सिनेमा
-
२०७६ माघ २, बिहिबार
नमस्ते ख्वप टेलिभिजन उद्घाटन
नमस्ते ख्वप टेलिभिजन भक्तपुरको गठ्ठाघरमा आजदेखि विधिवत् रूपमा सञ्चालनमा आएको छ । उक्त टेलिभिजनको महिला बालबालिकामन्त्री पार्वत गुरुङले उद्घाटन गर्दै सो अवसरमा मन्त्री गुरुङले दुई दशकदेखि पत्रकारिता र साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रिय समाचार समिति भक्तपुर संवाददाता, क्रियाशील पत्रकार मञ्चका अध्यक्ष एवं साहित्यकार रमेश गिरी र चार दशकदेखि योगदान पु¥याउनु हुने शिक्षासेवी एवं...
-
२०७६ माघ २, बिहिबार
निफको तेस्रो संस्करणमा ८० देशले भाग लिने
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा फागुन १ गतेदेखि ५ गतेसम्म तेस्रो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ। नेपाली चलचित्रको रचनात्मक विकासमा सहयोग पुर्याउने उद्देश्य सहित हुने महोत्वसमा ८० चलचित्रहरु प्रदर्शन हुने आयोजकले जनाएको छ। बिहीबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार महोत्सवमा १० अन्तर्राष्ट्रिय कथानक चलचित्र, ३५ लघु चलचित्र, ५ नेपाली कथानक चलचित्र, १५...
-
२०७६ माघ १, बुधबार
पशुपतिमा पर्यटक आकर्षित गर्न सङ्गीत सन्ध्या
नेपाल भ्रमण वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषले नाद सङ्गीत पाठशालासँगको सहकार्यमा मासिक रूपमा सङ्गीत सन्ध्या आयोजना गर्न थालेको छ । माघे सङ्क्रान्तिदेखि प्रत्येक महीनाको १ गते बेलुकी विदेशी एवं स्वदेशी पर्यटकलाई आकर्षित गर्न सङ्गीत सन्ध्या आयोजना गरेको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो । सङ्गीत सन्ध्यामा भजन, भक्तिसङ्गीतका माध्यमबाट पर्यटन प्रवद्र्धन गरिने...
-
२०७६ पौष २८, सोमबार
खुला नृत्य प्रतियोगितामा अमृता प्रथम
समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाअन्तर्गत गरिएको खुला नृत्य प्रतियोगितामा अमृता सुनारले प्रथम स्थान हासिल गर्नुभएको छ । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा नयाँबजारमा आयोजित प्रतियोगितामा गणेश तामाङ दोस्रो, विवश जलन्धर तेस्रो र सरिता दानकोटीले सान्त्वना स्थान प्राप्त गर्नुभयो । उहाँहरुलाई क्रमशः रु २० हजार, रु १५ हजार, रु १० हजार, रु पाँच हजार र रु दुई हजार नगदसहित मेडल र प्रमाणपत्र...
-
२०७६ पौष २७, आइतबार
नेपाली लोकबाजा प्रस्तुत
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले नेपाली लोकसंस्कृतिको संरक्षणका लागि नेपाली लोकबाजा प्रस्तुत गरेको छ । सङ्गीत प्रतिष्ठानले नेपाल प्रज्ञा–प्रतिष्ठान, ललितकला प्रज्ञा–प्रतिष्ठान९नाफा० र सांस्कृतिक संस्थानको सहकार्यमा २९८औँ पृथ्वीजयन्तीका अवसरमा आज लोप हुँदै गएका बाजाको संरक्षणका लागि लोकबाजा प्रस्तुत गरेको हो । कार्यक्रममा मङ्गल सोरठी, मैथिली सङ्गिनी धून, असारे, कौडा र नेवारी लोकभाका,...
-
२०७६ पौष २२, मंगलबार
दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै
दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै हुने भएको छ । चलचित्र प्राविधिक सङ्घ नेफ्टाले ‘ड्रिम हाई नेपाल’सँगको सहकार्यमा उक्त अवार्ड कार्यक्रम आगामी चैत १५ गते टुँडिखेलमा आयोजना गर्न लागेको हो । यसअघिका चार अवार्ड कार्यक्रम विदेशमा आयोजना गरिएको थियो । राजधानीमा सोमबार आयोजित कार्यक्रममा नेफ्टा र ड्रिम हाइ नेपाल प्रालिले नेफ्टा अवार्डको घोषणा गरेको हो । दुई वर्षदेखि सो कार्यक्रम आयोजना गर्न सकिएको थिएन...
