राष्ट्रिय
-
२०७९ आषाढ १२, आइतबार
रासस अध्यक्ष धर्मेन्द्र झाले गरे पदबहाली
काठमाडौँ - राष्ट्रिय समाचार समिति (रासस)का नवनियुक्त कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आफूले राससमा प्रभावकारीरूपमा काम गर्न समूहगत सहकार्य आवश्यक हुने बताएका छन् । उनले समूहगत सहकार्यले राससमा चुनौतीलाई पनि अवसरमा बदल्ने बताए । आज (आइतबार) पदबहाली गर्दै झाले राससमा योग्य, सक्षम जनशक्ति रहेको भन्दै देशको आमूल परिवर्तनलाई राससले अवसरका रूपमा लिने बताए । ‘यो संस्था जनताको करबाट सञ्चालन भएको हो...
-
२०७९ आषाढ १२, आइतबार
प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं - सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन चार महिनाअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरि फुयालको इजलासले बस्नेतलाई अध्यक्षबाट नहटाउन गत १९ फागुनमा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । बस्नेतलाई हटाउने उद्देश्यले सरकारले सोधेको स्पष्टीकरणको प्रक्रिया अघि नबढाउन...
-
२०७९ आषाढ ७, मंगलबार
इन्धनको मूल्यवृद्धिले राष्ट्रिय गौरवका आयोजनाहरू बन्द हुने स्थितिमा
काठमाडौं- देशको समग्र अर्थतन्त्रका सूचकहरू नकारात्मक रहेको विषम अवस्थामा इन्धनमा पछिल्लो पटक गरिएको भारी मुल्यवृद्धिका कारण निर्माण सामाग्रीहरूको समेत अत्याधिक मूल्यवृद्धि भई निर्माण उद्योग नै ठप्प हुन लागेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । पछिल्लो पटक पेट्रोलमा एकै पटक प्रति लिटर २१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँको वृद्धिले अत्यन्त रुग्ण अवस्थामा रहेको निर्माण उद्योग थप...
-
२०७९ आषाढ ७, मंगलबार
राससकाे अध्यक्षमा झा नियुक्त
काठमाडौं - नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस) को रिक्त कार्यकारी अध्यक्ष पदमा वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को साेमबार साँझ बसेको बैठकले उनलाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका झाले २०४३ सालदेखि पत्रकारिता सुरु गरेका थिए । पत्रकार...
-
२०७९ आषाढ ६, सोमबार
विशिष्ट व्यक्तिको हेलिकोप्टर उडानमा अब दुई पाइलट अनिवार्य
काठमाडौं - सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकोप्टर उडानमा अबदेखि अनिवार्य रूपमा दुई जना पाइलट राख्नुपर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आइतबार साँझ बसेको नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिको बैठकले विशिष्ट व्यक्तिको हेलिकोप्टर उडानमा अबदेखि अनिवार्य रूमा दुई जना पाइलट राख्ने निर्णय गरेको हो । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै...
-
२०७९ आषाढ ५, आइतबार
इतिहासविद् शर्माको पुस्कत सार्वजनिक
नेपालभाषाको साहित्य क्षेत्रमा समालोचना विधाले व्यापकता पाउन नसकेकोमा सरोकारवालाहरुले चिन्ता पोखेको छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमका वक्ताहरुले समालोचना विधाको विकासका लागि समालोचकलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । राजोपाध्याय समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमका वक्ताहरुले समालोचनालाई सुझावको रुपमा नलिइ आलोचनाको रुपमा लिने प्रवृत्तीका कारण यस विधाको विकास हुन नसकिरहेको विचार...
-
२०७९ आषाढ ४, शनिबार
प्रधान सेनापति लेवनान प्रस्थान
काठमाडौ - द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिबृद्धि गर्न तथा विभिन्न युनएन मिसनको बारेमा जानकारी लिन प्रधान सेनापति प्रभुराम शर्मा आज (शनिबार) लेवनान तर्फ प्रस्थान गरेका छन् । रक्षा सचिव सहित ७ सदस्यीय भ्रमणदलको नेतृत्व गर्दै प्रधान सेनापति शर्मा लेवनान प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी बालकृष्ण कार्कीले...
-
२०७९ आषाढ ३, शुक्रबार
आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनमा राजनीति गर्नु नाजायज भएको दावी
नेपाल आदिबासी जनजाति पत्रकार महासंघ फोनिजको आयोजनामा बिहीबार तमु बौद्ध सेवा समितिको सभाहलमा पत्रकारहरूका विभिन्न संघसंगठनका प्रतिनिधिहरूलाई समेटेर कार्यक्रम गरेकाे छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेखरेल, फाेनिजका अध्यक्ष गजुरधन राई, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्य, मधेशी पत्रकार समाजका माेहन सिंह लगायतको सहभागिता रहेको थियाे ।...
-
२०७९ आषाढ ३, शुक्रबार
पाँच बुँदे सहमतिपछि निहारिकाले तोडिन् अनशन
काठमाडौं, - न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौँमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाको पहलमा सहमति भएपछि गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर गए राति निहारिकाले अनशन ताेडिन । प्रतिवादी शिवराम श्रेष्ठ र अनशनकर्ता निहारिकाका छोराको डिएनए...
-
२०७९ आषाढ १, बुधबार
आजदेखि दुई दिन बिदा खारेज, कार्यालय पुरानै समयमा खाेलिने
काठमाडौं - एक महिनाको परीक्षण पश्चात सातामा दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णय आजबाट खारेज भएको छ । लगातार दुई दिन विदा प्रभावकारी नदेखिएपछि सरकार उक्त निर्णयबाट पछि हटेको हो । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातामा दुई दिन सार्वजनिक विदा दिने यसअघिको निर्णय खारेज गर्ने निर्णय गरेको थियो । साताको दुई दिन दिइएको विदा खारेज भएसँगै कार्यालय समय पूर्ववत् कायमै रहने गृह मन्त्रालयले जनाएको...
-
२०७९ आषाढ १, बुधबार
आजदेखि मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य हुने
काठमाडौं - निर्वाचन आयोगले आज असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुरू गर्ने भएको छ । आयोगले मङ्गलबार पत्रकार सम्मेलत गरी आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने जनाएको हो । मतदाता नामावली सङ्कलन सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा ईलाका...
-
२०७९ जेठ २९, आइतबार
असार १ गतेदेखि चितवन निकुञ्जभित्र सफारी बन्द गरिने
काठमाडौं - चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि यही असार १ गतेदेखि बन्द गर्नेभएको छ । निकुञ्जभित्र गरिने जङ्गल सफारी, जङ्गल वाकलगायत गतिविधि बन्द गर्न लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जङ्गलमा भएका स–साना खोला खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले गतिविधिमा रोक...


