STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिनेमा

  • २०७६ भाद्र १५, आइतबार

    थारू समुदाय अटवारी पर्व मनाउँदै

    दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै थारू समुदायका दाजुभाइहरुले आज अटवारी पर्व मनाउँदैछन् । कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका कैलाली, बाँके बर्दिया, दाङ लगायतका क्षेत्रमा यस पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । शुक्लपक्षको आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि पानीसमेत नपिई व्रत बसी साँझ पुरुषहरुद्वारा नै यस पर्वमा गुइँठाको आगोमा सल्लाको धूप बनाई बालेर भीमको...

  • २०७६ भाद्र १३, शुक्रबार

    प्रस्तावित चलचित्र नगरीको डीपीआर तयार

    सिन्धुपाल्चोकको सिमानामा पर्ने दोलखाको डाङडुङेमा निर्माण गरिने चलचित्र नगरीको परियोजना स्वीकृत भएको आठ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ । अत्याधुनिक स्टुडियोसहितको संरचना निर्माण गर्न रु १५ अर्बको डिपिआर तयार भएपछि त्यसलाई अघि बढाउन चाँडै नै लगानी सम्मेलन गरिने चलचित्र निर्माण सहयोग समितिका अध्यक्ष एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिनुभयो । सिन्धुपाल्चोकका...

  • २०७६ भाद्र १२, बिहिबार

    तीजलाई महङ्गो र भड्किलो नबनाऔँ

    नेपाली महिलाको विशेष पर्वका रुपमा रहेको तीज नजिकिँदै गर्दा यहाँका बजारमा सामान किनमेल गर्नेको भीडभाड बढ्न थालेको छ । विशेषगरी छोरी चेली यस पर्वको किनमेलका लागि गएको हप्तादेखि नै व्यस्त छन् । अहिले दाङका विभिन्न बजारमा विशेष गरेर कपडा, चुरा पोते, गरगहनादेखि खाद्यान्नजस्ता सामान किन्ने दिदीबहिनीको सङ्ख्या दिनप्रतिदिन बढेको यहाँका स्थानीय व्यापारी बताउँछन् । स्थानीय व्यापारीले पनि तीजलाई लक्ष्य गरेर...

  • २०७६ भाद्र १०, मंगलबार

    चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा बनाउन भ्याइनभ्याई

    व्यास नगरपालिका–३ देउराली नगरका महिला चाडपर्व नजिकिँदै गर्दा झिलिङ्गा चामलको पिठोबाट बनाइने परिकार बनाउन व्यस्त छन् । चाडपर्वको समयमा झिलिङ्गा बनाउन नभ्याइने भएकाले असार–साउनदेखि नै झिलिङ्गा बनाउन थालिन्छ । विसं २०७१ मा देउराली आमा समूहका पाँच सदस्य मिलेर रु एक लाख २० हजार सङ्कलन गरी झिलिङ्गा उत्पादन गर्ने कार्यलाई अहिलेसम्म निरन्तरता दिँदै आएको सञ्चालक सदस्य लीला थापाले जानकारी दिनुभयो । दशैँ...

  • २०७६ भाद्र १०, मंगलबार

    मौलिक लयमा फर्किदै तीज

    अबका केही दिनमा आउने हिन्दू नारीको महान् चाड तीजको चहलपहल शुरु भइसकेको छ । महिलाहरु माइत जाने, दरखाने र महादेवको व्रत बस्ने तयारीमा छन् भने बजारमा तीजको किनमेल उत्कर्षमा छ । घरघरमा तीजको तयारी चले पनि सामूहिकरूपमा तीजको उत्सव मनाउने क्रम भने बाक्लिन थालिसकेको छ । सङ्घसंस्थाले तीज लक्षित नाचगान, भेटघाट र प्रतियोगिता धमाधम आयोजना गरिरहेका छन् । आफन्त, नाता गोता र साथीसङ्गीको बाक्लिँदो भेटघाटले...

  • २०७६ भाद्र १०, मंगलबार

    साहित्यकार झमक घिमिरेको जीवनमा आधारित

    चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र सिनेमाघरमा आउँने मिति सार्वजनिक गरेको हो । चलचित्र सिनेमाघरमा कार्तिक २२ गते आउने घोषणा गरिएको छ । चलचित्रको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

  • २०७६ भाद्र ९, सोमबार

    देउडा प्रतियोगिता शुरु

    सुदूरपश्चिम प्रदेशको प्रमुख चाड गौरा पर्वका अवसरमा आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा महिला देउडा प्रतियोगिता शुरु भएको छ । यहाँबाट प्रसारित रेडियो महाकालीको आयोजनामा विगत चार वर्षदेखि हँुदै आएको हुक्काचिलिम महिला देउडा प्रतियोगितामा जिल्लाका यस पटक छ वटा महिला समूहले भाग लिएका छन् । प्रतियोगिता चार दिनसम्म सञ्चालन हुनेछ । रेडियो महाकालीबाट प्रसारण हुने हुक्काचिलिम कार्यक्रमकै नामबाट थालिएको...

