीक्षण सम्बन्धी औषधी र उपकरणको बिक्री बढ्ने भएकोले...

  • २०७७ जेठ ११, आइतबार

    नयाँ नक्साअनुसार संसदको लोगो परिमार्जन गर्ने निर्णय

    काठमाडौं । राष्ट्रियसभाले सरकारले जारी गरेको नयाँ नक्साअनुसार संघीय संसदको लोगो ९प्रतीक० र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार संघीय ससदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ । हाल नेपालको संघीय संसदको लोगोमा...

  • २०७७ जेठ ११, आइतबार

    थप १९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ६०० नाघ्याे

    काठमाडौं - आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो १९ जनामा कोरोना पुष्टि भएको हो।  योसँगै नेपालमा  संक्रमितको संख्या ६ सय ३ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार ४२ जिल्लाका ५ सय २४  पुरुष पुरुष र ७९ महिला गरेर संक्रमितको संख्या ६ सय ३ पुगेको हो । प्रवक्ता देवकोटाका अनुसार शनिबार पर्साको नारायणी...

Pages