STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ २२, आइतबार

    चेपाङलाई पत्रकारिता सिकाउँदै गाउँपालिका

    मकवानपुरको कैलाश गाउँपालिकाले यहाँका चेपाङ समुदायलाई लक्षित गरेर पत्रकारिता तालीम दिएको छ । सो गाउँपालिकाको वस्तुस्थिति, पर्यटन, घटनाक्रम तथा रहनसहनको उजागर गर्ने एवं प्रचारप्रसार गर्ने तथा राष्ट्रियकरण गरी कैलाशलाई चिनाउने अभियानअनुसार तालीम आयोजना गरिएको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानले जानकारी दिनुभयो । तालीमपछि आधारभूत पत्रकारिताको ज्ञान प्राप्त भएको र गाउँघरका कतिपय विषयवस्तुलाई...

  • २०७६ आषाढ २२, आइतबार

    बालश्रम न्यूनीकरण अभियान शुरु

    विदुर नगरपालिकाको सहयोग तथा सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको सहजीकरणमा विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सञ्चालन हुने अभियान आगामी वर्ष सबै वडामा विस्तार हुने नगरपालिकाले जनाएको छ । अभियानअन्तर्गत शनिबार विदुर नगरपालिका–४ को समन्वयमा बट्टारमा बालश्रम न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक...

  • २०७६ आषाढ २२, आइतबार

    विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    कास्कीको मादी गाउँपालिकाले उच्च शिक्षा हासिल गर्नका लागि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । त्यसैगरी विभिन्न माध्यमबाट गाउँपालिकाको विकास तथा इज्जत राख्न सफल भई देशकै प्रतिष्ठा राख्ने सङ्घसंस्था तथा व्यक्तिलाई पनि नगदसहित पुरस्कृत गरेको छ । गाउँपालिकाले शनिबार पाँचाँै गाउँसभाबाट पारित बजेट सार्वजनिकीकरण तथा पुरस्कार वितरण समारोहको आयोजना गरी ‘मादी उच्च शिक्षा’ छात्रवृत्तिअन्तर्गत...

  • २०७६ आषाढ २२, आइतबार

    मृतक बालकको परिवारलाई आर्थिक सहयोग

    इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका तनहुँको म्याग्दे गाउँपालिका–२ ऋषिथुमका दुई बालकको परिवारलाई आर्थिक सहयोग गरिएको छ । सोही वडाको जामुनेस्थित माछापुच्छ इँटाभट्टाको पोखरीमा डुबेर मृत्यु भएका सात वर्षीय सुन्दर शाही र चार वर्षीय किस्मत शाहीको परिवारलाई न्यू भिजन युवा क्लबको सक्रियतामा रु ४० हजार प्रदान गरिएको हो । युवा क्लबका अध्यक्ष सन्दीप रानाभाटले उक्त रकम शनिबार मृतकका बाबु कृष्णबहादुर...

  • २०७६ आषाढ २२, आइतबार

    विद्युत् चुहिएर एकको मृत्यु, एक घाइते

    विद्युत् चुहिएर झापाको कमल गाँउपालिकामा गए राति एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–३ बस्ने ५५ वर्षीय प्रेम खतिवडा रहेका छन् भने विद्युत् चुहिएरै मुगु घर भई प्राधिकरणमा कार्यरत ४९ वर्षीय हिक्मत बुढा गम्भीर घाइते भएका छन् । दुवै नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रका प्राविधिक रहेको...

  • २०७६ आषाढ २२, आइतबार

    स्व. नवीन महर्जनको दोस्रो पुण्य तिथिमा कीर्तिपुृर कप बाघचाल (धुँकासा) प्रतियोगिता सम्पन्न

    स्व. नवीन महर्जनको दोस्रो पुण्य तिथिको अवसरमा आयोजित कीर्तिपुर कप बाघचाल(धुँकासा) प्रतियोगिता असार २१ गते शनिबार सम्पन्न भयो । असार २० गते शुक्रबारबाट सुरु भएको कीर्तिपुर नगरव्यापी बाघचाल (धुँकासा) प्रतियोगितामा कीर्तिपुर ४ वडाका भुन्टे दुलाल प्रथम, वडा नम्बर ३ का कृष्णबहादुर महर्जन दोस्रो तथा कीर्तिपुर वडा ९ का हिरा डंगोल व बलराम श्रेष्ठ तेस्रो हुनुभएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर १०...

