-
२०८१ भाद्र २९, शनिबार
झीगु सःको समारोहमा दुई संचारकर्मी सम्मानित
टेलिभिजन पत्रकारिताको क्षेत्रमा नेपालभाषाको माध्यमबाट सन्चार यात्रा अगाडि बढाइ रहेका दुई जना अग्रज सन्चारकर्मिहरुलाई एक समारोहबीच सम्मानित गरिएको छ । नेपालभाषाको टिभि कार्यक्रम “झीगु सः”(हाम्रो आवाज) को दुई सय भाग पुरा भएको उपलक्ष्यमा लहना मिडियाद्वारा आयोजित सो समारोहमा बागमति प्रदेशका श्रम , रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनबाट संचारकर्मि द्वय मीना बज्राचार्य र बिराजकाजी...
-
२०८१ भाद्र २९, शनिबार
बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
ढोरपाटन (बागलुङ), २९ भदौ : बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका...
-
२०८१ भाद्र २९, शनिबार
‘नेवाः संस्कृति देशको सांस्कृतिक वैभव हो’
ललितपुर , प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः संस्कृति देशको सांस्कृतिक वैभव भएको बताउनुभएको छ । ज्यापु समाज यलको ३१ औँ वार्षिकोत्सव तथा ११ औँ साधारणसभाका अवसरमा आज मङ्गलबजारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेवाः संस्कृतिकै कारण मुलुक सांस्कृतिक रूपमा वैभवशाली बनेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेवार समुदायका खानाका अनेकौँ परिकार, मन्दिरका टुँडाल, काष्ठकला, संस्कृति र सभ्यताका परिचायक...
-
२०८१ भाद्र २८, शुक्रबार
काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर
काठमाडौँ, काठमाडौँ महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव पाँच प्रतिशत रहेको जनाएको छ ।कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।आव २०८०र८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिनुभयो...
-
२०८१ भाद्र २८, शुक्रबार
जिब्रो छेडेर थिमिदेखि पशुपति सम्म परिक्रमा गरिने
बुधबार येँया पुन्हिको दिन मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलबाट जिब्रो छेडेर थिमिदेखि पशुपतिनाथ मन्दिरसम्म परिक्रमा गरिने भएको छ । दिगुटोलस्थित दिगु भैरव मन्दिर अगाडि हजारौँ स्थानीयको उपस्थितिमा ४० किलोको ‘महादीप’ बोकेर मध्यपुरथिमिदेखि पशुपतिनाथ मन्दिरसम्म र त्यहाँबाट पुनः मध्यपुरथिमिसम्मको परिक्रमा हुन लागेको हो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरथिमिको सांस्कृतिक महत्वको...
-
२०८१ भाद्र २८, शुक्रबार
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौँ, स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख ५३ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५६ हजार तीन सय निर्धारण भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु ६५ ले वृद्धि भएको छ ।...
-
२०८१ भाद्र २७, बिहिबार
सार्की समुदायलाई पुख्र्यौली पेसा जोगाउन सास्ती
कञ्चनपुर, कञ्चनपुरको झलारी बजार छेउको सडकमा बसेर फाटेका जुत्ता, चप्पल सिउने, चम्काउने काम गर्दै आउनुभएका ६६ वर्षीय डम्बर सार्कीको दुई दशक बितेको छ । सार्कीेको जुत्ता चप्पल सिउने पुख्र्यौली पेसा भएकाले यही पेसाबाट भएको कमाइले जीविकोपार्जन हुँदै आएको छ । नगर प्रहरीले बस्दै आएको ठाउँबाट हटाउन थालेपछि उहाँलाई पेसा जोगाउन सास्ती हन थालेको हो । नगर प्रहरीले जुत्ता चप्पल सिउने सामग्री जफत गरेर लगेपछि...
