-
२०७६ आषाढ २०, शुक्रबार
आगलागीबाट २८ वस्तु मरे
तनहुँको शुक्लागण्डकी नगरपालिका–७ को टुडास्थित खुर्सानीबारीमा रहेको भैँसी फार्ममा गए राति आगलागी हुँदा १३ भैँसी र १५ खरायो गरी २८ वस्तु मरेका छन् । कृषक रामकली भण्डारीको गोठमा रातको समयमा अचानक आगलागी हुँदा पशु चौपाया तथा अन्य भौतिक संरचना जल्दा करीब रु २० देखि २२ लाखसम्म क्षति भएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक सरोज गिरीले बताउनुभयो । राति करीब १०ः३० बजेको समयमा...
-
२०७६ आषाढ २०, शुक्रबार
अझै पूरा भएन खुला दिसामुक्त क्षेत्र अभियान
मुलुकमा अझै ६३ स्थानीय तह खुला दिसामुक्त घोषणा हुन बाँकी रहेका छन् । सरकारले मुलुकलाई खुला दिसामुक्त बनाउने अभियान सञ्चालन गरिरहँदा अझै पनि काठमाडौँ र वीरगञ्ज महानगरपालिकासहित ६३ स्थानीय तह खुला दिसामुक्त भएका छैनन् । सरकारले आगामी असोज १३ गतेभित्र मुलुकलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको बेला ती स्थानीय तहलाई छिटोभन्दा छिटो आआफ्नो क्षेत्रलाई खुला दिसामुक्त घोषणा गर्न...
-
२०७६ आषाढ २०, शुक्रबार
बुटवल सडक विस्तार मुद्दाको अझै टुङ्गो लागेन
अदालतमा मुद्दाको सुनुवाइ पटकपटक सरेपछि बुटवल सडक विस्तारको काममा अन्योल भएको छ । कहिले मुद्दाको सुनुवाइ स्थगित हुने र कहिले सर्ने भएपछि सडक विस्तार मुद्दाको टुङ्गो लाग्न सकेको छैन । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क हुँदै चिडियाखोलासम्मका सडक सीमाभित्रका घर टहरा भत्काउने विषयको मुद्दाको टुङ्गो नलाग्दा सडक विस्तारको काम थप पछाडि धकेलिएको हो । उच्च अदालत तुल्सीपुर बुटवल इजलासका मुख्य न्यायाधीश...
-
२०७६ आषाढ २०, शुक्रबार
आँखाका बिरामीको निःशुल्क शल्यक्रिया
स्थानीय सरकारको सहयोगमा यहाँका ८३१ आँखामा मोतियाविन्दु भएका नागरिकको शल्यक्रिया गरिएको छ । स्थानीय निकायको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ दाङअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल र लमही आँखा अस्पताल दाङको सहकार्यमा ८३१ आँखामा मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरी उज्यालो प्रदान गरेको सङ्घले जनाएको छ । आर्थिक अभावका कारण मोतियाविन्दुको शल्यक्रिया गर्न नसकेका आँखाका बिरामीलाई...
-
२०७६ आषाढ २०, शुक्रबार
राजधानीमा बाटिक मेला शुरु
राजधानीमा बाटिक मेला शुरु भएको छ । इन्डोनेशियाली दूतावास र नेपालस्थित इन्डोनेशियाली अवैतनिक वाणिज्यदूतको कार्यालयद्वारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा बिहीबारबाट शुरु भएको हो । नेपालका लागि इन्डोनेशियाली राजदूत रिनो पि सोएमर्मो र नेपालका लागि इन्डोनेशियाली अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले मेलाको संयुक्तरूपमा उद्घाटन गर्नुभएको हो । आजसम्म सञ्चालन हुने मेलामा...
