STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ २४, मंगलबार

    कम वर्षा कम रोपाइँ

    असार महीना बित्न लाग्दा भोजपुरमा ५८ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र जनाएको छ । यस वर्ष कम वर्षा भएको कारण जिल्लाको कूल धान फल्ने १८ हजार २०० हेक्टर क्षेत्रफलमध्ये हालसम्म ५८ प्रतिशत रोपाइँ सकिएको कार्यालयको भनाइ छ । धानखेती हुने क्षेत्रमध्ये ६० प्रतिशत हेक्टरमा आकाशे पानीको भर पर्नुपर्ने किसानको बाध्यता छ भने ४० प्रतिशतमा मात्र सिँचाइ सुविधा पुगेको कृषि प्राविधिक युगमणि भट्टराईले...

  • २०७६ आषाढ २४, मंगलबार

    सदरमुकाममै छाउगोठ

    सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको सदरमुकाम बजारमै छाउपडी गोठ ९महीनावारी भएको बेलामा सुत्ने ठाउँ० भेटिएको छ । बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौँ घरमा छाउपडी गोठ भेटिएका हुन् । विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने यो टोलमा उनीहरुले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएका छन् । धेरैजसो उपल्लो समुदायका महिलाहरूले महीनावारी भएका बेला...

  • २०७६ आषाढ २४, मंगलबार

    अण्डाको मूल्य बढ्यो, लागत मूल्य अझै पुगेन

    कुखुराको अण्डाको मूल्यमा सुधार आएको छ । लागत मूल्य भने कृषकले अझै पाउन सकेका छैनन् । प्रतिक्रेट रु २०० मा बिक्री हुँदै आएको ठूलो अण्डाको मूल्य रु २८० पुगेको छ । सानो अण्डाको मूल्य रु ११५ बाट बढेर रु २३० पुगेको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा रु १० पर्दछ । बढेको बिक्रीमूल्य समग्रमा प्रतिगोटा आठ रुपैयाँ ५० पैसा पर्दछ । हाल दैनिक...

  • २०७६ आषाढ २४, मंगलबार

    बेनी–जोमसोम–कोरला सडकको बेलिब्रिज भत्कने अवस्थामा

    बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ । आइतबार राति रघुगङ्गा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थालेपछि पक्की पुल भत्कने अवस्थामा पुगेको हो । नदीको बहाव परिवर्तन भएपछि गलेश्वर बजारको केही भागसमेत खतरामा परेको छ । निर्माणाधीन कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुल जोखिमयुक्त छन् । यो...

  • २०७६ आषाढ २४, मंगलबार

    जो विदेशी भूमिमा अस्ताए

    भविलाल घर्ती अब कहिल्यै घर फर्कनुहुने छैन, न फर्कनुहुनेछ ताराबहादुर विक । अङ्ग्रेजी महीना जुलाईको पहिलो सप्ताहन्तसँगै दुवै भौतिकरूपमा अस्ताए । घर्ती जापानमा, विक कुवेतमा । विकको शुक्रबार राति र घर्तीको शनिबार राति दुःखद् निधन भयो । एक दिनको अन्तरमा बागलुङले दुई युवालाई विदेशमा गुमायो । यतिबेला गलकोट नगरपालिका–११ रिघा र वडा नं २ दुदिलाभाटीमा रहेका परिवार तथा आफन्तजन शोकमा छन् । घर्तीको घर...

  • २०७६ आषाढ २४, मंगलबार

    टेलिकमको तार चोरी गर्ने तीन पक्राउ

    नेपाल प्रहरीले नेपाल टेलिकमको केबुल तार चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नेपाल टेलिकम हात्तीगौँडा शाखाबाट नुवाकोटका २३ वर्षीय दिवस प्याकुरेल, भारतका १९ वर्षीय सायवकुमार शाह र १९ वर्षीय साहसीकुमार सहनीलाई सोमबार पक्राउ गरेको हो । वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले नेपाल टेलिकम हात्तीगौँडा शाखाका गेटपाले प्याकुरेलको...

  • २०७६ आषाढ २४, मंगलबार

    ‘गुणरत्न माला’ पुनःप्रकाशन गर्न साहित्यकारको माग

    बालकदेखि वृद्धसम्मका लागि उपदेशमूलक ग्रन्थ ‘गुणरत्न माला’लाई व्याख्यासहित पुनःप्रकाशन गरिनुपर्नेमा जोड दिइएको छ । कवि जगन्नाथ गुरागाईँ साहित्य प्रतिष्ठानले सोमबार यहाँ आयोजना गरेको काव्यसभाका वक्ता साहित्यकारहरुले करीब १०० वर्षअघि प्रकाशन भएको गुणरत्न मालालाई पुनः प्रकाशन गरे समाजलाई फेरि सच्चरित्रमा फर्काउन सकिने बताउनुभयो । साहित्यकार रमेशप्रसाद खकुरेलले समाजको घाउ निचोर्न सक्ने स्रष्टाको...

  • २०७६ आषाढ २४, मंगलबार

    पर्यटकीयस्थल तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माण हुँदै

    साकेला गाउँपालिका–३ खिदीमाको पर्यटकीयस्थल तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको कृत्रिम तालको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १ नं प्रदेशकै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो । करीब रु ५६ करोड लागतमा निर्माण गरिने कृत्रिम तालका लागि प्रदेश नं १ सरकार र साकेला गाउँपालिकाको लगानी...

  • २०७६ आषाढ २४, मंगलबार

    जनस्वास्थ्य र नागरिकको अधिकारका विषयमा सरकार गम्भीर मन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनस्वास्थ्य र नागरिकको अधिकारसँग जोडिएको विषयमा नेपाल सरकार गम्भीर भएकाले भारतबाट आउने तरकारीमा विषादी परीक्षणको विषय थप तयारीका साथ देशको हितमा हुने गरी कार्यान्वयन गरिने बताउनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान सम्पन्न मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुको जिज्ञासामा मन्त्री बाँस्कोटाले सोका लागि...

  • २०७६ आषाढ २४, मंगलबार

    विकट गाउँका टोलटोलमा सौर्यबत्ती

    पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीका विभिन्न स्थानमा सौर्यबत्ती जडान गरिएको छ । रातिको समयमा स्थानीयवासीलाई हिँड्डुल गर्न, चोरी डकैती, लुटपाट र दुर्घटना न्यूनीकरण गर्न सौर्यबत्ती जडान गरिएको हो । गाउँका हरेक टोल, चोक, विद्यालय, स्वास्थ्यचौकी, वडा कार्यालयलगायत सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिनुभयो । लोडसेडिङको बेला पनि गाउँमा...

  • २०७६ आषाढ २४, मंगलबार

    लागुऔषध ब्राउन सुगरसहित एक पक्राउ

    प्रहरीले सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो । पक्राउ परेका महतोको घरमा खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर छ किलो ३०० ग्राम बरामद भएको र निजको शरीर तलासी गर्दा नगद रु...

  • २०७६ आषाढ २४, मंगलबार

    उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको लक्ष्य दियो

    एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधिको लागि हङकङले नेपाललाई ९६ रनको सामान्य लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेटमा मैदानमा आज भएको फाइनल खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनमा समेटियो । हङकङका आठ ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खराब शुरुआत गरेको हङकङले रनको खाता नै नखोली दुई विकेट गुमाएको थियो ।...

Pages