-
२०७६ आषाढ २३, सोमबार
नेपालगञ्जमा चक्रपथ, पाँच वर्षदेखि अलपत्र
करीब पाँच वर्षअघि ‘सर्भे’ गरिएको नेपालगञ्जस्थित बाहिरी चक्रपथ अहिले पनि अलपत्र अवस्थामा छ । सर्भेअनुसार २३ दशमलव ८६ किलोमिटर लम्बाइ र १६ मिटर चौडाइमध्ये सात मिटर कालोपत्र रहने गरी सर्भे भएको चक्रपथ निर्माण अन्योलमै छ । चक्रपथ निर्माणका लागि सरकारले वर्षेनी बजेट विनियोजन गरे पनि बजेटको ठूलो हिस्सा ‘फ्रिज’ हुने गरेको छ । सडक डिभिजन कार्यालयका अनुसार सर्भे भएपछि निर्माण शुरु भएको थियो । सरकारले रु...
-
२०७६ आषाढ २३, सोमबार
पुल बिग्रिएपछि आवतजावतमा समस्या
काठमाडौँ–१५ स्थित कङ्केश्वरीमा झोलुङ्गे पुल बिग्रिएपछि सर्वसाधारण आवतजावतमा समस्या भएको छ । स्थानीय लखः तीर्थ नजिकैको डल्लुको बस्तीलाई जोड्ने करीब ५० मिटर लामो उक्त पुलको किनारामा रहेको करीब आठ फिट अग्लो ढुङ्गा माटो वर्षाले बगाएपछि सर्वसाधारणलाई समस्या भएको हो । उक्त वडाले पुल निर्माणका लागि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग समन्वय र सहकार्य गरेको वडाध्यक्ष ईश्वरमान डङ्गोलले...
-
२०७६ आषाढ २३, सोमबार
कफीखेतीको सम्भावना र माग उच्च
पाँचथर जिल्लामा कफीखेतीको सम्भावना उच्च रहेको पाइएको छ । जिल्लाको दक्षिणी गाउँपालिका तुम्बेवाले माटोको परीक्षण गरेर कफीखेतीका लागि लगानी नै गरेको छ । गाँउपालिकाका उपप्रमुुख धन साँवाका अनुसार कफीलाई वैकल्पिक आम्दानीको स्रोतको रूपमा स्थापित गर्न चालू आर्थिक वर्षमा रु २० लाख विनियोजन गरेर बेर्ना उत्पादनकार्य शुरु गरिएको छ । साँवाले भन्नुभयो, “कफीको बजार राम्रो छ, हामीले हाम्रो गाउँपालिकामा हावापानी...
-
२०७६ आषाढ २३, सोमबार
कोदो रोप्न थाले उत्तरी रसुवाका किसान
तीन दिनदेखि लगातार परेको वर्षाले बारीको गरामा पर्याप्त चिसोपन बढाएपछि उत्तरी रसुवाका किसानले कोदो रोप्न थालेका छन् । वर्षाको ‘सिजन’अन्तर्गत उत्तरी रसुवामा लगाइने एक मात्र प्रमुख बाली कोदो भएको र उच्च भू–भागमा कोदो पाक्न बढी समय लाग्ने र अर्कोतर्फ असोजबाटै चिसोपन बढ्ने भएका कारण उत्पादनमा सन्तुलन ल्याउन असार महीनामै कोदो रोपण शुरू गरिएको स्थानीय किसान याकबहादुर लिम्बूले बताउनुभयो । समुद्री सतहदेखि...
-
२०७६ आषाढ २३, सोमबार
प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री
नेपाल प्रज्ञा प्रतिष्ठानको ६२औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको पुस्तक प्रदर्शनीमा रु सात लाखको पुस्तक बिक्री भएको छ । यही असार ८ देखि २२ गतेसम्म सञ्चालन भएको उक्त प्रदर्शनीमा रु तीनदेखि रु एक हजार ४०० सम्मका कृति बिक्री भएका थिए । रु तीनको महेन्द्र प्रकाशन मालादेखि रु एक हजार ४०० को प्रज्ञा–अङ्ग्रेजी–नेपाली शब्दकोष राखिएकामा रु एक हजार ३५० मूल्यको ‘शब्दकोष’ २०० प्रति बिक्री भएको प्रदर्शनीका...