  • २०७६ आषाढ २२, आइतबार

    २४ ज्येष्ठ नागरिकलाई सम्मान

    स्याङ्जाको वालिङ नगरपालिका–८ वडा कार्यालयले वडाभित्र रहेका ८४ वर्ष उमेर पुगेका २४ ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । शनिबार वडाभित्रका वालिङ बजार, भीमटारी, काफलडाँडा, बोगटीडाँडा, कुमस्वाँरालगायतका स्थानीयवासीको घरघरमै पुगेर सम्मान गर्नुका साथै स्वास्थ्य परीक्षणसमेत गरेको कार्यवाहक वडाध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । वडाले ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत यो...

  • २०७६ आषाढ २२, आइतबार

    साठी वर्ष पुरानो कुवाको भरमा ६२ परिवार

    ६० वर्ष पुरानो कुवाको पानीको भरमा भेरी नगरपालिका– १ मैदेका स्थानीयवासी तिर्खा मेटाइरहेका छन् । भेरी नगरपालिका–१ मैदेमा विसं २०१६ मा बनेको पँधेरो, कुवा सञ्चालन गरेर दैनिक यहाँका ६२ घरधुरी किसान पानीको जोहो गर्दै आएका हुन् । जिल्लामा बनेका खानेपानी आयोजनामध्ये दिगो विकासको नमूनाका रुपमा मैदेको कुवालाई लिन सकिने वडा नं १ का वडाध्यक्ष दीपक रानाको भनाइ छ । पछिल्लो चरणमा आयोजना निर्माण गरेको पाँच वर्ष...

  • २०७६ आषाढ २२, आइतबार

    काङ्ग्रेस केन्द्रीय समिति बैठक बस्दै

    प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावली, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षालगायत विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । त्यस्तै बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान र...

  • २०७६ आषाढ २२, आइतबार

    बालगृहलाई सहयोग

    जिल्लाको बुढीगङ्गा नगरपालिकाको ब्रह्मतोलामा सञ्चालित अनाथ बालगृहलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका छन् । प्रवासमा बस्ने नेपालीदेखि शिक्षक तथा सङ्घसंस्थाले आर्थिक सहयोग गरेका हुन् । अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि कन्सन बाजुराद्वारा सञ्चालित अनाथ बालगृहलाई सहयोग गरेको अध्यक्ष बहादुर थापाले बताउनुभयो । अनाथका लागि निर्माण गरिएको बालगृहमै पुगेर सहयोगी...

  • २०७६ आषाढ २२, आइतबार

    अस्ट्रिच अवलोकनले फस्टाउँदै घरबास

    बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिच फार्म अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्छन् । अस्ट्रिच फार्म अवलोकन गर्न रु १०० को टिकट काट्नुपर्छ । टिकट काटेर फार्मभित्र पुगेपछि अष्ट्रिचसँग रमाउन पाइन्छ । यहाँ अस्ट्रिच फार्म सञ्चालनपछि पहिले सुनसान रहेको बस्तीमा अहिले चहलपहल शुरु भएको छ । गाउँमा अहिले दैनिक २० देखि २५ आन्तरिक पर्यटक आउँछन् । खप्तड उद्यम व्यापार केन्द्र ९अस्ट्रिच फार्म० का...

  • २०७६ आषाढ २२, आइतबार

    ‘नन्द–हरि पत्रकारिता पुरस्कार’ आचार्य र बोहरालाई

    नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट दुई पत्रकार पुरस्कृत हुने भएका छन् । विसं २०७४ को पुरस्कार नेपाल टेलिभिजनका बागलुङ समाचारदाता किरण आचार्य र विसं २०७५ को पुरस्कार ढोरपाटन राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई प्रदान गर्न लागिएको हो । धवलागिरिलाई कार्यक्षेत्र बनाएका पत्रकारमध्येबाट ज्येष्ठता, क्रियाशीलता तथा निरन्तरताका आधारमा...

Pages