राष्ट्रिय
-
२०७९ श्रावण १, आइतबार
आज साउने सङ्क्रान्ति देशभर मनाइँदै
काठमाडौं - प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने...
-
२०७९ आषाढ २९, बुधबार
गुरुजनप्रति सम्मान प्रकट गरि गुरु पूर्णिमा मनाइँदै
काठमाडौं - आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष...
-
२०७९ आषाढ २६, आइतबार
आज हरिशयनी एकादशी, नारायण मन्दिरमा भीड
काठमाडाैं - प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतिकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि...
-
२०७९ आषाढ २६, आइतबार
प्रधानमन्त्री देउवाद्वारा इद उल पर्वको शुभकामना
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत यस पर्वले सबै नेपालीलाई आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्दै सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा...
-
२०७९ आषाढ २६, आइतबार
मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर ईद मनाइँदै
काठमाडाैं - मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ । यस अवसरमा दरबार मार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत...
-
२०७९ आषाढ २५, शनिबार
आबेको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत पूर्वप्रधानमन्त्री शिन्जोको निधनको खबर सुनेर दुःख लागेको उल्लेख गर्नुभएको छ । “मेरो हार्दिक श्रद्धाञ्जली । उहाँ विश्वका चर्चित नेता मात्र नभएर नेपालको असल मित्र पनि हुनहुन्थ्यो”, प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन्। उनले शोकको...
-
२०७९ आषाढ २५, शनिबार
जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति शनिबार राष्ट्रिय शोक मनाइँदै
काठमाडौं - नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा आज (शनिबार) राष्ट्रिय शोक मनाइँदैछ ।मन्त्रिपरिषद्को बैठक बसेर स्वर्गीय आबेको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । गृह मन्त्रालयले विज्ञप्ति जारी गरी उनको निधनमा आज राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ ।नेपाल सरकारले उनको...
-
२०७९ आषाढ २२, बुधबार
बकर इदकाे अवसरमा आइतबार सार्वजनिक बिदा
काठमाडौं - सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ । उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले बताए ।
-
२०७९ आषाढ २२, बुधबार
मंसिर २ गते एकैचरणमा चुनाव गर्न आयाेगकाे सिफारिस
काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आगामी मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न निर्वाचन आयोगले सरकारलाई सिफारिस गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोली बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर मंसिर २ गते एकै चरणमा दुई निर्वाचन गर्न सिफारिस गरेको हो । आयोगको प्रस्तावमा प्रधानमन्त्री देउवाले सहमति जनाएको आयुक्त थपलियाले बताएका छन् । साथै,...
-
२०७९ आषाढ १७, शुक्रबार
आज नेवाः पहिचानका आयाम विषयक गोष्ठी हुने
वल्ड नेवाः अर्गनाईजेशन, नेपाः च्याप्टरको आयोजनामा नेवाः पहिचानका विविध आयाम विषयक दुई दिने राष्ट्रिय गोष्ठी आज शुक्रबार राजधानीमा शुरु हुने भएको छ। नेपाल भाषा र संस्कृति सहित समसामयिक विषयमा जनमत बनाउने, विचार विमर्श शुरुआत गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले विहीबार आयोजित पत्रकार सम्मेलनमा बताउनु भयाे । सो गोष्ठीको पहिलो दिन डा.मिलन...
-
२०७९ आषाढ १५, बुधबार
सप्तकोशीमा पानीको बहाव बढ्दै
काठमाडौं - निरन्तरको वर्षाको कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । बुधबार साँझको मापनअनुसार सप्तकोशीमा पानीको बहाव १ लाख ७८ हजार ५ सय ९५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सप्तकोसीमा पानीको बहाव एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । सप्तकोसीका ५६ ढोकामध्ये अहिले २४ वटा मात्र ढोका खोलिएको छ । यद्यपि सप्तकोशीमा पानीले धार परिवर्तन गर्ने वा बाँध फुट्ने सम्भावना कम...
-
२०७९ आषाढ १५, बुधबार
नारायणगढ–मुग्लिन सडकको १७ ठाउँ उच्च जोखिममा
काठमाडौं - नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् । ती ठाउँमा यसवर्ष पहिरो खसेर दुःख दिइरहेका छन् । तीमध्ये...


