-
२०८१ आश्विन १, मंगलबार
राजेन्द्र महतोद्वारा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा
काठमाडौं— राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मङ्गलबार विधिवत रुपमा पार्टी घोषणा गरेका छन्। राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन्। पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ। महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ। लोसपा नेपालबाट अलग भएर महतोले गत...
-
२०८१ आश्विन १, मंगलबार
बसन्तपुरबाट बालेन 'टिसर्ट' लगाएका समर्थक पक्राउ
काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अङ्कित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ। उनीहरूलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरूकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए। ‘...
-
२०८१ आश्विन १, मंगलबार
आरके सुबेदी गोल्डकप सेभेन ए साईड उपाधि अजय एफसीले जिते
काठमाडौं । बक्स अफिस इन्टरनेशनल ग्रुपको आयोजनामा सम्पन्न १८ औ राम बहादुर (आरके) सुबेदी गोल्डकप सेभेन ए साईड खुला फुटबल प्रतियोगिताको उपाधि अजय एफसीले जितेको छ । तेन्जिङ चोक, बौद्ध स्थित इलाईट फुटसलमा भएको उपाधि भिडन्तमा अजय एफसीले मोलम एफसीलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि जितेको हो । अजय एफसीको जितमा कुशन श्रेष्ठले दुई गोल गर्दा सन्तलाल तामाङले थप एक गोल गरे । विजेता बनेको अजय एफसीले...
-
२०८१ भाद्र ३१, सोमबार
खोला किनारको २० मिटर विवाद : सरकारले सर्वोच्चमा दियो पुनरावलोकन निवेदन
काठमाडौं- उपत्यकाका खोला किनारासम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलामा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निवेदन दर्ता गराएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले २०८० पुस ३ गते गरेको फैसलामा खोला किनारबाट २० मिटर छोड्नुपर्ने र नदी किनारका सरकारी जग्गा अतिक्रमण गरी बनाइएका बस्ती हटाउन भनिएको थियो। प्रधानमन्त्री तथा...
-
२०८१ भाद्र ३१, सोमबार
रवि लामिछानेसहितलाई कारबाही गर्न संसदीय छानबिन समितिको सिफारिस
काठमाडौँ - ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ । समितिले सोमबार बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् ।’ समितिले कुनै पनि कम्पनीका सेयर सदस्य, सञ्चालक...
-
२०८१ भाद्र ३१, सोमबार
मुख्यमन्त्रीबाट राजीनामा दिने अरविन्द केजरीवालको घोषणा
काठमाडौं- अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्। जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन्। उनले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने बताए। उनले आज दिल्ली आम आदमी पार्टीको मुख्यालयमा भने, 'म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नआएसम्म म...
-
२०८१ भाद्र ३०, आइतबार
नेपाली चलचित्र ‘शाम्बाला’ ओस्कार अवार्डका लागि सिफारिस
काठमाडौं - मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले नेपालबाट आगामी ओस्कार अवार्ड प्रतिनिधित्व गर्ने भएको छ । नेपालबाट ओस्कारका लागि शाम्बाला फिल्मले मात्र आवेदन दिएपछि अब यो फिल्म ओस्कारका लागि सिफारिस हुने निश्चित बनेको हो । आवेदन दिने विहिबार अन्तिम मिति रहेको र शाम्बाला बाहेक अन्य कुनैपनि फिल्मले आवेदन नदिएको ओस्कारको नेपाल छनोट समितिले जनाएको छ । नेपालको छनोट समितिले फिल्मलाई आगामी...
-
२०८१ भाद्र ३०, आइतबार
भोलि मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा
काठमाडौँ - सरकारले भोलि मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले आइतबार एक सूचना सार्वजनिक गर्दै सोमबार मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने जानकारी गराएको हो । सूचनामा भनिएको छ, ‘मिति २०८०।१०।२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार जयन्ती (मोहम्मद दिवस)का दिन नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने व्यवस्था भएको...
-
२०८१ भाद्र ३०, आइतबार
दोलखामा जीप दुर्घटना, दुई जनाको मृत्यु
दोलखा- गौरीशंकर गाउँपालिका–४ झ्याकुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा चार ४ जना घाइते छन्। बा २० च ७२६६ नम्बरको जीप आइतबार साँझ दुर्घटना हुँदा गौरीशंकर–३ कि ७५ वर्षीया काली शेर्पा र अन्दाजी ५५ वर्षीय पसी शेर्पाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। दुर्घटनामा चालक मिङमार शेर्पा, अन्तु शेर्पा र अन्तु शेर्पाकै...
-
२०८१ भाद्र ३०, आइतबार
स्थानीय तहमा मंसिर १६ गते उपनिर्वाचन गर्न आयोगको सिफारिस
काठमाडौं- निर्वाचन आयोगले स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनका लागि मिति सिफारिस गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर मंसिर १६ गते उपनिर्वाचन गर्न सिफारिस गरेका हुन्। आयोगको परामर्शमा सरकारले निर्वाचनको मिति तोक्ने गर्छ। स्थानीय तहमा हाल विभिन्न पदमा ४१ जना जनप्रतिनिधि रिक्त छन्। भेटमा प्रधानमन्त्री ओलीले आयोगको प्रस्ताव अध्ययन गरी नेपाल...
-
२०८१ भाद्र ३०, आइतबार
इन्धनको भाउ घट्यो
काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो। यो मूल्य आइतबार मध्यराति १२ बजेदेखि लागू हुनेछ।
-
२०८१ भाद्र ३०, आइतबार
विश्व कृतिमानीहरुको नेपालभाषाको गीत मिखां छ्न्त खन या म्युजिक भिडियो सार्वजनिक
विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को रचना एवं स्वर रहेको नेपालभाषाको एल्बम मतिनाया खँ भित्र रहेको नेपालभाषाको गीत ''मिखां छन्त न्ह्यने खन म्हुतुं नवाये मफुत''( अाँखाले देख्यो तिमि नै तर खोल्न सकिंन मुख) गीतको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । विगत लामो समयदेखि भाषा साहित्य र कला क्षेत्रमा कलम चलाउँदै निरन्तर चार दशकदेखि कविता, गीत, कथा, उपन्यास, हाइकु, तान्का, मुक्तक...


