राष्ट्रिय
-
२०७६ चैत्र २५, मंगलबार
तपाईंको प्रश्न, मेयर शाक्यको जवाफ
"नेवाः युट्युब च्यानलको प्रत्यक्ष प्रशारणबाट मेयर शाक्यले महानगरबासीका जिज्ञासाका जवाफ दिने" काठमाडौं– लकडाउनको समय काठमाडौं महानगरपालिकाले के कस्ता काम गरिरहेका छन् बुझ्न चाहनुहुन्छ वा महानगरपालिकासँग तपाईंका केही जिज्ञासा वा प्रश्न छन् ? अब तपाईंको जिज्ञासा तथा प्रश्नको उत्तर स्वयं काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले दिनेछन् । नेवाः युट्युबले काठमाडौं महानगरपालिकाका मेयर...
-
२०७६ चैत्र २४, सोमबार
काठमाडौं महानगरपालिकाको आकस्मिक बैठक बस्दै
काठमाडौं– कोरोना भाइरस संक्रमण रोकथाम एवं नियन्त्रणको लागि जारी लकडाउनको समयमा काठमाडौं महानगरपालिकाको आकस्मिक बैठक बस्ने तयारी हुँदैछ । काठमाडौं मनपाभित्रका ३२ वटा वडामा राहत वितरणको कार्य सोमबार (चैत २४) सकिँदैछ । यसपछिको महत्वपूर्ण कार्य के हुन सक्छ भन्ने विषयमा छलफल गरी निर्णय लिन आकस्मिक बैठक बस्न लागेको थाहा हुन आएको छ । काठमाडौं महानगरपालिकाले तत्कालको लागि १० करोड रुपैयाँ रहेको उद्धार...
-
२०७६ चैत्र २४, सोमबार
वैशाख ३ सम्म लकडाउन थपिने तयारी
काठमाडौं– विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना संक्रमण रोकथाम र नियन्त्रणको लागि लागू गरिएको ‘लकडाउन’ एक साताको लागि थपिने तयारी हुँदैछ । आइतबार (चैत २३) गते बसेको कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिको बैठकमा ‘लकडाउन’ ७ दिन थप गर्नको लागि सिफारिस गर्ने निर्णय भएको थियो । यही निर्णय अनुमोदनसहित अन्य विषयमा छलफल गर्न सोमबार (चैत २४) गते दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास...
-
२०७६ चैत्र २४, सोमबार
लकडाउन वैशाख ३ सम्म लम्बियो
काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि अहिले जारी लकडाउन यही वैशाख ३ गतेसम्मको लागि लम्बिएको छ । सरकारले लकडाउन ८ दिन थप्ने निर्णय गरेको छ । मन्त्रीपरिषदको आज दिउँसो बसेको बैठकले लकडाउनको अवधि तेस्रो पटक बढाएको हो । पहिलो चरणमा चैत ११ देखि १८ गतेसम्म ‘लकडाउन’ गरिएको थयो भने दोस्रो निर्णयानुसार चैत २५ गतेसम्म लकडाउनको अवधि थपिएको थियो । आइतबार (...
-
२०७६ चैत्र २३, आइतबार
‘नेपालमा दीप प्रज्ज्वलन कार्यक्रम भ्रामक’
काठमाडौं– कोरोना भाइरससँग जुध्न आइतबार (चैत २३ गते) नेवार समुदायबाट कुनै पनि प्रकारको दीप प्रज्ज्वलन कार्यक्रम नरहेको र यस्ता भ्रामक समाचारको पछि नलाग्न नेवार अगुवाहरुले सुझाएका छन् । विभिन्न सामाजिक सञ्जालबाट आइतबार साँझ ७ बजेर ७ मिनेटमा आ–आफ्ना घरमा दियो, मैनबत्ती बालिदिने अनुरोधहरु आइरहेका छन् । यस्ता कार्यक्रम कुनै विशेष एक धर्म र जाति विशेषको कार्यक्रम जस्तो देखिने भएकोले यसल लकडाउनको समय...
