-
२०८१ आश्विन ८, मंगलबार
एसईईको पूरक परीक्षाको नतिजा सार्वजनिक, ५६.७८ प्रतिशत उत्तीर्ण
काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्थात १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन्। २०८० मा सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो। परीक्षा नियन्त्रक कार्यालयका अनुसार पूरक परीक्षामा ननग्रेड र...
-
२०८१ आश्विन ७, सोमबार
संविधान संशोधनका लागि राजनीतिक दलबीच छलफलको पहल सुरु भएको छः सभामुख घिमिरे
मोरङ,सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा राजनीतिक दलबीच छलफलको पहल सुरु भइसकेको जानकारी दिनुभयो ।विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले संशोधन कसरी गर्ने, प्रक्रिया के हो, कुन विषयमा र कहिले संशोधन गर्ने भन्ने विषयमा राजनीतिक दलबीच बृहत्तर समझदारीको आवश्यक रहेको बताउनुभयो । त्यसअवसरमा उहाँले सङ्घीयता कार्यान्वयनका लागि कानुन अभाव रहेको पनि बताउनुभयो । सभामुख घिमिरेले...
-
२०८१ आश्विन ७, सोमबार
मानव बेचबिखनको फेरियो शैली, बढ्यो जोखिम
भेषराज बस्नेत / रासस राँझा (बाँके), प्रविधिले धेरै कामलाई निकै सहज बनाए पनि यसको दुरुपयोगले नेपाली महिला र बालबालिका बेचबिखनको उच्च जोखिममा पर्दै आएका छन् । प्रविधिका कारण हिजोआज मानव बेचबिखनमा बिचौलियाको भूमिका कम हुँदै गए पनि महिला दलालको फन्दामा सिधै पर्न थालेका छन् । चेलीबेटी बेचबिखनविरुद्ध सरकारी र गैरसरकारी निकाय सक्रिय भएसँगै दलालले आफ्नो शैली पनि फेरेका छन् । विगतमा भौतिक उपस्थितिमै...
-
२०८१ आश्विन ७, सोमबार
भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीय : राष्ट्रपति पौडेल
काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताउनुभएको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको एक सय ५औँ जन्मजयन्तीमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रकवि घिमिरेको योगदानको चर्चा गर्नुभएको हो । “राष्ट्रकवि घिमिरेका...
-
२०८१ आश्विन ७, सोमबार
अर्ग्यानिक स्वादको खुस्मा हेर्न हलमा पुगे पूर्व उपराष्ट्रपति
गणतान्त्रिक नेपालको संविधान दिवसको दिन पारेर बिहीबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘खुस्मा’ले बक्स अफिसमा राम्रो प्रदर्शन गरिरहेको यसका वितरकले जनाएका छन्। प्राप्त जानकारी अनुसार यो चलचित्रले पहिलो तीन दिनमा करिब साढे दुई करोडको ग्रस कलेक्सन गरेको छ र कलेक्सनबारे रिपोर्ट सार्वजनिक गर्ने तयारी निर्माण पक्षले गरेको छ । सफलताको शिखर चढिरहेको यो चलचित्र अवलोकन गर्न पूर्व उप राष्ट्रपति नन्दबहादुर पुन...
-
२०८१ आश्विन ६, आइतबार
महाकवि सिद्धिदास महाजुको १५७ औं जन्मजयन्ती मनाइयो
‘भाषा रहे जाति रहन्छ’ भन्ने प्रसिद्ध भनाई हामीबिच छोडेर जानुभएका नेपालभाषाका महाकवि सिद्धिदास महाजुको १५७ औं जन्मजयन्ती भव्यताकासाथ मनाइएको छ । काठमाडौंको भोटाहिटीस्थित सिद्धिदास चोकबाट सुरुभएको प्रभातफेरि नगरपरिक्रमा पश्चात स्मृति सभामा परिणत भएको थियो । उक्त सभामा सिद्धिदास स्मृति समाजका अध्यक्ष मल्ल के सुन्दर, बागमती प्रदेश सभाषद् पूर्वमन्त्री शैलेन्द्रमान बज्राचार्य, भाषा आयोगका सदस्य...
-
२०८१ आश्विन ६, आइतबार
चन्द्रागिरिका आठ वडा ‘बालश्रममुक्त वडा’ घोषणा
काठमाडौँ - चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ । नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडानं ३ थानकोट, वडा नं ५ किसिपिडि, वडा नं ६ महादेवस्थान...
-
२०८१ आश्विन ६, आइतबार
पोखरामा रोकिएन डेंगु सङ्क्रमण
कास्की - कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण ६ गुणाले बढेको छ । भदौ पहिलो साता डेङ्गी सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकोमा महिनादिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो । महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने...
-
२०८१ आश्विन ६, आइतबार
मुक्तिनाथमा दर्शनार्थीको घुइँचो
मुस्ताङ - प्रसिद्ध तीर्थस्थल मुक्तिनाथमा केही दिनयता चहलपहल बढ्दै गएको छ । विशेषतः प्रत्येक वर्षको पितृ पक्ष (सोह्र श्राद्ध)का समयमा नेपालका विभिन्न स्थानका साथै भारतबाट यहाँ दर्शनार्थी आउने गर्दछन् । यस वर्ष सोह्र श्राद्ध सुरु भएयता मुक्तिनाथमा आउने दर्शनार्थीको संख्यामा बृद्धि भएको मन्दिरका पूजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । “सोह्र श्राद्ध सुरु भए यता देशका विभिन्न स्थानबाट आउने...
-
२०८१ आश्विन ६, आइतबार
तिलिचो ताल पुग्न नयाँ पदमार्ग
म्याग्दी - मनाङको तिलिचो ताल जोड्ने नयाँ पदमार्ग सञ्चालनमा आएको छ । समुन्द्रि सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलिचो संसारको सबैभन्दा अग्लो स्थानको ताल हो । मुस्ताङको सदरमुकाम जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो तालमा पर्यटक जान थालेका हुन् । यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा थियो । मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले...
-
२०८१ आश्विन ६, आइतबार
घटस्थापना अगाडि सडक मर्मत गरिसक्न निर्देशन
काठमाडौँ - दसैँ, तिहार र छठ पर्वमा यात्रुलाई सहज रुपमा गन्तव्यस्थलसम्म पुग्नका लागि सडक विभाग अन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधि सहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात...
-
२०८१ आश्विन ६, आइतबार
भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणको तयारी
काठमाडौं- भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन छलफल भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा अत्याधुनिक र सुविधासम्पन्न वीर अस्पताल निर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार पार्ने तथा परामर्शदाताका लागि अन्तर्राष्ट्रिय रुपमा प्रस्ताव आह्वान गर्ने सहमति भएको हो। परामर्शदाताले नेपालको...