-
२०७६ आषाढ २०, शुक्रबार
केबुल टिभीको सिगनल बाइपास गरेको अभियोगमा तीन पक्राउ
केबुल टिभीको सिगनल बाइपास गरी राजश्व छली गरेको अभियोगमा स्थानीय प्रशासनले तीन व्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाको वडा नं ८ गहवास्थित ‘हाम्रो टिभी’को कार्यालयमा बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा नेतृत्वको टोलीले छापामारी आवश्यक अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिएको हो । सिगनल बाइपास गरी राजश्व छली भइरहेको सूचनाको आधारमा कारवाही गर्दा हाम्रो टिभीको कार्यालयबाट...
-
२०७६ आषाढ २०, शुक्रबार
वडाध्यक्षले त्यागे सरकारी सेवा सुविधा
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङका वडाध्यक्ष डण्डु शेर्पाले सरकारले उहाँलाई दिने सेवा सुविधा सामाजिक काममा खर्च गर्ने बताउनुभएको छ । जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उहाँले बताउनुभयो । भर्खरै सम्पन्न गाउँसभामार्फत आफूले पाउने सेवासुविधा आफँैले उपभोग नगरी सामाजिक काममा खर्च गर्ने घोषणा गरेको भन्दै...
-
२०७६ आषाढ २०, शुक्रबार
‘बम–सरस्वती स्मृति पुरस्कार’ श्रेष्ठलाई
धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यो वर्षको ‘बम–सरस्वती स्मृति पुरस्कार’ नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठलाई प्रदान गर्ने भएको छ । नगद रु १० हजार राशिको सो पुरस्कार यही असार २९ गते २०६ औँ भानु जयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । नेपाली भाषा, साहित्यको उत्थानमा पु¥याएको योगदानको कदर गर्दै श्रेष्ठलाई पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताउनुभयो । नुवाकोट...
-
२०७६ आषाढ २०, शुक्रबार
‘सिजन’ सकिएसँगै खुम्बु क्षेत्र सुनसान
नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ । विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमाल आरोहण गर्ने यात्रुले प्रयोग गर्ने यो विमानस्थलमा यात्रुको चाप पनि उस्तै हुन्छ । आरोही, उनका सहयोगी र...
-
२०७६ आषाढ २०, शुक्रबार
६७ गुणस्तरहीन उद्योग कारवाहीमा
नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा, होङ्सी शिवम् सिमेन्ट प्रालि, प्रिमियर वायर प्रालि विराटनगर, विश्वकर्मा सिमेन्ट प्रालि...
-
२०७६ आषाढ २०, शुक्रबार
सावधान वनको च्याउमा विष हुन सक्छ
मानव शरीरका लागि च्याउ अति उत्तम पौष्टिक आहार हो तर त्यही च्याउलाई ननिचेर खाँदा विषको रूपमा परिणत हुने गर्दछ । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार वर्षात् शुरु भएसँगै विषालु च्याउ खाएर बिरामी पर्नेको सङ्ख्या दिनानुदिन बढ्दो छ । यो मौसममा हरेक दिनजसो त्यस्ता बिरामी आउने गरेको पौडेलले जानकारी दिनुभयो । अहिले अस्पतालको सघन उपचार कक्षमा दुई जना बिरामी छन्, जसमध्ये एक जनाको अवस्था...
-
२०७६ आषाढ २०, शुक्रबार
रित गौतमको शतक सँगै नेपाले सिगापुरलाई ३२७ रनको लक्ष्य दियो
एसीसी यू १९ एसिया कपको इर्टन रिजन छनोट खेलमा सिंगापुरविरुद्ध टस जितेर पहिलो ब्याटिङ रोजेर नेपालले ५० ओभरमा ४ विकेट को क्षतिमा ३२६ रन बनायो । रित गौतमले शतक बनाएको छन् । नेपालको खेल सुरुवात रित गौतम र पवन शरार्फ पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरे । पवन ४५ रनमा आउट भए । खडकबहादुर बोहाराले गौतमसँग १३१ रनको साझेदारी बनाए । बोहोरा ९० रनमा आउट भए । विशाल विक्रम केसी र कप्तान रोहितकुमार पौडेल...