-
२०७६ चैत्र २३, आइतबार
स्वास्थ्य सामग्री प्रचलित कानूनअनुसार नै खरिद गरिनेछ ः नेपाली सेना
नेपाली सेनाले सरकारले प्रदान गरेको जिम्मेवारीअनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिद प्रक्रिया प्रचलित कानूनबमोजिम हुने र गुणस्तरमा कुुनै सम्झौता नहुने स्पष्ट पारेको छ । नेपाल सरकारले यही चैत १६ गते मन्त्रिपरिषद्बाट कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय...
-
२०७६ चैत्र २३, आइतबार
धुलिखेलअस्पतालमा कोरोना परीक्षण
काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको धुलिखेल अस्पतालमा आजदेखि कोरोना सङ्क्रमणको शङ्कास्पदहरुको परीक्षण गर्ने काम शुरु भएको छ । परीक्षणका लागि विदेशबाट आएका र केही शङ्कास्पद व्यक्तिहरु गरी पहिलो पटक ११ जनाको स्वाब लिइएको धुलिखेल अस्पतालले जनाएको छ । विदेशबाट फर्किएका र केही शङ्कास्पद व्यक्तिहरुको स्वाब परीक्षण गरिएको धुलिखेल अस्पतालले जनाएको छ । सरकारले ‘टेष्ट किट’ उपलब्ध गराएपछि आजदेखि...
-
२०७६ चैत्र २२, शनिबार
नेपालमा पहिलोपटक स्थानीयमा कोरोना संक्रमण पुष्टि
काठमाडौं – विदेशबाट फर्किएका बाहेकका स्थानीयमा कोरोना संक्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयले गरेको छ । कैलालीमा यसअघि देखिएका चौथो संक्रमित व्यक्तिका आफन्तमा कोरोना संक्रमणको पुष्टि भएको छ । कैलालीका ३४ वर्षीय ती महिला यसअघि संक्रमित व्यक्तिका आफन्त हुन् । स्वास्थ्य मन्त्रालयले आफ्नो फेसबुक पृष्ठबाट नेपालमा थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको छ । तीनजनामध्ये एकजना भारतबाट फर्किएका...
-
२०७६ चैत्र २२, शनिबार
‘नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा’
काठमाडाैं – सुदूरपश्चिममा आज थप तीनजना नेपालीमा कोरोना संक्रमण देखिएको र यसमा पनि एकजना स्थानीयमा अर्को व्यक्तिबाट संक्रमण सरेको पाइएकोले सरकारले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणको जानकारी दिँदै नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा...
-
२०७६ चैत्र २२, शनिबार
गुथिले सफाइकर्मीलाई ‘पिपिई’ दिने
काठमाडौं– काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकासँगको साझेदारीमा गैरसरकारी संस्था गुथिले ५ सय सफाइकर्मीका लागि व्यक्तिगत सुरक्षात्मक सामग्री (पिपिई) दिने भएको छ । वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा ती सामग्री दिइन लागेको हो । गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले पिपिईको नमुना काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई शुक्रबार (चैत २१ गते)...
-
२०७६ चैत्र २१, शुक्रबार
भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिने
भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ । परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौँ पठाइनेछ । अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएका राईको सघन उपचारकक्षमा...
-
२०७६ चैत्र २०, बिहिबार
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या छ
नेपालमा कोभिड–१९ को सङ्क्रमित सङ्ख्या ‘छ’ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना सङ्क्रमित व्यक्तिको सङ्ख्या छ पुगेको जानकारी दिनुभएको हो । उहाँका अनुसार सङ्क्रमित व्यक्ति बाग्लुङकी महिला हुनुहुन्छ । यही चैत ४ गते कतारको दोहाबाट कतार एयरवेजको विमान क्युआर ६५२ बाट नेपाल आएको डा देवकोटाको भनाइ छ । पहिलो कोरोना...


