-
२०७६ आषाढ २२, आइतबार
कलाकार राजोपाध्यायलाई सम्मान गरिने
तीन दशकदेखि सङ्गीत साधनामा लाग्नुभएका वरिष्ठ कलाकार सुदर्शन राजोपाध्यायलाई सम्मान गरिने भएको छ । भारतको प्रसिद्ध एनआरवी फाउन्डेसन र भव्या इन्टरनेशनलले राजोपाध्यायलाई ‘इन्डियन वेस्टिज अवार्ड–२०१९’ बाट सम्मान गर्न लागेको हो । वरिष्ठ सरोदवादक तथा गायक राजोपाध्यायले आयोजक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको सङ्गीत र साहित्यतर्फको सम्मानबाट यसपटक आफूलाई छनोट गरेको जानकारी दिनुभयो । यही असार २९...
-
२०७६ आषाढ २२, आइतबार
सरकार समावेशी समानुपातिक सिद्धान्तबाट पछाडि फर्किंदैन– मन्त्री पण्डित
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहका लागि लोक सेवा आयोगले पछिल्लोपटक प्रकाशन गरेको विज्ञापन संविधान, ऐन कानून र लोक सेवाको मर्मअनुसार नै गरिएको प्रस्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजिन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा सांसदहरुले राख्नुभएको जिज्ञासाको जवाफमा मन्त्री पण्डितले, “विज्ञापन संविधान र प्रचलित कानूनसम्मत नै...
-
२०७६ आषाढ २२, आइतबार
आलेख ः नेपाली जडिबुटी आठ महिनादेखि गोदाममैे
आठ महिनादेखि भारततर्फ जडीबुटी निर्यात ठप्प छ । यसलाई खुलाउन जडीबुटी व्यवसायीहरुले मन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई भेटिसकेका छन् । त्यसको कुनै सुनुवाई भएको छैन । भारत निकासी ठप्प हुँदा व्यवसायीले सङ्कलन गरेका जडीबुटी गोदाममै थन्किएका छन् । नेपालमा प्रशोधन नहुने र भारत पनि निकासी नहुने भएपछि व्यवसायीले जडीबुटी सङ्कलन गर्न पनि छाडिसकेका छन् । मङ्सिरदेखिको जडीबुटी व्यवसायीको मागलाई सरकारले बेवास्ता...
-
२०७६ आषाढ २२, आइतबार
चिनियाँ निजी कम्पनीको भूक्तानीजन्य ऋण ५।८ प्रतिशत
चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५।९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले बताएको छ । चीनको बैंकिङ तथा विमा नियमक आयोग ९सीबीआईआरसी० का अधिकारी याङ लिपिङले भन्नुभयो, “चीनको निजी कम्पनीहरूको पहिलो पाँच महिनाको ऋण देशको कर्पोरेट ऋणको कुल ५१।४८ प्रतिशत देखिएको छ ।” अधिकारीसँगको कुराकानीमा निजी व्यवसाय ९खासगरी साना...
-
२०७६ आषाढ २२, आइतबार
अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीबीच छलफल
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री टरिजा मेले उत्तर कोरियाको बारेमा छलफल गर्नुभएको छ । टेलिफोनमार्फत् भएको छलफल शुक्रबार भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उहाँहरूले वासिङ्टन र लण्डनको सहकार्य, राष्ट्रिय तथा क्षेत्रीय सुरक्षा, परमाणु हतियार लगायतका बारेमा पनि छलफल गरेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । उहाँहरूले...
-
२०७६ आषाढ २२, आइतबार
दिवा खाजा कार्यक्रम बन्द भएपछि बालबालिका प्रभावित
दिवा खाजा कार्यक्रम लागू भएपछि कक्षा १ मा अध्ययनरत पाँच वर्षीया सरिताकुमारी रामको दैनिकी विद्यालयको पढाइमा नै बित्ने गर्दथ्यो । पर्साको छिपहरमाई गाउँपालिका¬–५ भीस्वास्थित जयमङ्गल माध्यमिक विद्यालयमा अध्ययनरत उनलाई दिवा खाज कार्यक्रम बन्द भएपछि ठूलो असर परेको छ । उनी मात्र होइन, यो कार्यक्रम बन्द भएपछि विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकामा ठूलो असर परेको हो । विद्यालय जान प्रोत्साहनका लागि दिइने...