-
२०७६ पौष २१, सोमबार
फोटो प्रतियोगिताको आवेदन खुला
सातौँ संस्करण नेपाल फोटो प्रतियोगिता २०७६मा समावेश हुन आवेदन खुला गरिएको छ । फोटो जर्नालिस्ट क्लब, नेपालले आफू खिचेका फोटोलाई प्रतियोगितमा समावेश गर्न आग्रह समेत गरेको छ । ग्लोबल आइएमई बैंक नेपालका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता शुुरु भएको घोषणा गर्नुभयो । विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने आयोजकले जनाएका छन् । व्यावसायिक र सौखिन सबै खाले...
-
२०७६ पौष १०, बिहिबार
थारुनाचको आकर्षण
दाङको देउखुरी क्षेत्रका थारु समुदायले नाच्ने ‘बर्कानाच’ पछिल्लो समय जिल्लामा निकै प्रचलनमा छ । जिल्लामा हुने मेला महोत्सव होस् वा कुनै पर्व, दिवस वा ठूला नेता, प्रधानमन्त्री, मन्त्रीहरुको स्वागत सत्कारका लागि दाङमा थारु समुुदायमा प्रचलित नाच प्रस्तुत गरिन्छ । त्यसमध्ये ठूलो अर्थको बर्कानाच पनि एक हो । थारु संस्कृतिविद् अशोक थारुका अनुसार बर्कानाच महाभारत कथामा आधारित लोककाव्य हो, महाभारतको युद्ध...
-
२०७६ पौष ८, मंगलबार
रत्यौली र मारुनीमा नाचमा झुमे दर्शक
लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा पोखरा महानगरपालिका–२७ डाँडाको नाकमा जारी १६औँ लेखनाथ महोत्सवमा सोमबार रत्यौली, मारुनीलगायतका परम्परागत संस्कृतिमा आधारित नृत्य प्रस्तुत गरिएको छ । महोत्सवमा विभिन्न विद्यालयका तर्फबाट विद्यार्थीका प्रस्तुतिका साथै विभिन्न आमा समूहले प्राचीन मौलिकतामा आधारित प्रस्तुति देखाएका थिए । विद्यालयस्तरीय नृत्यअन्तर्गत लिटल फ्लावर एजुकेशनल एकेडेमी पोखरा–२७...
-
२०७६ पौष ७, सोमबार
भ्रमण वर्षमा डोटीमा निरौली दरबार र दाङमा रिहार मेला हेर्न नछुटाआँै
नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जिल्लामा पर्यटन व्यवसायी तथा होटेल व्यवसायी सक्रिय भएका हुन् । यहाँका निजी क्षेत्रले आआफ्नो क्षेत्रबाट प्रचारप्रसारका काम शुरु गर्न थालेका छन् । अहिले जिल्लामा रहेका होटेल व्यवसायीले आफ्नो होटेल तथा रेष्टुराँको सरसफाइदेखि नयाँ भौतिक संरचना निर्माण गर्न जुटेका छन् । त्यस्तै सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटक भित्र्याउनका लागि सम्पूर्ण सडकको...
-
२०७६ पौष ७, सोमबार
नेपालको नंबर वान विद्यालय कामना कला केन्द्रको कामना लिट्टिल डान्स च्याम्पियन २०१९
काठमाडौं। नेपालको नंबर वान विद्यालय कामना कला केन्द्रको आयोजनामा कामना लिट्टिल डान्स च्याम्पियन २०१९ को रमाइलो सेमी–फाइनल र फाइनल पुस ५ गते शनिवार संपन्न भएको छ। शनिवार ११ बजेदेखि करिबन राति ८ बजेसम्म उक्त रमाइलो प्रतिस्पर्धात्मक गजबको प्रतियोगिता भएको हो। प्रतियोगी ३७ जना विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकाहरुको प्रस्तुति एक से एक थियो। जसले गर्दा शारदा सोति शर्मा लगायतको निर्णायक टीमलाई...
-
२०७६ पौष ६, आइतबार
लौ न अब खुकुरीमा धार लगाउनुप¥यो ।
पुसको ठिही । रसिला–चोटिला सिर्जनाले शनिबार गर्मायो । विविध रचनाका रसस्वादनमा यहाँका वाङ्मयप्रेमी औधि खुशी हुनुभयो । ‘एक मञ्च, तीन सर्जक’ कार्यक्रममा कवि, गजलगो र मुक्तककारले आफ्ना रचना पस्किदा सयम व्यतित भएको पत्तै भएन । काव्यका विविध विधालाई साहित्य पारखीले एकै मञ्चमा प्रस्तती दिनुभयो । कार्यक्रमको तारतम्मे मिलाएको थियो, हातेमालो साहित्य सङ्गम बागलुङ शाखाले । पर्वतका कवि ओमप्रसाद घायल,...



