-
२०८१ भाद्र २६, बुधबार
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठद्वारा ‘छंगु ल्युल्यु’ सार्वजनिक
काठमाडौं । गायक अमर चित्रकार र सरिता महर्जनको नेपालभाषाको गीत ‘छंगु ल्युल्यु’ सार्वजनिक भएको छ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रमुख अतिथिको हैसियतमा सार्वजनिक गर्नुभएको गीतको संगीतकार र संगीत संयोजक भुपेन्द्र बज्राचार्य हुनुहुन्छ भने गीतको लेखन अमर चित्रकारले गर्नुभएको हो । ज्योति रेकडस्मा रेकर्डिङ्ग गरिएको उक्त गीतको प्रचारात्मक कार्यक्रममा प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठलाई गायिका सरिता...
-
२०८१ भाद्र २६, बुधबार
कीर्तिपुर नगरपालिका ढल्पा क्षेत्रमा सरसफाई अभियान
विश्व सुसमाचार समाज परमेश्वरकोमण्डलीद्वारा कीर्तिपुर नगरपालिका ढल्पा क्षेत्रमा सरसफाई अभियान सम्पन्न भयो। परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले मिति २०८१ भाद्र २५ गते परमेश्वरको मण्डली कीर्तिपुर आसपासका क्षेत्रहरू ढल्पादेखि राराहिल स्कूलसम्म कीर्तिपुर मण्डलीका करिब १२० जना सदस्यहरूको सहभागितामा सरसफाई अभियान सम्पन्न गरेको थियो । सरसफाई अभियानबाट निस्केका फोहोर मैला किर्तिपु नगरपालिकाले...
-
२०८१ भाद्र २४, सोमबार
नेवाः सांस्कृतिक ज्ञानकोष प्रकाशन
नेपालभाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले नेवाः सांस्कृतिक ज्ञानकोष नेवाः समुदायको आत्मा भएको बताउनुभएको छ । उहाँले ज्ञानकोष विमोचनको क्रममा बोल्दै उक्त कुरा बताउनुभएको हो । काठमाडौं महानगरपालिकाको सहयोगमा नेपालभाषा एकेडेमीले प्रकाशन गरेको यस ज्ञानकोषको विमोचन कार्यक्रम वरिष्ठ साहित्यकार, मूर्तिकार, संगीतकर्मी एवम् संस्कृतिविद्को तर्फबाट संयुक्त रुपमा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो...
-
२०८१ भाद्र २३, आइतबार
साहित्यकार अपर्णा प्रधानको नयाँ पुस्तक विमोचन
साहित्यिक क्षेत्रमा समालोचक तथा लेखक को रुपमा परिचित अपर्णा प्रधानका तीन वटा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । नेपालभाषाको लघुकथा संकलन ‘खुसि अःखतं न्ह्याइ’, निबन्ध संकलन ‘सुकुन्दा’ तथा समालोचना संकलन ‘नेपालभाषाया बाखं विधाय् बाखंमि यज्ञरत्न धाख्वाः’ नामक पुस्तक विमोचन गरिएको हो । काठमाडौंको टेकुमा विमोचन भएको पुस्तक समेत गरेर प्रधानले नेपालभाषा, नेपाली र अंग्रेजी भाषामा रचना...
-
२०८१ भाद्र २३, आइतबार
गायक अमर चित्रकार र सरीता महर्जनको रोचक युगल गीतको भिडियो सार्वजनिक
नेपालभाषाको गीत संगीत क्षेत्रका लोकप्रिय गायक अमर चित्रकार र नवोदित गायिका सरीता महर्जनको युगल स्वर रहेको नेपालभाषाको गीत “छंगु ल्यूल्यू”( तिम्रो पछी पछी ) एक समारोहका बीच सार्वजनिक गरिएको छ । हास्य अभिनयकोलागि ख्याति प्राप्त वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त समारोहमा सार्वजनिक गरिएको उक्त गीतका संगीतकार एवं संगीत संयोजक भूपेन्द्र बज्राचार्य तथा रेकर्डिष्ट फिरोज...
-
२०८१ भाद्र २३, आइतबार
मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्छ : पर्यटनमन्त्री पाण्डे
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मातृभाषालाई प्रदेश र स्थानीय तहले कामकाजको भाषा बनाउनुपर्ने बताउनुभएको छ । भाषा आयोगको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भाषाको प्रवर्द्धनका निम्ति कामकाजी भाषाको प्रयोग बढाइनुपर्ने बताउनुभयो । मन्त्री पाण्डेले नेपालमा हाल भाषाको सङ्ख्या एक सय ३१ वटा पुगेको र यो सङ्ख्या अझै थपिँदै जाने उल्लेख...