-
२०७६ आषाढ २३, सोमबार
तेह्र युवाको सामूहिक लगानीमा व्यावसायिक माछापालन
साकेला गाउँपालिका–२ रतन्छाका स्थानीयवासी युवाले सामूहिक लगानीमा व्यावसायिक माछापालन गरेका छन् । पानीको पर्याप्त तथा राम्रो स्रोत रहेको रतन्छाका तेह्र स्थानीय युवाले आफ्नो व्यक्तिगत लगानीमा दुई वर्ष अघिदेखि व्यावसायिक माछापालन शुरु गरेका हुन् । उनीहरुले रतन्छास्थित धिकुरतुङमा २५ वर्षका लागि जग्गा भाडामा लिएर पहिलो चरणमा १३ पोखरी निर्माण गरेर कमनकार्प र ग्रासकार्प प्रजातिको माछाका भुरा लगाएका छन्...
-
२०७६ आषाढ २३, सोमबार
खडेरीले अन्नबाली सखाप, किसानलाई बीउको चिन्ता
खडेरी लागेर अन्नबाली सखाप भएपछि भोजपुरका कृषक चिन्तित बनेका छन् । असार महीना बित्न लाग्दासम्म पनि पानी नपार्दा बारीमा लगाएको मकै, धान, कोदोलगायत अन्य बाली सुकेपछि उनीहरु चिन्तित बनेका हुन् । भोजपुर नगरपालिका–६ ठूलो पालुवाका करीब ३०० घरपरिवार कृषकलाई आगामी वर्षमा मकैको बीउ कसरी जोहो गर्ने भन्ने चिन्ता बढेको छ । बारीमा लगाएको मकै खडेरीको कारण सखाप भएपछि उनीहरुलाई चिन्ता थपिएको हो । स्थानीयवासी जीवन...
-
२०७६ आषाढ २३, सोमबार
एक महीनादेखि वृद्धको ओढारमा बास
ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा अत्यन्त टीठ लाग्दो अवस्थामा भेटिन्छन् ६५ वर्षीय हिराबहादुर पूर्जा । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हिराबहादुर विगत एक महीनादेखि ओढारमा बस्दै आउनुभएको छ । घरजग्गा केही नभएका सुकुम्वासी पूर्जा यसअघि आफ्ना दाजु लोदे पुर्जासँगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्नु हुन्थ्यो । ८०...
-
२०७६ आषाढ २३, सोमबार
प्रयोगशालाको अभावका कारण नाकामा विषादी परीक्षण गर्न सकिएन ः मन्त्री यादव
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले विदेशबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी प्रयोगको परीक्षण सीमा नाकामा गर्ने भनिएकामा क्षमता अभावका कारण केही समयका लागि पूर्ववत् अवस्थामै रहने निर्णय भएको बताउनुभएको छ । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उहाँले केन्द्रीय खाद्य प्रविधि तथा गुणस्तर...
-
२०७६ आषाढ २३, सोमबार
राष्ट्रपतिबाट राष्ट्र बैंकको भवन शिलान्यास
राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको आज एक समारोहबीच शिलान्यास गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका साथै अनुशासन कायम राखी उच्च आर्थिक वृद्धि र स्थायित्वका लागि केन्द्रीय बैंकको भूमिका प्रभावकारी हुने बताउँदै उक्त भवन निर्धारित समयमै सम्पन्न हुने कामना गर्नुभयो । उक्त भवन विसं २०७२ को...
-
२०७६ आषाढ २३, सोमबार
उत्तर प्रदेशमा भएको बस दुर्घटनामा २७ को मृत्यु
उत्तरी भारतमा सोमबार बिहान भएको बस दुर्घटनामा परी सो बसमा रहेका यात्रुमध्ये कम्तीमा पनि २७ जनाको ज्यान गएको समाचार छ । उत्तरी राज्य उत्तर प्रदेशमा भएको बस दुर्घटनामा परी २७ जनाको ज्यान गएको र अरु १५ यात्रु नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ । भारतीय राजधानी नयाँ दिल्लीबाट उत्तर प्रदेशको राजधानी शहर लखनउ जान लागेको सो बस खोँचमा खसेको थियो । यस दुर्घटनामा परी घाइते भएकाहरुको उद्धारको काम निकै...
-
२०७६ आषाढ २३, सोमबार
बूढीगङ्गा नदी थुनिने सम्भावना
जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ । बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी नगरपालिका–९ पैंमाबाट खसेको पहिरोका कारण नदी थुनिने सम्भावना बढेको हो । उक्त नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो । १० दिनदेखि पैंमाबाट पहिरो निरन्तर खसिरहेकाले नदी थुनिने अवस्थामा पुगेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावलले बताउनुभयो । वर्षा भइरहेका कारण पहिरो...


