STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७९ श्रावण १६, सोमबार

    धरानमा 'हर्क साम्पाङ मुर्दावाद'काे नारा, मेयर कार्यकक्ष ताेडफाेड

    काठमाडौं - धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीको निसानामा स्थानीय सरकार परेको छ । आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका छन् । आइतबार अपरान्ह ४ बजेतिर तीन सय जति प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गरे । नगर प्रहरीको घेरा तोडेर आन्दोलनकारीले मेयरको कार्यकक्ष तोडफोड गरेका छन् । सोक्रममा झ्यालका केही सिसा फुटेको छ । बराह...

  • २०७९ श्रावण १६, सोमबार

    पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    काठमाडौं - पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । गए रातिदेखि लगातार पानी परिरहेको छ ।

  • २०७९ श्रावण १५, आइतबार

    नेपाल इयूको उडान सुरक्षासूचीबाट छिट्टै हट्छः पर्यटनमन्त्री श्रेष्ठ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ ९इयू० ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताउनुभएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आज आयोजना गरेको ‘आर्थिक वर्ष २०७९÷०८० को बजेट तथा कार्यक्रमसम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा उहाँले  छिट्टै नेपाललाई इयूले उडान सुरक्षा सूचीबाट हटाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले...

  • २०७९ श्रावण १५, आइतबार

    ६२० मा कोरोना सङ्क्रमण पुष्टि, एकको मृत्यु

    देशभर पछिल्लो २४ घण्टामा ६२० जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।        पछिल्लो २४ घण्टामा पाँच हजार ८४६ जनाको नमूना परीक्षण गरिएको थियो । दुई हजार ६५१ जनाको पिसीआर र तीन हजार १९५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २९७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको...

  • २०७९ श्रावण १२, बिहिबार

    बञ्चरेडाँडाका स्थानीयको चेतावनी- ‘डम्पिङसाइट सधैंका लागि बन्द गर्छौं’

    काठमाडौं - बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी भदौ १ गतेबाट सधैँका लागि डम्पिङ साइट बन्द गर्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले यस्तो चेतावनी दिएको हो । फोहोरमैला व्यवस्थापन गर्दा प्रभावित हुने विशेष संवेदनशील क्षेत्रबाट मानव बस्तीहरु अलग गर्नेलगायत यसअघि महानगरपालिका र सरकारले...

  • २०७९ श्रावण १२, बिहिबार

    बञ्चरेडाँडाका स्थानीयले फेरि राेके काठमाडौंको फोहोर

    काठमाडौं - बञ्चरेडाँडाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी फेरि अवरोध गरेको छ । आज बिहानैदेखि काठमाडौंदेखि फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा स्थानीयले रोकेका हुन् । फोहोर बोकेर गएका ५० भन्दा बढी गाडी रोकेको काठमाडौं महानगर नगर प्रहरीका प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टराईले जानकारी दिए । एक हप्तादेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहर आजदेखि पुनःव्यवस्थापन हुने महानगरले...

  • २०७९ श्रावण ११, बुधबार

    राजा त्रिभूवन र महेन्द्रले प्रयोग गरेका ३ वटा सवारीसाधन संग्रहालयमा

    काठमाडौं - नारायणहिटी दरबार संग्रहालयमा राजाहरुले प्रयोग गरेका थप तीन वटा सवारीसाधन सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । बुधबार स्व. राजा त्रिभूवन वीरविक्रम शाह र महेन्द्र वीरविक्रम शाहले प्रयोग गर्नुभएका थप तीन वटा सवारीसाधन प्रदर्शनमा राखिएको हो । पुराना सवारीसाधनको भौतिक मर्मत् र रङरोगन गरेर सर्वसाधणका लागि प्रदर्शनीमा ल्याइएको छ । प्रदर्शनीमा राखिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै...

  • २०७९ श्रावण ९, सोमबार

    कैदीबन्दीलाई बिहे र प्रजनन अधिकार

    काठमाडौं - प्रतिनिधिसभाको बैठकले ‘कारागार विधेयक, २०७८’ लाई पारित गरेको छ । लामो समयपछि प्रतिनिधिसभाले उक्त विधेयक पारित गरेको हो । प्रतिनिधिसभाका सदस्यलाई सो विधेयक २०७६ मङ्सिर २९ गते वितरण गरिएको थियो । यस्तै, सोही सालको माघ २९ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो भने चैत १९ गते सामान्य छलफल भएको थियो । विसं २०७६ चैत २९ गतेदेखि समितिमा दफाबार छलफल भएको थियो । प्रतिनिधिसभा दुई पटक विघटन भएपछि...

  • २०७९ श्रावण ८, आइतबार

    सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने सरकारकाे तयारी

    काठमाडौं - सरकारले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएकाे छ । आईतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरूत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो। पर्यटनमन्त्री श्रेष्ठले कार्यभार सम्हाल्ने क्रममा गरेको ‘रिकोभरी प्लान’ ल्याउने निर्णय अनुसार आईतबार मन्त्रालयले पर्यटन पुनरूत्थान कार्ययोजना सावजनिक गरेको हो। कार्यक्रममा पर्यटनमन्त्री जीवनराम...

  • २०७९ श्रावण ८, आइतबार

    अब देवनागरी लिपिमै इम्बोस्ड नम्बरप्लेट आउने

    काठमाडौं - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले इम्बोस्ड नम्बरप्लेट देवनागरीमै राख्ने तयारी थालेको छ । नेपाली मौलिकता झल्काउन नम्बरप्लेट नेपालीमै लेख्ने तयारी गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईले बताए । नम्बरप्लेट देवानागरी वा अंग्रेजी र देवानागरी दुवै लिपि राख्ने कानुनी व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । यसका लागि ठेकेदार कम्पनी डेकाटोर टाइगरलाई पनि चिट्ठी...

  • २०७९ श्रावण ५, बिहिबार

    प्रधानमन्त्री देउवाले ​​भारतका नवनिर्वाचित राष्ट्रपतिलाई दिए बधाई

    काठमाडौं - ​​​​​​​नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनिर्वाचित राष्ट्रपति द्रौपती मुर्मूलाई बधाई दिएका छन् । बिहीबार उनले ट्विटरमार्फत राष्ट्रपति मुर्मूलाई बधाई तथा शुभकामना दिएका हुन् ।

  • २०७९ श्रावण ३, मंगलबार

    भोजपुरमा नेपालभाषा प्रशिक्षण सुरू

    काठमाडौं- आफ्नो भाषा र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ भोजपुर सदरमुकाममा तीस दिने नेपालभाषा प्रशिक्षण सुरू भएको छ । नेवाः मिसा दबू भोजपुरको आयोजना तथा भोजपुर नगरपालिकाको सहयोगमा सुरू प्रशिक्षणको नगर प्रमुख कैलासकुमार आलेले उद्घाटन गरेका हुन् । धर्म, संस्कृति र परम्परा कायम राख्न भाषा पनि जान्नु जरूरी रहेकाले जिल्लामा पनि प्रशिक्षण सुरू गरिएको आयोजक नेवाः मिसा दबू भोजपुर अध्यक्ष अवनी...

Pages