STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ आश्विन ४, शुक्रबार

    आमा–छोरा हत्या प्रकरणमा अभियुक्त पक्राउ

    उदयपुर- उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा छोराको हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई सार्वजनिक गरेको छ।  वडा कार्यालय नजिकै किराना पसल गरी बस्ने ३८ वर्षीया आमा निर्मला थापा र  उनका छ वर्षीया छोरा आरुस थापाको  हत्या गरेको अभियोगमा सोरुङ्गछविसेकै ३२ वर्षीय ताराबहादुर थापामगरलाई प्रहरीले सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन...

  • २०८१ आश्विन ४, शुक्रबार

    समाचार समितिले छिट्टै नेपालभाषा र मैथिली भाषामा समाचार सेवा दिने

    राष्ट्रिय समाचार समिति (रासस) ले अब छिट्टै नेपालभाषा र मैथिली भाषामा समाचार सेवा दिने भएको छ । नेपालभाषामा समाचार सेवा संचालन गर्नको निम्ति हिजो राससले आफ्नो कार्यालयमा नेपालभाषाका अगुवा पत्रकारहरूसँग एक छलफल कार्यक्रमको आयोजना ग¥यो । छलफल कार्यक्रममा बोल्दै राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राज्यको समावेशीताको नीतिलाई अवलम्वन गर्ने बताउनुभयो । उहाँले राससको तर्फबाट विभिन्न भाषामा समाचार...

  • २०८१ आश्विन ४, शुक्रबार

    नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः अध्यक्ष दाहाल

    काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानको ज्ञापनपत्र बुझ्दै उहाँले टकरावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट नेपाललाई जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न शान्ति क्षेत्रको प्रस्ताव अघि बढाउने बेला आएको छ भन्नुभयो ।अध्यक्ष दाहालले अब शान्ति...

  • २०८१ आश्विन ४, शुक्रबार

    अनेमसङ्घ (क्रान्तिकारी) गण्डकीमा शाही निर्वाचित

    कास्की,,अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।पोखरामा आज राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा लीला विक ९गोरखा०, फूलमाया पुन ९बागलुङ० र शोभा क्षत्री ९पर्वत० निर्वाचित हुनुभयो । सचिवमा निर्मला सुवेदी ‘क्रान्ति’ (कास्की) र...

  • २०८१ आश्विन ४, शुक्रबार

    सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि

    काठमाडौँ, लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा  रु एक हजार पाँच सयले वृद्धि भएको छ ।बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल्य आज तोलामा रु ३५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार आठ सय ८० मा कारोबार भएको चाँदी...

  • २०८१ आश्विन ४, शुक्रबार

    समावेशी संविधानले ल्याएको परिवर्तन

    मधु शाही काठमाडौँ, हरेक वर्ष संविधान दिवस मनाइरहँदा संविधानसभा सदस्य कमला विश्वकर्मालाई दही र चिउरा चपाएर रातभरि संविधान लेखेको क्षण याद आउँछ । संविधान दिवसले दिएको खुसी उनको लागि सधैँ ताजा छ । “थुप्रै रात जागेर ल्याएको संविधान हो”, उहाँ सम्झनुहुन्छ, “अब राज्यको पिँधमा बस्न बाध्यहरुलाई माथि उठाउने संविधान ल्याएको भनेर हर्षले भावुक बनाएको थियो ।” समावेशी चरित्र स्थापित गर्नको लागि महिला, दलित,...

  • २०८१ आश्विन २, बुधबार

    कसरी मनाइन्छ भक्तपुरमा इन्द्रजात्रा

    भक्तपुर - भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ । जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रूपमा १५–१६ फिट अग्ला लिङ्गोहरू ठडाएर जात्रा सुरु गरिएको हो ।  प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशीको दिन स्थानीयवासीले यसलाई यम्बद्यः अर्थात् इन्द्र देवता उठाइएको भन्ने मान्यता रहेको इतिहासविद् एवं संस्कृतिविद् प्राडा...

  • २०८१ आश्विन २, बुधबार

    भक्तपुरमा इन्द्ररथलाई पुर्‍याइयो इन्द्र दह

    भक्तपुर - इन्द्रजात्राको दिन मंगलबार साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराइ दीपावली गरिएको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित इन्द्रायणी देवताको मूर्तिलाई खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ बाजागाजासहित धुमधामसँग इन्द्र दह अर्थात सिद्धपोखरीमा पुर्‍याई साँझबाट मेला सुरु भएको हो । भाद्र शुक्ल...

  • २०८१ आश्विन २, बुधबार

    इन्द्रजात्रा भव्य रुपमा मनाइयो

    काठमाडौं - मंगलबार देशभर इन्द्रजात्रा मनाइँदै छ । खासगरी काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा भव्यरूपमा यो जात्रा मनाइन्छ ।  काठमाडौंको वसन्तपुरमा इन्द्रजात्राको अवसरमा विशेष कार्यक्रम आयोजना हुन्छ । राष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायत उच्चपदस्थहरूलाई इन्द्रजात्रामा सहभागी हुन निम्तो गरिन्छ ।  इन्द्रजात्रामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार दिउँसो सवा २ बजे...

  • २०८१ आश्विन १, मंगलबार

    दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी

    काठमाडौं- भारतको दिल्ली राज्यको नयाँ मुख्यमन्त्री आतिशी बन्ने भएकी छिन्। मुख्यमन्त्री अरविन्द केजरीवालको राजीनामापछि आतिशी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन्। आम आदमी पार्टीको मंगलबार बसेको विधायक दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। आम आदमी पार्टीका सांसद गोपाल रायले विधायक दलको बैठकले सर्वसम्मत रूपमा आतिशीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको बताए। मुख्यमन्त्री केजरीवाल...

  • २०८१ आश्विन १, मंगलबार

    राजेन्द्र महतोद्वारा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा

    काठमाडौं— राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मङ्गलबार विधिवत रुपमा पार्टी घोषणा गरेका छन्। राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन्। पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ। महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ।  लोसपा नेपालबाट अलग भएर महतोले गत...

  • २०८१ आश्विन १, मंगलबार

    बसन्तपुरबाट बालेन 'टिसर्ट' लगाएका समर्थक पक्राउ

    काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको फोटो अङ्कित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ। उनीहरूलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरूकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए। ‘...

Pages