-
२०७६ आषाढ २२, आइतबार
अनौठा प्रकृतिका अपराध, छात्रालाई गुप्ताङ्ग देखाएर अश्लील हर्कत
हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने । किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलियो । यद्यपि घटना अन्य आपराधिक घटनाभन्दा पृथक खालको थियो । रोग सङ्क्रमण हुने डरले पीडितहरु उपचारका लागि शुुक्रराज ट्रपिकल तथा सरुवा रोग...
-
२०७६ आषाढ २२, आइतबार
भूमिसम्बन्धी ऐन ल्याइने
सरकारले ,भूमिहीन सुकुम्वासी र अव्यवस्थित रुपमा बसोबास गर्दै आएका नागरिकको समस्या समाधान गर्ने गरी भूमिसम्बन्धी ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिहीनको समस्या समाधान हुनेगरी भूमिसम्बन्धी पुरानो ऐनलाई समय सापेक्ष परिमार्जन गरी नयाँ ऐन ल्याउन लागिएको बताउनुभयो । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज सिंहदरबारमा बसेको बैठकमा ‘...
-
२०७६ आषाढ २२, आइतबार
प्रहरी आफैँ पवित्र बन्नुपर्छ महानिरीक्षक खनाल
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अरूलाई कानूनको दायरामा ल्याउने प्रहरी आफैँ पवित्र बन्नुपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–६ टुहुरेपसलमा निर्माण हुन लागेको प्रहरी चौकी भवनको आज शिलान्यास गर्दै उहाँले जनताको माया र सद्भाव पाउन प्रहरीले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरीले आफ्नो व्यवहार, शिष्टता र इमानदारिता प्रदर्शन गर्नुपर्ने महानिरीक्षक खनालले बताउनुभयो...
-
२०७६ आषाढ २१, शनिबार
वीरगञ्ज वनस्पति उद्योगमा आगालागी
पर्साको वीरगञ्ज महानगरपालिका २९ लिपनीविर्तास्थित सुशील वनस्पति उद्योगमा भिषण आगलागी भएको छ । शनिवार विहान ३ बजे देखि आगो लागेको हो । आगलागी नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिका, जितपुर सिमरा उमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जको दमकल प्रयोग गरिएको छ । आगो निभाउनको लागि नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले मदत गरेका छन् । आगलागी कसरी भएको भन्ने बारे भने जानकारीप्राप्त...
-
२०७६ आषाढ २१, शनिबार
भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प
काठमाडौं । भक्तपुर केन्द्रबिन्दु भएर ४ दशमलव ६ रिक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए । उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताए । भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ ।
-
२०७६ आषाढ २०, शुक्रबार
घोच्ने आतङ्क
काठमाडौँमा सिरिञ्जजस्तो तिखो वस्तु आक्रमणको त्रास बढिरहेका बेला यस्तै प्रकृतिको घटना बिहीबार धनुषामा पनि गराइएको छ । विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले तिखो वस्तुले घोचेर फरार भएका छन् । उनीमाथि सिरिञ्ज आक्रमण भएको हुनसक्ने आशङ्का गरिएको छ । अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो वस्तुले घोचिएको हो । बलुवा खोलामा निर्माणाधीन...
-
२०७६ आषाढ २०, शुक्रबार
तारा देवी र अरुणा लामाका गीत गुञ्जदै
‘टेस्ट अफ हार्मोनी धुनहरूमा तारादेवी र अरुणा लामा’ कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरेली सुगम सङ्गीत गायिकाको संस्था ‘हार्मोनी द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा’ ले भोलि शनिबार पोखराको सभागृहमा गरिने विशेष साङ्गीतिक कार्यक्रमको तयारी सकिएको जानकारी दिएको हो । आयोजक संस्थाका अध्यक्ष ईतु जोजिजुले महिला सुगम सङ्गीत गायिकाहरूको उत्थान र प्रबद्र्धनमा समर्पित सस्था भएको बताउँदै महिला गायिकाको...
-
२०७६ आषाढ २०, शुक्रबार
कञ्चनपुरमा पुनः विद्युत्भार कटौती
नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड कार्यालयअन्तर्गतको विद्युत्भार कटौती लालपुर सबस्टेशनमा जडान भएको पावर ट्रान्सफर्मर ओभरलोड हुन थालेपछि विद्युत्भार कटौतीको तालिका सार्वजनिक गरिएको छ । दुई वर्ष अघिदेखि हटेको विद्युत्भार कटौतीको तालिका पुनः शुरु गरिएको छ । प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख पवनकुमार भट्टको हस्ताक्षरित विद्युत्भार कटौतीको तालिकामा दैनिक चारदेखि छ...
-
२०७६ आषाढ २०, शुक्रबार
दुर्घटनामा दुईको मृत्यु, एक घाइते
चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर्घटना हँुदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको...
-
२०७६ आषाढ २०, शुक्रबार
आगलागीबाट २८ वस्तु मरे
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गए राति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् । कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचना जल्दा करीब रु २० देखि २२ लाखसम्म क्षति भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक सरोज गिरीले बताउनुभयो । राति करीब १०ः३० बजेको समयमा...
-
२०७६ आषाढ २०, शुक्रबार
अझै पूरा भएन खुला दिसामुक्त क्षेत्र अभियान
मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि काठमाडौँ र वीरगञ्ज महानगरपालिकासहित ६३ स्थानीय तह खुला दिसामुक्त भएका छैनन् । सरकारले आगामी असोज १३ गतेभित्र मुलुकलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको बेला ती स्थानीय तहलाई छिटोभन्दा छिटो आआफ्नो क्षेत्रलाई खुला दिसामुक्त घोषणा गर्न...
-
२०७६ आषाढ २०, शुक्रबार
बुटवल सडक विस्तार मुद्दाको अझै टुङ्गो लागेन
अदालतमा मुद्दाको सुनुवाइ पटकपटक सरेपछि बुटवल सडक विस्तारको काममा अन्योल भएको छ । कहिले मुद्दाको सुनुवाइ स्थगित हुने र कहिले सर्ने भएपछि सडक विस्तार मुद्दाको टुङ्गो लाग्न सकेको छैन । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क हुँदै चिडियाखोलासम्मका सडक सीमाभित्रका घर टहरा भत्काउने विषयको मुद्दाको टुङ्गो नलाग्दा सडक विस्तारको काम थप पछाडि धकेलिएको हो । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका मुख्य न्यायाधीश...


