STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ चैत्र १४, शुक्रबार

    चीनले दिएकोे चिकित्सा सामग्री आज तातोपानी आइपुग्ने

    चीन सरकारले दिने चिकित्सा सामग्री तातोपानी नाका हुँदै आज नेपाल आइपुग्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ । सरकारले चीनतर्फको नाका खोल्ने निर्णय गरेसँगै ती सामग्री तातोपानी नाका हुँदै नेपाल आउने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । सामान जाँचपासका लागि जाँचपासमा संलग्नहरुले मेडिकल प्रोटोकलको पालना गर्दै मालवस्तु जाँच गर्ने जनाइएको छ । स्वास्थ्य परीक्षणका लागि...

  • २०७६ चैत्र १४, शुक्रबार

    लकडाउनको पूर्ण पालना गर्न मेयर शाक्यको अनुरोध

    काठमाडौं– सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न काठमाडौं महानगरपालिकाया मेयर विद्यासुन्दर शाक्यले सम्पूर्ण महानगरबासीमा अनुरोध गरेका छन् । शुक्रबार (चैत १४ गते) काठमाडौंस्थित राष्ट्रिय सभागृहको कार्यालयमा जनजाति खबरसँग कुरा गर्दै मेयर शाक्यले लकडाउन पालना गर्नुभनेको सम्पूर्ण काठमाडौंबासीकै भलाइको लागि भएको बताएका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको त्रास...

  • २०७६ चैत्र १४, शुक्रबार

    नेपालमा चौथो व्यक्तिमा कोरोना संक्रमण

    काठमाडौं– नेपालमा चौथो व्यक्तिमा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गरेका हुन् । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ती व्यक्तिमा संक्रमण पाइएको जनाइएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ती बिरामीमा कोरोना संक्रमण भेटिएको जनाइएको छ । उपत्यकाबाहिरका व्यक्तिमा देखिएको यो संक्रमणको पहिलो घटना भएको जनाइएको छ...

  • २०७६ चैत्र १३, बिहिबार

    कीर्तिपुरमा विदेशबाट फर्किएका धेरै, सजग रहन आह्वान

    ५० शय्याको आइसोलेसन वार्ड सुरु काठमाडौं– कीर्तिपुर नगरपालिकाभित्र विदेशबाट फर्किएका धेरै रहेका र उनीहरु सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् । यसबारे जनसमुदायले उनीहरुलाई अस्पताल पुगी आवश्यक जाँच गर्नमा जोड दिइरहेका छन् । यसो नगरे कीर्तिपुरमा भयावह स्थिति आउने हुँदा यसतर्फ सचेत रहन कीर्तिपुर नगरपालिका सक्रिय हुनुपर्ने उनीहरुको भनाइ छ । कीर्तिपुर २ वडाका वडाध्यक्ष एवं कीर्तिपुर नगरपालिका सम्पदा,...

  • २०७६ चैत्र १३, बिहिबार

    मुसलमानले दूरी बनाएर नमाज पढ्नुपर्ने

    शहरी क्षेत्रमा मानिसमा चेतनाको अभिवृद्धिले एकापसमा दूरी बनाएर बसेका छन् भने ग्रामीण क्षेत्रमा अझै भिडभाडमा नै बस्ने गरेका छन् । ग्रामीण क्षेत्रका मानिसले मास्क पनि अलि कमै लगाएको पाइन्छ । खासगरी ग्रामीण क्षेत्रका मानिसहरु चिया पसलमा घण्टौँ गफ गरेर बस्ने र एकार्कादेखि कति फरकमा बस्ने हो भन्ने पालना नगरेकाले समस्या जटिल देखिएको छ । यो समस्या हरेक गाउँमा देखिएको छ । खासगरी पहाडी बाहुल्य नभएको...

  • २०७६ चैत्र १३, बिहिबार

    काठमाडौँ उपत्यकामा लकडाउनको पूर्ण पालना

      – कालिका खड्का कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेको तेस्रो दिन काठमाडौँ उपत्यका सुनसान देखिएको छ । अत्यावश्यक कामबाहेक नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाएपछि ‘लकडाउन’को तेस्रो दिन आज काठमाडौँ उपत्यका निकै सुनसान देखिएको हो । एम्बुलेन्स, सुरक्षाकर्मी, सञ्चारमाध्यमलगायत अतिआवश्यक सेवाका सवारीमात्र सडकमा गुडेको देखिन्छ । महानगरीय प्रहरी परिसर काठमाडौँका...

  • २०७६ चैत्र १३, बिहिबार

    संक्रमितबारे जानकारी लुकाए राजिनामा : चिकित्सक

    काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार भेटिएका कोरोना संक्रमितको विषय आफूहरुलाई २४ घण्टासम्म पनि जानकारी नगराएको भन्दै त्यहाँ कार्यरत चिकित्सकहरुले आपत्ति जनाएका छन् । चिकित्सकहरुले अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई भेटेर रोगीको अवस्था र जानकारी लुकाउने प्रयास भए त्यसको उपचार गर्न छोडिदिने र आवश्यक परे जागिरबाट राजिनामा नै दिने चेतावनी दिएका छन् ।...

  • २०७६ चैत्र १२, बुधबार

    लकडाउन’मा अभ्यस्त बन्दै नेपालगञ्ज

    –काशीराश शर्मा चौतर्फी सतर्कताका लागि सरकारले घोषणा गरेको ‘लकडाउन’का लागि नेपालगञ्जवासी बिस्तारै अभ्यस्त हुँदै गएका छन् । तीन दिनयताका निकै प्रयासबीच नेपालगञ्जवासी बिस्तारै अभ्यस्त हुँदै गएका हुन् । नेपालगञ्जमा अटेरी गर्नेहरुका कारण नेपाल र सशस्त्र प्रहरीको तैनाथी बढाएपछि ‘लकडाउन’ प्रभावकारी हुँदै गएको हो । भित्री सडकमा एकाध मानिस मोटरसाइकलमा देखिए पनि मुख्य सडकमा एम्बुलेन्स र प्रहरीका...

  • २०७६ चैत्र १२, बुधबार

    तीन सय गाडी नियन्त्रणमा

    कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । घरबाट...

  • २०७६ चैत्र १२, बुधबार

    नेपालमा तेस्रो व्यक्तिमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं– नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ताले तेस्रो संक्रमित भेटिएको पुष्टि गरेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल एवं सरुवा रोग अस्पतालमा पठाइएको नमूना परीक्षणको क्रममा कोरोना भाइरसको संक्रमण पोजिटिभ पाइएको हो । संक्रमति रोगीलाई आइसोलेसनमा राखिएको छ । यसअघि चीन र फ्रान्सबाट फर्किएका विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । चीनबाट...

  • २०७६ चैत्र १२, बुधबार

    टोल–टोलमा अत्यावश्यक सामान बेच्दै साल्ट ट्रेडिङ्ग

    काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले लिएको लकडाउनको समय अत्यावश्यक खाद्य सामग्रीको अभाव हुन नदिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनले उपभोक्ताको घरअगाडि नै अत्यावश्यक सामग्री बिक्री गरिरहेको छ । साल्ट ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दिएको जानकारी अनुसार कर्पोरेशनले मोबाइल भ्यानमार्फत् टोल टोलमा सामग्री विक्री वितरण सुरु गरेको बताइन् । सामान किन्न उपभोक्ताको भीड...

  • २०७६ चैत्र ११, मंगलबार

    ‘लकडाउन’ काठमाडौँ उपत्यका सुनसान

    विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया...

Pages