राष्ट्रिय
-
२०७९ भाद्र ५, आइतबार
गिरीको सम्मानमा तीन दिन कांग्रेको झण्डा आधा झुकाइने
काठमाडौं - नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय...
-
२०७९ भाद्र ४, शनिबार
अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा मनाइयो भगवती जात्रा
पाल्पा । पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ । भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले १२ स् ४५ मा भगवतीको प्रतिमूर्ति राखिएको रथलाई उठाएर नगर...
-
२०७९ भाद्र ४, शनिबार
अङ्ग्रेजलाई हराएको सम्झनामा पाल्पामा भगवती जात्रा मनाइयो
पाल्पाको तानसेनमा आज ऐतिहासिक भगवती जात्रा हर्षोल्लासका साथ मनाइएको छ । गोरखालीले अङ्ग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतकिको रुपमा सिन्दुर जात्रा गरी बजारमा जय जयकारको गुञ्जनसहित भगवतीको रथयात्रा निकालिएको छ ।भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको हो । कुमाल जातिका जवानले १२ स् ४५ मा भगवतीको प्रतिमूर्ति राखिएको रथलाई उठाएर नगर परिक्रमा...
-
२०७९ भाद्र ३, शुक्रबार
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौँ - वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन...
-
२०७९ भाद्र १, बुधबार
स्थानीयकाे अवरोधबीच फोहर व्यवस्थापन
काठमाडौं - स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ । कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर दुई महिनादेखि अन्तिम व्यवस्थापन हुन सकेको छैन । लामो समयसम्म फोहर व्यवस्थापन हुन नसक्दा अहिले उपत्यकाका सडक फोहरले दुर्गन्धित बनेका छन् भने नागरिकको दैनिकीमा समस्या...
-
२०७९ श्रावण ३१, मंगलबार
अमेरिकामा इही कर्म सम्पन्न
नेवार समुदायका कन्याहरु रजस्वला हुनुपूर्व परम्परागत इही कर्म गर्ने चलन अनुसार गरिने विशेष पूजा अमेरिकाको नेवाः गुठी न्युयोर्कको आयोजनामा सम्पन्न गरेको छ । गुठीले बर्षेनी गर्दै आएको यो पाँचौ संस्करण हो । यस पटकको इही कर्ममा ७ जना बालिका सहभागी भएका थिए । जसमा ९ वर्षीय किअरा किअरा ताम्राकार, ९ वर्षीय रुविशा श्रेष्ठ,, ९ वर्षीय रुविशा श्रेष्ठ, ८ वर्षीय सनया कारन्जित, ९ वर्षीय श्रीशा श्रेष्ठ , ९...
-
२०७९ श्रावण २९, आइतबार
राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक आज प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को...
-
२०७९ श्रावण २९, आइतबार
उपराष्ट्रपति पुनद्वारा तान्त्रिक भैरव नाच अवलोकन
उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गर्नुभएको छ । आज बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर वर्षाको पर्वाहसमेत नगरी सञ्चालन भएको थियो । लायकू भैलः नाचको अवलोकन गर्न शनिबार राति मध्यपुरथिमिको बालकुमारी मन्दिरको डबलीमा पुग्नुभएका उहाँलाई मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा...
-
२०७९ श्रावण २८, शनिबार
आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ मन्त्री श्रेष्ठको
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नयाँ संविधानले आदिबासी जनजातिको धेरै माग सम्बोधन गरेकाले कार्यान्वयनमा दवाव दिन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।नेपालमा सदियौंदेखि जरा गाडेर रहेको विभेदकारी नीति परिवर्तन भई थुप्रै कानुन...
-
२०७९ श्रावण २७, शुक्रबार
एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव
काठमाडौं - सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन् । राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेका छन् भने निर्वाचन आयोगले तीव्रत्तररूपमा तयारी गरिरहेको छ । आयोगले दल...
-
२०७९ श्रावण २७, शुक्रबार
आज जनै पूर्णिमा, नेवार समुदाय क्वाति खाएर क्वातिपुन्हि मनाउँदै
काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट...
-
२०७९ श्रावण २३, सोमबार
तीन दिनमै सवारी अनुमति पत्र
काठमाडौं- तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ । बागमती प्रदेशका...


