STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ २४, मंगलबार

    प्रहरी द्धारा हवाई फायर गर्दा एक प्रदर्शकारीको टाउकोमा गोली लागि मृत्यु

    सर्लाहीमा प्रहरी द्धारा हवाय फायर गर्दा एक प्रदर्शकारीको टाउकोमा गोली लागि मृत्यु सर्लाही इश्वरपुरम ढुंगागिटी उत्खनन गर्दा बनेको खाल्डोम परि डुबेर अमितकुमार साहको मृत्यु भयो । त्यसैको विरोधमा भएको पर्दशनका क्रममा प्रहरीको गोली लागेर सरोजनारायण यादवको पनि मृत्यु भएको छ । प्रर्दशनको क्रममा प्रहरी द्धारा हवाइ फायरीङ गर्दा यादवको मृत्य भएको हो भन्ने प्रहरीको दावी छ । यस विषयबारे मंगलबार काग्रस र...

  • २०७६ आषाढ २४, मंगलबार

    चाम्बासदेखि शिखर कटेरी मार्ग स्तरोन्नति

    नगर गौरव कार्यक्रमअन्तर्गत तनहुँको भानु नगरपालिकास्थित चाम्बासदेखि भानुभक्त आचार्यको जन्मस्थल शिखर कटेरीसम्मको सडक मार्ग स्तरोन्नति भइरहेको छ । उक्त मार्ग डुम्रे–बेँसीशहर खण्डमा रहेको वडा नं–३ स्थित चाम्बासदेखि वडा नं ४ स्थित आदिकवि भानुभक्त आचार्यको जन्मघर शिखर कटेरीसम्म जोडिएको छ । वर्षायाममा हिलोका कारण सवारीसाधन सञ्चालनमा समस्या हुने भएकाले नगर गौरव कार्यक्रमअन्तर्गत सडकको स्तरोन्नति...

  • २०७६ आषाढ २४, मंगलबार

    भानु जयन्तीमा बिदा

    भानु नगरपालिकाले राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती असार २९ गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । भानुप्रति सम्मानका लागि नगरपालिकाभित्र पर्ने सामुदायिक विद्यालय तथा सबै सरकारी कार्यालयमा बिदा दिने निर्णय भएको नगर प्रमुख उदयराज गौलीले जानकारी दिनुभयो ।

  • २०७६ आषाढ २४, मंगलबार

    भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय

    अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै सजाय स्वरुप कारागार चलान गर्नु पर्ने फैसला गरेको हो । उत्तरी अफ्रिकी मुलुक अल्जेरियामा भ्रष्टाचार विरुद्ध देशव्यापी र व्यापक आन्दोलनहरू भइरहेका बेला अदालतले यस्तो फैसला गरेको स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् । मन्त्री...

  • २०७६ आषाढ २४, मंगलबार

    एसीसी अन्डर १९ इस्र्टन रिजन २०१९ मा नेपालको जित

    एसीसी अन्डर १९ इस्र्टन रिजन २०१९ को उपाधि नेपालले जितेको छ । यस सगैं नेपाल युवा एशिया कपको लागि छनोट भएको छ । जहाँ नेपालले भारत, पाकिस्तान , श्रीलंका, बांग्लादेश र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । आजको फाइनल खेलमा हङकङ पहिलो ब्याटिङ गर्दै नेपालाइ ९६ रनको लक्ष्य दिएको थियो । नेपालले लक्ष्य पक्ष्याउदै १६.१ ओभरमा ४ विकेट क्षतिमा जितेको हो । नेपालका लागि ओपनर ब्याटसम्यान पवन सर्राफले विस्फोटक...

