STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ चैत्र २०, बिहिबार

    भक्तपुरमा कोरोना परीक्षण शुरु

    मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ । नगरपालिकाले विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को परीक्षण गर्ने ल्याब स्थापना गरेको दुई सातापछि आधिकारिकरुपमा आजबाट भक्तपुरमै पहिलो पटक कोरोना परीक्षण शुरु गरेको हो । यसअघि नमूना सङ्कलन गरी टेकु अस्पताल पठाउँदै आएकामा अब नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा नै कोरोना भाइरस...

  • २०७६ चैत्र १९, बुधबार

    पोर्चुगलमा एउटै फ्ल्याटमा बस्ने आठ नेपाली सङ्क्रमित

    पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो । उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ । उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा...

  • २०७६ चैत्र १९, बुधबार

    कडाउन आवज्ञा गर्ने ३५२ भारतीय वीरगञ्जमा पक्राउ

    कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो । देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारततर्फ जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय...

  • २०७६ चैत्र १९, बुधबार

    अष्टेलिया उड्यो निगमको वाइड बडी

      नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी जहाज अष्टेलिया उडेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० जहाज केहीबेरअघि अर्थात् साँझ ६ः१२ मिनेटमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट गन्तब्यतिर उडेको हो । निगमले मलेसियाको क्वालालम्पुर हुँदै अष्टे«लियाको शहर ब्रिश्वेन पुग्ने गरी आज साँझ ५ः३० बजे उडान तालिका बनाएको थियो । निगमको उड्डयन इतिहास मै पहिलो पटक वाइड बडी...

  • २०७६ चैत्र १८, मंगलबार

    अनलाइनबाटै मनाइयो विश्व नेवार दिवस

    काठमाडौं– तेस्रो विश्व नेवार दिवस विश्वका विभिन्न देशमा रहेका नेवार अगुवाहरुबीच अनलाइन सम्मेलन गरी मनाइएको छ । अमेरिकाको टेक्सास राज्यमा रहेका प्रमेश श्रेष्ठले संचालन गरेको उक्त सम्मेलन तीन घण्टा बढी चलेको थियो । नेपाली समयअनुसार शनिबार (चैत १५ गते) बेलुका १० बजे सुरु भएको सम्मेलन रातिको १ बजे सम्पन्न भएको थियो । हलिं नेवाः दबू (विश्व नेवार फोरम)का अध्यक्ष सिजन श्रेष्ठले स्वागत मन्तव्य दिनुभएको...

  • २०७६ चैत्र १८, मंगलबार

    ‘बुटवल र पाटन अस्पतालमा मर्ने कोरोना संक्रमित होइनन्’

    काठमाडौं– कोरोना भाइरस संक्रमितको आशंका गरिएका बुटवलस्थित कोरोना अस्पताल र पाटन अस्पतालमा मृत्यु भएकाहरुमा भाइरस संक्रमण नरहेको जनाइएको छ । बुटवलको अस्पतालमा आइतबार मृत्यु भएका ३४ वर्षीय युवामा कोरोना संक्रमण नभएको नमूना परीक्षणबाट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैगरी, सोमबार पाटन अस्पतालमा मृत्यु भएका एक व्यक्ति कोरोनाका नभएर मिर्गौलाका बिरामी रहेको अस्पतालले जनाएको छ...

  • २०७६ चैत्र १८, मंगलबार

    कलाकार एवं सञ्चारकर्मी महर्जनलाई पितृशोक

    काठमाडौं– कलाकार, साहित्य एवं सञ्चारकर्मी लक्ष्मीकुमार महर्जन तथा कलाकार राजीव महर्जनया पिता गुणसिं महर्जनको चैत १८ गते मंगलबार बिहान निधन भएको छ । ८४ वर्षीय महर्जन लामो समयदेखि दमको रोगबाट ग्रसित थिए । महर्जनको अन्तिम संस्कार मंगलबार बिहान कीर्तिपुर देवध्वाखामा गरिएको छ । दिवंगत महर्जनका जहान, दुई छोरा र चारजना छोरी रहेका छन् ।

