-
२०८१ आश्विन ६, आइतबार
प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट
न्युयोर्क (अमेरिका)- प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो । भेटवार्तमा के कुराकानी भयो भन्ने खुलाइएको छैन । शनिबार न्यूयोर्क...
-
२०८१ आश्विन ६, आइतबार
दसैँसम्म पानी पर्ने मौसम विभागको पूर्वानुमान
काठमाडौं- यस वर्ष हिले दसैँ हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दसैँसम्म पनि पानी पर्ने पूर्वानुमान छ। जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले भनिन्, ‘दसैँसम्म मनसुन रहनसक्ने सम्भावना छ। त्यो भनेको वर्षा हुन सक्छ भनेको हो।’ सन् २०२२ मा पनि दसैँको टीकाको दिन देशका अधिकांश भागमा वर्षा भएको थियो। यस वर्षको मनसुन सरदर मिति...
-
२०८१ आश्विन ६, आइतबार
दुर्गा प्रसाईं पक्राउ
काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई साइबर ब्यूरो प्रहरीले पक्राउ गरेको हो । प्रसाईंविरुद्ध केही व्यक्तिको चरित्र हत्या आरोपमा साइबार ब्यूरोमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी समेत जारी भइसकेको थियो । उनले विभिन्न सार्वजनिक कार्यक्रममा केही व्यक्तिलाई लक्षित गर्दै चरित्रहत्या गर्ने अभिव्यक्ति दिँदै आएका थिए । रास्वपा...
-
२०८१ आश्विन ६, आइतबार
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित
म्याग्दी, ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन् । शरद् यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ । उजाड खैरो र रातो रङका पहाडमा चित्रकारले कोरेर बनाएका जस्ता देखिने कलाकृति । प्राचीनकालीन मानव सभ्यताको झल्को दिने पहाडभित्र रहेका गुफाहरु । जता फर्किए पनि पृष्ठभूमिमा देखिने...
-
२०८१ आश्विन ६, आइतबार
कोरियन भाषा पढाइले विद्यार्थी उत्साहित
घोराही (दाङ), घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ माध्यमिक विद्यालयले चालु शैक्षिक सत्रदेखि कक्षा ११ मा व्यवस्थापनतर्फ कोरियन भाषा विषय पढाउन सुरु गरेको छ । विद्यालयमै कोरियन भाषा पढ्न पाउँदा विद्यार्थी पनि खुसी भएका छन् । कक्षा ११ मा अध्ययनरत घोराही–१० नारायणपुरकी छात्रा आशा केसीले घर नजिकैको विद्यालयमा शैक्षिक कार्यक्रममै कोरियन भाषा विषय पढ्न पाउँदा उत्साहित भएको...
-
२०८१ आश्विन ६, आइतबार
रेष्टुराँमा परिकार बनिरहेको अरिङ्गाल किन जोगाउनुपर्छ ?
राम थापा/रासस गण्डकी, गाउँघरतिर अरिङ्गाल शिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेला–बेला सार्वजनिक भइरहन्छन् । ज्यानकै बाजी लगाएर अहिले पनि अरिङ्गालको शिकार गरिन्छ । अरिङ्गालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा यसको शिकारमा मानिसहरु लालयित हुन्छन् । पछिल्लो समय होटल र रेष्टुराँमासमेत अरिङ्गालका परिकार पाइन थालेका छन् । कतिपयलाई...
-
२०८१ आश्विन ६, आइतबार
आदिवासी ज्ञानले बाढीसम्बन्धी पूर्वसूचना दिन सकिन्छः पर्यटनमन्त्री पाण्डे
काठमाडौँ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जलवायु परिवर्तनका कारण बाढी, डढेलो, खडेरी तथा समुन्द्र सतह वृद्धिजस्ता प्राकृतिक प्रकोप बढिरहेका बेला भौतिक तथा अभौतिक सांस्कृतिक सम्पदाले तिनको सामना गर्न शक्ति, एकता र सहनशीलता प्रदान गर्ने गरेको बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको संस्कृति विभाग, युनेस्को, एशिया प्रशान्त क्षेत्रको उच्च शिक्षा सञ्जाललगायतका संस्थाले आज...