  • २०७६ आषाढ २४, मंगलबार

    सत्ताइसलाई छात्रवृत्ति

    रुकुमपूर्वका गरीब तथा जेहेन्दार २७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । पुथा उत्तरगङ्गा गाउँपालिका–१ स्थित पुथा हिमालय माविका गरीब तथा जेहेन्दार २७ छात्रछात्रालाई पोखरास्थित कर्म फ्लाइट्स फाउन्डेशनले वर्ष दिनसम्म पुग्ने गरी नगद, शैक्षिक सामग्री र सरसफाइका सामग्री प्रदान गरेको हो । गरीब र जेहेन्दार विद्यार्थीको पढाइमा निरन्तरता र गुणस्तरीय बनाउन छात्रावृत्तिस्वरुप ती सामग्री प्रदान गरिएको...

  • २०७६ आषाढ २४, मंगलबार

    प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

    प्रधानमन्त्री कपी शर्म ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उहाँलाई सो परिचयपत्र हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरियो । नेपाल सरकारको चालू आर्थिक...

  • २०७६ आषाढ २४, मंगलबार

    पन्ध्र हजार बिरुवा वितरण गरिने

    दाङको तुलसपुर उपमहानगरपालिकाले यस वर्ष पन्ध्र हजार बिरुवा वितरण गर्ने भएको छ । उपमहानगरपालिकाको कृषि महाशाखाले यस वर्ष विभिन्न प्रजातिका १५ हजार बिरुवा किसानलाई वितरण गर्ने भएको हो । किसानहरुले गरेको मागका आधारमा बिरुवा खरीद गर्न लागिएको महाशाखाका कृषि अधिकृत कुलराज दहितले बताउनुभयो । “हामीले किसानको मागअनुसार बिरुवा खरीद गरेर बिक्री गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो । दहितका अनुसार यस...

  • २०७६ आषाढ २४, मंगलबार

    विश्वकपको एशिया छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ

    सिङ्गापुरमा आयोजना हुने आइसीसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल खेल्ने जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । कप्तान पारस खड्काको कप्तानीमा रहेको १४ सदस्यीय नेपाली टोलीलाई सफलताको शुभकामना दिर्दै आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् राखेप का नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले बिदाइ गर्नुभयो । नेपाली टोली आज दिउँसो १ बजे मलेसिया प्रस्थान गर्दैछ । सिङ्गापुरमा आयोजना हुने...

  • २०७६ आषाढ २४, मंगलबार

    बच्चालाई कुपोषण भयो चिन्ता नलिनुस्

    ‘कुपोषण’ लाई विपन्न परिवारका बच्चामा देखिने स्वास्थ्य समस्याका रूपमा लिने गरिन्छ तर, यहाँ ‘खातापिता’ परिवारकै बालबालिकामा यो समस्या देखिएको छ । पोषणविद्का अनुसार सन्तुलन मिलाएर खानेकुरा खुवाउन नजान्दा बालबालिकामा कुपोषणले सताउँछ । जैमिनी नगरपालिका–८ छिस्तीका छ महीने शिशु सङ्गम शर्मालाई शुरुमा ज्वरो आयो । आमा कुमारीले गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्न लैजानुभयो । औषधिले ज्वरो निको भएन । शिशु...

  • २०७६ आषाढ २४, मंगलबार

    पाँच हजार छ सय सवारी साधन कारवाहीमा

    ट्राफिक नियम पालना गराई सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्लाका सुरक्षा निकायले गरेका प्रयास सार्थक बन्दै गएको छ । सवारी नियमबारे समय समयमा विद्यालयस्तरदेखि सडकसम्म गरिएका चेतनामूलक प्रशिक्षणका साथै भित्तामा टाँसिएका र वितरण गरिएका सन्देशमूलक सामग्रीले सवारी नियमसम्बन्धी ज्ञान बढ्दै गएका कारण पछिल्लो समय ट्राफिक व्यवस्थापनमा सुधार आएको उक्त कार्यालयले जनाएको छ । सवारी नियम उल्लङ्घन गर्ने सवारी...

  • २०७६ आषाढ २४, मंगलबार

    सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

    पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रुपमा समेत छलफल नभएको जनाएको छ । आगामी केही वर्ष सगरमाथा आरोहण गर्न रोक्ने वा प्रतिबन्ध लगाउने सम्बन्धमा...

Pages