  • २०७६ चैत्र १८, मंगलबार

    जात्रापर्व नभनी घरमै बस्न संस्कृतिविद्को अनुरोध

    काठमाडौं– वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले जीवनरक्षाको लागि अहिलेको समय घरमै बस्न सर्वसाधारणमा अनुरोध गरेका छन् । कोरोना भाइरसबाट बच्न स्वस्तिपाठ, जात्रापर्व गर्नुभन्दा पनि विज्ञानले भनेजस्ता उपायहरु अपनाउनु बुद्धिमानी हुने उनले बताएका छन् । जनजाति खबरसँग कुरा गर्दै जोशीले लकडाउनको समय आफ्नै घरमा बस्नु, भीडभाडमा नजानु र साबुन पानीले नियमित रुपमा हात धुन अनुरोध गरेका छन् । सय...

  • २०७६ चैत्र १८, मंगलबार

    कीर्तिपुरका बिरामीको रिपोर्ट ‘नेगेटिभ’

    काठमाडौं– कोरोना भाइरस संक्रमणको आशंकामा कीर्तिपुर अस्पतालले पाटन अस्पताल रिफर गरेकी कल्पना लावतीको परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको अस्पताल स्रोतले जनाएको छ । हिलटाउन स्कुलका सुरक्षागार्ड दीपक लावतीकी बहिनी कल्पना गत चैत ७ गते दुबईबाट फर्किएकी थिए । कीर्तिपुर १ बाघभैरव क्षेत्रको हिलटाउन स्कुलमा कार्यरत दाजुको कोठामा बसिरहेकी उनीलाई उच्च ज्वरो, टाउको दुखाइ र श्वासप्रश्वासमा समस्या आएपछि कीर्तिपुर...

  • २०७६ चैत्र १८, मंगलबार

    नेपालभाषा टिकटोक प्रतियोगिता सम्पन्न

    काठमाडौं– विश्व नेवार दिवसको उपलक्ष्यमा राष्ट्रिय नेवाः खलः इजरायलको आयोजनामा ‘अन्तर्राष्ट्रिय नेपालभाषा टिकटोक प्रतियोगिता ११४०’ सम्पन्न भएको छ । अनलाइनमार्फत गत मार्च २७ तारिखमा स्काइपमार्फत् एक सम्मेलन गरी उक्त प्रतियोगिताका विजयी घोषणा गरिएको कार्यक्रम संयोजक राजकुमारी श्रेष्ठले जानकारी गराएकी छिन् । प्रतियोगितामा प्रथम लक्ष्मी राई, द्वितीय गौरव श्रेष्ठ र तृतीय साबी बोम्रेल भएका थिए ।...

  • २०७६ चैत्र १७, सोमबार

    घरदैलोमै आकस्मिक रक्तदान !

    काठमाडौं– ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) ले नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा आकस्मिकरूपमा रक्तदाता रहेको स्थानमा गई रगत संकलन सुरु गरेको छ । विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) का कारण खुल्लारूपमा रक्तदान कार्यक्रम संचालन गर्न नमिल्ने भएकाले घरदैलोमै रक्तदान कार्यक्रम भएको हो । उपचारको क्रममा रगत आवश्यक पर्ने विरामीलाई भइरहेको कठिनाइलाई ध्यानमा...

  • २०७६ चैत्र १७, सोमबार

    तीन दिनमा ८८ हजार सिलिण्डर ग्यास बिक्री

    कोभिड–१९ का कारण देशभर खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको उपभोक्ताको गुनासो आइरहँदा तीन दिनमा ८७ हजार सिलिण्डर ग्यास बिक्री भएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले तीन दिनका अवधिमा ग्यास उद्योगीले निगमलाई उपलब्ध गराएको तथ्यांकानुसार शुक्रबार, शनिबार र आइतबार ८७ हजार ६ सय ३० सिलिण्डर बिक्री भएको जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार अपराह्न १ बजेसम्म उपभोक्तालाई भरी...

Pages