-
२०८१ भाद्र २३, आइतबार
चेक अनादर मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय
काठमाडौँ, प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन प्रस्ताव र दफावार छलफलपछि चेक अनादर (चेक बाउन्स) सम्बन्धी मुद्दामा तीन महिनादेखि दुई वर्षसम्मको कैद सजाय हुने व्यवस्था विधेयकमा राखेको छ । अर्थ समितिको आजको छलफलका क्रममा समितिका सभापति सन्तोष चालिसेले चेक बाउन्सका मुद्दामा रु १५ लाखसम्मको बिगो भए एक महिना कैद,...
-
२०८१ भाद्र २२, शनिबार
‘विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध’को नेपाली संस्करण प्रकाशित
बौद्ध धर्ममा पञ्जबुद्धलाई निकै महत्व दिएर पुजाआजा गर्ने र ज्ञानगुनका कुरा सिक्ने गरिन्छ । यस्तै पञ्चबुद्धको विशेषता र महत्वलाई लिएर वौद्ध विदुषी सुमति बज्राचार्यले लेख्नुभएको ‘विशुद्ध पञ्चस्कन्ध नै पञ्चबुद्ध’ नामक नेपाली संस्करण पुस्तकको एक समारोहकाबिच भर्खरै विमोचन कार्यक्रम सम्पन्न भएको छ । पुस्तक विमोचन कार्यक्रमा बौद्ध पुस्तकका लेखक विदुषी सुमति गुरुमाले पुस्तकको महत्व र विशेषतालाई लिएर...
-
२०८१ भाद्र २२, शनिबार
टोखा नरपालिकाले तयार पार्यो नेपालभाषाको आफ्नै पाठ्यपुस्तक
काठमाडौं - काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने सांस्कृतिक एवम् ऐतिहासिक नगर टोखामा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो टोखा देश’ तयार भएको छ । टोखा नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित भएर स्थानीय नेपालभाषामा उक्त पुस्तक तयार गरेको हो । बाल विकासदेखि ३ कक्षासम्मको लागि तयार गरिएको उक्त पाठ्यपुस्तक गत हप्ता टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको तर्फबाट आयोजित कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख...
-
२०८१ भाद्र २१, शुक्रबार
डान्सिङ क्वीन आराध्यालक्ष्मी खड्गीको निर्देशनमा “सरर बग्यो हावा...” म्यूजिक भिडियो शनिबार सिटी सेन्टरबाट रिलिज हुने
डान्सिङ क्वीन कलाकार निर्देशक कोरियोग्राफर आराध्यालक्ष्मी खड्गीको निर्देशन, कोरियोग्राफी एवं स्क्रीप्टमा नेपाली भाषाको म्यूजिक भिडियो “सरर बग्यो हावा...” भाद्र २२ गते शनिबार रिलिज हुने भएको छ । हालका चर्चित सोहन मानन्धरको सिनेमाटोग्राफी, सम्पादनमा रिलिज हुने यस म्यूजिक भिडियोमा डा. सरीशा श्रेष्ठ र चर्चित ¥यापर निर्णय श्रेष्ठ एनएसकेको अभिनय रहेको छ भने सहायक भूमिकामा बबिता पाण्डे, झरना रेग्मी,...
-
२०८१ भाद्र २१, शुक्रबार
आज तीज पर्व मनाइँदै
काठमाडौं— भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला शुक्रबार उमामहेश्वरको व्रत तथा पूजाआराधना गरी मनाउँदैछन्। पञ्चाङ्गमा आज १५ घडी ५७ पला अर्थात् मध्यान्ह १२ बजेर ८ मिनेटसम्म तृतीया तिथि रहने र त्यसपछि चतुर्थी (चौथी) लाग्ने उल्लेख छ। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले...
-
२०८१ भाद्र २१, शुक्रबार
ओ ! सासुजी नामक प्रिमियम सिरिज भाद्र २१ गते शुक्रबारबाट आउने
हिन्दु महिलाहरुको महान पर्व तिजको पावन अवसरमा सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज "ओ सासुजी” अब टेलिभिजनमा प्रसारण हुने भएको छ । सो सिरिज भाद्र २१ गते शुक्रबारदेखि न्यूज नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको हो । ओ ! सासुजी सिरिज टेलिभिजनमा साँझ ७ः१५ बजेदेखि र ओएसआर डिजिटलको युट्युव च्यानलबाट राति ८ः१५ बजे प्रसारण हुने कुरा निर्देशक समिर जोशीले जानकारी दिनुभयो । बिनभ क्रियसनको प्रस्तुति...