  • २०७६ भाद्र ८, आइतबार

    प्रतिभा राई मिस टिन २०१९ बन्न सफल

    थुलुङदूधकोशी गाउँपालिका–७ देसाकी प्रतिभा रानी राईले मिस टिन २०१९ कोे उपाधि जित्नुभएको छ । काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार आयोजना गरिएको प्रतिस्पर्धामा अन्य छ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिभाले उपाधि जित्न सफल हुनुभएको हो । प्रतियोगिताबाट राईले उपाधि जित्दै ताज पहिरिन सफल भएको उहाँका बुबा रामसङ्घर्ष किरातीले जानकारी दिनुभयो । फाइनल चरणमा रहेका सातमध्ये मोष्ट भ्यूज र मिस ट्यालेण्टको...

  • २०७६ भाद्र ८, आइतबार

    छैठौँ संस्करणको मिस गण्डकीको अडिसन सम्पन्न

    पछिल्लो समय देशभरि सौन्दर्य प्रतियोगिता धेरै भइरहेको छ । पोखरामा मात्रै वर्षमा विभिन्न नामबाट करीब दुई दर्जन सौन्दर्य प्रतियोगिता आयोजना हुँदै आएको छ । केही प्रतियोगिताले युवतीमा भएका प्रतिभालाई साँच्चै नै प्रस्फुटन गरेका छन् भने केही भने नामको मात्र हुने गर्छन्, जसले निरन्तरता पाउन सकिरहेको छैन । केहीले प्रतियोगिता सम्पन्न गरिसकेपछि विजेतालाई पुरस्कार नै नदिने घटना पटकपटक सञ्चारमाध्ममबाट...

  • २०७६ भाद्र ८, आइतबार

    ‘गाइँचा म्ये’ लोकार्पण

    गाईजात्रा पर्वका अवसरमा आशाकाजी बासुकला स्मृति प्रतिष्ठानले नेपाल भाषाको ‘गाइँचा म्ये’ नामक मुना पुस्तक प्रकाशन गरेको छ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सो पुस्तक लोकार्पण गर्दै जनताका पक्षमा काम गर्ने व्यक्ति सधैँ जनताको मनमा रहने बताउनुभयो । उहाँले समाजमा भएका विकृति र विसङ्गतिलाई जनबोलीका रूपमा अभिव्यक्त गर्ने यस्ता कृति साहित्यको क्षेत्रमा नयाँ आयामका रुपमा रहन्छ...

  • २०७६ भाद्र ६, शुक्रबार

    दरसँगै लागुऔषधविरुद्ध सचेतना

    सभाकक्ष खचाखच थियो । मञ्चपट्टि थिए सांसददेखि प्रहरी अधिकारीसम्म । भित्तामा दुई ब्यानर देखिन्थे । एउटा दर खानेको, अर्को दुव्र्यसनीविरुद्ध ‘आमासँग प्रहरी कार्यक्रम’को । आयोजक थिए, क्षेत्री महिला समाज र जिल्ला प्रहरी कार्यालय बागलुङ । तीजको मुखैमा बिहीबार समाजले महिला दिदीबहिनीलाई दर मात्र खुवाएन, लागुऔषध दुव्र्यसनीविरुद्ध सचेतना पनि जगायो । दरखाने कार्यक्रमलाई रचनात्मक बनाएकामा सहभागीले रुचाए पनि...

  • २०७६ भाद्र ६, शुक्रबार

    शनिबार भीमसेन जात्रा मनाइने

    मङ्गलबजार परिसरमा रहेको भीमसेन जात्रा शनिबार मनाइने भएको छ । भीमसेनलाई विशेषगरी व्यापार–व्यवसायमा लागेका मानिसले आरध्य देवका रुपमा पुज्ने गरेका छन् । भीमसेनलाई सुगन्धमय धूप साहै्र मनपर्ने भएकाले सो बालेर विशेष पूजा गरिने नेवार समुदायका मानिस बताउँछन् । भीमसेन मन्दिरमा शनिबार बिहानदेखि पूजा आरधनाका लागि स्थानीयवासीको ठूलो भीड लाग्ने मङ्गल टोल सुधार सङ्घले जानकारी दिएको छ । प्रत्येक वर्ष भाद्र...

Pages