राष्ट्रिय
-
२०७९ श्रावण २२, आइतबार
सय वर्ष पुरानो आकर्षक ढुङ्गेघर घर संरक्षणको पर्खाइमा
सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक भm्याल ढोका । मल्ल र राणाकालीन शैलीको विरासत देखाउने सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङ्गेघर । म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब नौ किलोमिटर दक्षिणमा पर्ने गौश्वारा गाउँ यिनै घरहरुका कारण अहिले पनि आकर्षक र मनमोहक...
-
२०७९ श्रावण २१, शनिबार
सप्तकोसी बढेसँगै सुनसरी र सप्तरीमा हाइ अर्लट
काठमाडौं - सप्तकोशी नदीको जलस्तर अस्वाभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाएको छ । पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक बृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको बताए । प्रजिअ...
-
२०७९ श्रावण २१, शनिबार
पशुपति क्षेत्र सफा राख्न संस्कृति मन्त्री श्रेष्ठको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवलोकन गर्नुभएको छ । पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी उहाँले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो । पुनःनिर्माण भइरहेका सम्पदास्थल, विश्वरुप मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन पछि त्यहाँको सरसफाइमा ध्यान दिन र भक्तजन,...
-
२०७९ श्रावण १९, बिहिबार
सवारी साधनमा नेपाली भाषामा नम्बर लेख्न बारको माग
काठमाडौँ - नेपाल बार एसोसिएसनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ । बार महासचिव अधिवक्ता अञ्जिता खनालले आज (बिहीबार) जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वर्द्धन गर्ने गराउने कार्यमा लाग्नका लागि उक्त व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको छ...
-
२०७९ श्रावण १९, बिहिबार
अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइने
काठमाडौं - नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्षपनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् । महासंघको संघीय कार्यालय भीमसेनगोलामा ‘२८औं विश्व आदिवासी दिवस–२०२२ मूल समारोह’ले पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि...
-
२०७९ श्रावण १९, बिहिबार
उडेको ६ मिनेटमा नै श्री एअरलाइन्सको जहाज आकस्मिक अवतरण
काठमाडौं - नेपालगञ्ज विमानस्थलमा आज श्री एअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्री एअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्री एअरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको...
-
२०७९ श्रावण १९, बिहिबार
कोशी ब्यारेजका ४६ ढोका खोलियो
काठमाडाैं - अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजका ४६ ढोका खोलिएको छ । पूर्वी पहाडका उदयपुर, सप्तरी, सुनसरीलगायत तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भएर बगेपछि बाढीको खतरालाई मध्यनजर गरी ५४ मध्ये ४६ ढोका खुला गरिएको हो । सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार हाल कोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब बढेको छ ।...
-
२०७९ श्रावण १८, बुधबार
बाढी प्रभावितहरूको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोशीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक...
-
२०७९ श्रावण १७, मंगलबार
आज नागपञ्चमी, आठ प्रकारका नागको पूजा गरि मनाइँदै
काठमाडौँ - आज नागपञ्चमी, हिन्दू धर्मावलम्वीले नागको पूजा गरी मनाउँदै छन् । आज आठ प्रकारका नागको पूजा गरी दूवो, गाई दूघ, घिउ र भेटी चढाउनुका साथै कुल नाग थानमा विशेष पूजा गरी खीर, रोटीलगायत प्रसाद अर्पण गरेर यो पर्व मनाउने गरिन्छ । नागकाे चित्रमा पूजा गरेर उक्त चित्र घरकाे मूल ढाेकामा टाँस्ने चलन छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ...
-
२०७९ श्रावण १६, सोमबार
मिथिलामा चाडबाडको रौनक
साउन शुक्लपक्ष सुरु भएसँगै मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष सुरु भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक बढाएको हो । साउन शुक्लपक्षको तृतीया तिथिमा नवविवाहिता मिथिलानी ९मिथिलाका नारी० ले १३ दिने मधुश्रावणी पर्व सम्पन्न गरेका छन् । सोही तिथिमै मिथिला झुलनोत्सव सुरु भएको छ । तृतीयादेखि पूर्णिमासम्म मिथिलामा...
-
२०७९ श्रावण १६, सोमबार
कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता
देउखुरी, १६ साउन , प्यूठान जिल्ला सरुमारानी गाउँपालिका–६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । उहाँको मातृभाषा कुसुन्डा हो । परिवार, छरछिमेक सबैले नेपाली भाषा बोल्ने हुँदा उहाँलाई नेपाली भाषाकै बानी प¥यो । मातृभाषा बोल्न आउँदैनथ्यो । अचेल उहाँ कुसुन्डा भाषामा गीत लेख्न र गाउन सक्ने हुनुभएको छ । भाषा आयोगले सञ्चालन गरेको कुसुन्डा...
-
२०७९ श्रावण १६, सोमबार
थप ८९५ मा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु
देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । सो अवधिमा पाँच हजार नौ सय नौ जनाको नमूना परीक्षण गरिएको थियो । तीन हजार छ सय ८५ जनाले पिसिआर र दुई हजार दुई सय २४ सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा दुई ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त...