-
२०७६ आषाढ २२, आइतबार
राजधानीमा पर्यटक बसपार्कको अभाव
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारी साधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पर्यटकीय बसका लागि बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारी साधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य भएका छन् । काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख...
-
२०७६ आषाढ २२, आइतबार
बाढीले बगाउँदा दुई बेपत्ता
गएरातिको बाढीले बगाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत चाकु ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् । अविरल वर्षापछि चाकु खोलामा आएको बाढीले बगाउदा शिवश्री हाइड्रो पावरद्वारा निर्माणाधीन आयोजना निर्माणस्थल प्रमुख यादवप्रसाद काफ्ले र इलेक्ट्रिसियन रामअवतार यादव बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद...
-
२०७६ आषाढ २२, आइतबार
लिबियामा मारिएका नेपालीको शव ल्याउने प्रयास जारी
लिबियामा हवाई आक्रमणमा परी ज्यान गुमाएका बेंसीशहर–११ चिती तीनपिप्ले सानोहटियाका सन्तोष श्रेष्ठको शव स्वदेश ल्याउने प्रयास भइरहेको छ । युद्धग्रस्त उक्त मुलुकबाट श्रेष्ठको शव ल्याउन अति कठिन भइरहे पनि त्रिपोलीस्थित अन्तरराष्ट्रिय आप्रवास सङ्गठन ९आइओएम०सँगको समन्वयमा आवश्यक प्रयास भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । केही दिनभित्रै श्रेष्ठको शव नेपाल आइपुग्ने पनि उक्त मन्त्रालयले बताएको छ ।...
-
२०७६ आषाढ २२, आइतबार
विषादीयुक्त फलफुल तरकारीको आयात रोक्न माग
प्रतिनिधिसभाको आको बैठकमा सांसदले विषादीयुक्त फलपूmल तथा तरकारीको आयात रोक्न सरकारसँग माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसद गगनकुमार थापाले सरकारले कसैको दवावमा जनतालाई विष खुवाइरहेको आरोप लगाउनुभयो । सांसद गौरीशङ्कर चौधरीले भारतबाट फलपूmल तथा तरकारी आयात रोक्न आग्रह गर्नुभयो । सांसद चित्रलेखा यादवले भारतबाट आयात भइरहेका फलपूmल तथा तरकारीको विषादी परीक्षण गर्न माग गर्नुभयो । सांसद...
-
२०७६ आषाढ २२, आइतबार
मच्छिन्द्रनाथको जात्रा सकियो ः पर्यटक घटेनन्
पाटन सङ्ग्रहालयमा गत वर्ष असारको तुलनामा यस वर्ष पर्यटक हवात्तै बढेका छन् । यही असार ८ गतेदेखि सङ्ग्रहालयमा शुरु भएको रातो मच्छिन्द्रनाथ रथको अस्थायी प्रदर्शनी हेर्न स्वदेशीलगायत विदेशी पर्यटकको आवागमन भएसँगै पर्यटक बढेका हुन । यस वर्ष असार ८ गतेदेखि दैनिक सरदर सात सय पर्यटकले सङ्ग्रहालय भ्रमण गर्दै आएको सङ्ग्रहालयका अधिकृत सुरेशमान लाखेले जानकारी दिनुभयो । लाखेले भन्नुभयो, “गत वर्ष असारमा सरदर...
-
२०७६ आषाढ २२, आइतबार
शेयर बजार ः चार अङकले घट्यो नेप्से
साताको पहिलो दिन नै आज शेयर बजारमा कारोवारमापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४।४५ बिन्दुले घटेर एक हजार २५६।०४ बिन्दुमा पुगेको हो । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक १।११ बिन्दुले घटेर २७०।३५ बिन्दुमा पुगेको छ । नेप्से ओरालो लागेपनि आज कारोवार रकम भने औसत नै देखिएको छ । कूल १७३ कम्पनीको २२ लाख १६ हजार ४९३ कित्ता शेयर रु ५४...