-
२०८१ आश्विन ५, शनिबार
सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्न सहयोग गरौँ’
काठमाडौँ, विभिन्न राजनीतिक दलका नेताहरूले सहकारी ठगी प्रकरणका दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा नेताहरूले सहकारी प्रकरणमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका हुन् । संसदीय विशेष छानबिन समितिले कारबाहीका लागि सिफारिस गरेअनुसारका व्यक्तिलाई जोगाउनेभन्दा पनि कारबाहीका लागि सहयोग गर्नुपर्ने उहाँहरूको भनाइ छ । नेपाली कांग्रेसका नेता तथा...
-
२०८१ आश्विन ५, शनिबार
सुशासनको पक्षमा लाग्दा सरकारबाट हटाइयो ः अध्यक्ष दाहाल
काठमाडौँ, ५ असोज स् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका व्यक्तिहरूले गलत कदम चाल्दा वर्तमान सरकार सुरुआतमै असफल भएको टिप्पणी गर्नुभएको छ । माओवादी केन्द्र चितवन–काठमाडौँ सम्पर्क समन्वय समितिको आठौँ भेलालाई आज काठमाडौँमा सम्बोधन गर्दै उहाँले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र उपसभामुखलाई हटाउन खोज्नेलगायत गलत कदमका कारण सरकार सुरुआतकै चरणमा असफल...
-
२०८१ आश्विन ५, शनिबार
हाँडिगाउँ क्षेत्रको संरक्षणमा तीनै तहका सरकारले ध्यान दिन जरुरी छ’
काठमाडौँ, संस्कृतिविद् जगमान गुरुङले हाँडिगाउँँ क्षेत्रको संरक्षण तथा अनुसन्धानमा ध्यान पु¥याउन तीन तहकै सरकारले ध्यान दिन जरुरी रहेको बताउनुभएको छ । काठमाडौँ महानगरपालिका–५ हाँडिगाउँमा कैलाशकूट सामाजिक अभियानको साधारणसभाको आज उद्घाटन गर्नुहुँदै उहाँले लिच्छविकालका तीनवटा प्रमुख दरबार मानगृह, भद्रादिवास र कैलाशकूटमध्ये हाँडिगाउँस्थित कैलाशकूटको महत्व अझ धेरै रहेको बताउनुभयो । संस्कृतिविद्...
-
२०८१ आश्विन ५, शनिबार
बाह्र चलचित्रकर्मिलाई सांस्कृतिक रूपान्तरण पुरस्कार प्रदान
नेपालमा गणतान्त्रिक संविधान जारी भएको अवसरमा शुक्रवार नेपाल सरकार चलचित्र विकास बोर्डले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमूख अातिथ्यतामा एक कार्यक्रम आयोजना गर्दै मुलुकको सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिएका विभिन्न बाह्र जना विशिष्ट चलचित्रकर्मीहरुलाई चलचित्रको माध्यमबाट समाजमा सांस्कृतिक रूपान्तरण मा महत्वपूर्ण भुमिका खेलेको ठहर गरी जनही नगद पच्चीस हजार रुपिंया...
-
२०८१ आश्विन ४, शुक्रबार
गोर्खा मिडियाका सञ्चालकहरूले सहकारीको रकम अपचलन गरेको पुष्टि
काठमाडौं- सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिले गोर्खा मिडियाका सञ्चालकहरूले सहकारी संस्थाहरूको रकम अपचलन गरेको पुष्टि गरेको छ। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा खर्चको विश्लेषण गर्दा कम्पनीलाई घाटा हुँदाहुँदै सञ्चालकहरूले अत्यधिक रूपमा लगेको तलब रहेको उल्लेख छ। गोर्खा मिडिया नेटवर्क प्रालि असफल हुनुको प्रमुख कारण ठूलो लगानी, अत्यधिक खर्च तर न्यून आय रहेको...