-
२०८१ भाद्र २७, बिहिबार
‘साल्ट ट्रेडिङले उपभोग्य वस्तुको आपूर्ति सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउनुपर्छ’
काठमाडौँ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले साल्ट ट्रेडिङ कर्पोरेसनले दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउन सक्नुपर्ने बताउनुभएको छ । कर्पोरेसनको ६२ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले उपभोग्य वस्तुको अभाव हुन नदिएर यसले जनता र सरकारको विश्वासिलो संस्थाका रुपमा आफूलाई उभ्याउन सक्नुपर्नेमा जोड दिनुभयो । “साल्ट...
-
२०८१ भाद्र २६, बुधबार
उत्ताउलो जवानीपछि बबिताको "तिमी नै त हौ ” सार्वजनिक
नेपालको म्युजिक भिडियो क्षेत्रकी चर्चित निर्देशक बबिता श्रेष्ठ मलेकु को निर्देशनमा तयार भएको अहिलेका व्यस्त मोडल सरोज गिरी अभिनित अर्को नयाँ भिडियो ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । काँठे भाकाका लोकप्रिय गायक रामकुमार नेपाली र आशा के.सी.को स्वर रहेको सो गीतका रचनाकार अमृत भारती हुन् । मर्मश्पर्शी गीतको भिडियोमा सरोज गीरी, समिता गीरी, राज गीरी, मुना भूर्तेलको जिवन्त अभिनय रहेको छ । रामकुमार...
-
२०८१ भाद्र २६, बुधबार
नयाँ पुस्तामा संस्कृति भन्ने उद्देश्य सहित बाल दिवस मेला
लभ्ली होमले ललितपुरको आयोजनामा हुने बाल मेला सम्बन्धि जानकारी दिन आयोजित प्रेस सम्मेलनमा लभ्ली होम प्रिस्कूलकी संस्थापक माहेश्वरी अमात्यले ‘हामी फाडर्ज डे, मडर्ज डे धुमधामका साथ मनाउँछौं, त्यहि फाडर्ज डे मडर्ज डेलाई उत्सवको रुप दिने बालबालिकाको बाल दिवस मनाउँछौं त ?’ भन्ने गम्भीर प्रश्न उठाएकि छिन् । ‘बालबालिकाको बाल्यकाललाई उत्सवमय बनाउन सक्यौं भने उनीहरुको भविष्य उज्वल बनाउन टेवा पुग्छ,...
-
२०८१ भाद्र २६, बुधबार
अझै सम्पन्न भएन रुद्रायणी देवी मन्दिर पुनः निर्माण
ललितपुर, २६ भदौ स् ललितपुर महानगरपालिका–२१ खोकना स्थित ऐतिहासिक रुद्रायणी देवीको मन्दिर पुनःनिर्माणको काम अझै सकिएको छैन । विसं २०७२ गोर्खा भूकम्पले क्षति पु¥याएको ऐतिहासिक मन्दिर पुनः निर्माण थालिएको चार वर्षपुरा भएको छ । पछिल्लो समय पुननिर्माणका लागि बजेट अभाव भएको जनाइएको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा स्थानीय रुद्रायाणीदेवी पुनःनिर्माण उपभोक्ता समितिले कामको जिम्मा लिएकोे थियो...
-
२०८१ भाद्र २६, बुधबार
यःसिं हनुमानढोका पु¥याइयो
काठमाडौं । यस वर्षको इन्द्र जात्राको लागि ‘यःसिं’ भोटाहिटी ल्याइपु¥याइएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० स्थित चित्तपोलको सामुदायिक बनबाट यःसिं भोटाहिटी ल्याइएको हो । नेपाल पञ्चांग निर्णायक विकास निर्णायक समितिले दिएको साइत अनुसार गत यंलाथ्व दुतियाको शुभ साइतमा गुरुजु पल्टनका साथ केन्द्रीय मानन्धर संघका पदाधिकारी यःसिं लिन बसन्तपुरबाट प्रस्थान गर्नुभएको थियो । यसपटक यःसिंको...


