-
२०७६ आषाढ २०, शुक्रबार
वीरगञ्ज महानगरपालिकाद्वारा बजेट सार्वजनिक
प्रदेश नं २ को एक मात्र महानगरपालिका वीरगञ्जले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु चार अर्ब ४८ करोड १३ लाख ४८ हजार ८७९ को बजेट आज सार्वजनिक गरेको छ । यही असार १० गतेभित्र स्थानीय तहले नगरसभा गरी सक्नुपर्ने कानूनी प्रावधानअनुसार महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले आज आयोजित पाँचौँ नगरसभामा आर्थिक वर्ष २०७६÷७७ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुभएको हो । सार्वजनिक गरिएको नीति...
-
२०७६ आषाढ २०, शुक्रबार
सहमति भए नेतृत्वको दाबी गर्दिन ः वरिष्ठ नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताउनुभयो । पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उहाँले समयमा नै महाधिवेशन गर्नु पर्नेमा जोड दिनु भयो । पौडेलले भन्नुभयो “म नहुँदा पनि एकता हुन सक्छ ।...
-
२०७६ आषाढ २०, शुक्रबार
आईफा अर्वाड बारे अनावश्यक हल्ला बढी ः प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले २० लाख पर्यटक ल्याउने सरकारको योजना असफल बनाउन को लागि आईफा अर्वाडबारे अनावश्यक रुपमा हल्ला चलाइएको हो भन्नुभयो । साथै आईफा रोक्न संसदीय समितिले दिएको निर्देशन अनधिकृत भएको भन्नुभयो । समाजावादी पार्टीका नेताहरुलाई पार्टी प्रवेश गराउने आयोजित कायक्रममा प्रधानमन्त्री ओलीले भनेको हुन् , थौरै लगानीमा धेरै प्रतिफल पाउने गरी निर्णय गरेको हो । तर अर्बौ खर्च भ नेर हावा...
-
२०७६ आषाढ २०, शुक्रबार
हेटौँडा सिमेण्टको उत्पादन शुरु
करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि क्लिङकर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेका कारण उत्पादन ठप्प भएको थियो । उद्योगका महाप्रबन्धक हेमशङ्कर सिंहका अनुसार करीब रु ३० लाखको लागतमा उद्योगको मेसिन मर्मत एवं निर्माण गरेपछि उद्योग सञ्चालनमा आएको हो । दैनिक...
-
२०७६ आषाढ २०, शुक्रबार
उच्च शिक्षा पढ्न बाहिर जाने क्रम घट्यो
उच्च शिक्षा पढ्न जिल्ला छाडेर जाने क्रम घट्दै गएको छ । केही वर्ष अघिसम्म प्रवेशिका उत्तीर्णसँगै राम्रो अङ्क ल्याउनेहरु अधिकांश राजधानी काठमाडौँ, पोखरालगायका शहरमा अध्ययनका लागि जाने गर्दथे । शिक्षाविद् रमाकान्त सापकोटाका अनुसार प्रवेशिका उत्तीर्णपछि विद्यार्थी स्वतन्त्र हुन चाहन्थे । अभिभावकले त्यसैलाई मलजल गर्ने हुँदा मुख्यरुपमा काठमाडौँ जाने प्रचलन भए पनि हटेर गएको सापकोटाको भनाइ छ । बाहिरका...
-
२०७६ आषाढ २०, शुक्रबार
चरा पर्यटनमा बढ्दै आकर्षण
चराहरूको संरक्षण एवम् पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ पोखरा पन्छी समाजको आयोजनामा दोस्रो चरा उत्सव पोखरामा शुरु भएको छ । चरा पर्यटनमा बढ्दै गएको आकर्षण एवम् यसको संरक्षण समेतमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उत्सव आयोजना गरिएको हो । पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालका अनुसार उत्सवका क्रममा चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालीम, चरा संरक्षणमा देखिएका चुनौती र उपायलगायतका...
-
२०७६ आषाढ २०, शुक्रबार
खोलाले बगाई दुई जना बेपत्ता
नुवाकोटको ताँदी गाउँपालिकास्थित घट्टेखोला तर्नेक्रममा बिहीबार साँझ दुई जना बेपत्ता भएका छन् । बजारबाट घरायसी सामान किनेर घर फर्कंदा खोला तर्नेक्रममा ती व्यक्ति बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ । ताँदी गाउँपालिका–२ बस्ने १७ वर्षीय विनोद लामा तामाङ र सोही ठाउका १७ वर्षीय देवकृष्ण तामाङ सातबिसेस्थित घट्टेखोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका...
-
२०७६ आषाढ २०, शुक्रबार
अमेरिकाको क्यालिफोर्नियामा भूकम्प
अमेरिकाको क्यालिफोर्निया राज्यमा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्नियाको रिजक्रेस्टमा यस भूकम्पको केन्दबिन्दु रहेको प्राप्त समाचारमा जनाइएको छ । उक्त स्थान यस राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको छ । अधिकारीहरुले रिजक्रेस्ट शहरमा केन्द्रविन्दु रहेको भूकम्प ६।४ रेक्टर स्केलको मापन गरिएको बताएका छन् । अमेरिकाको यस पश्चिमी राज्य क्यालिफोर्नियाको यस भूकम्पबाट भौतिक क्षति पुगेको अनुमान गरिएको...
-
२०७६ आषाढ २०, शुक्रबार
अनलाइन सेवा विस्तार हुँदै
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सूचना प्रविधिको उच्चतम प्रयोग गरी हालसम्म ६६ वटा कार्यालयमा अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । करीब दुई वर्ष अगाडि शुरु गरिएको यस किसिमको सेवा सबै मालपोत तथा भूमिसुधार कार्यालयमा सञ्चालन गरी जग्गा प्रशासनमा सुशासन कायम गरिने लक्ष्य राखिएको छ । जग्गा प्रशासनसम्बन्धी कागजपत्र भौतिकरुपमा क्षति भएमा त्यसको तथ्याङ्कलाई केन्द्रमा सुरक्षित गर्न सकिने...
-
२०७६ आषाढ २०, शुक्रबार
जर्मनीद्वारा तीन अर्ब दुई करोड अनुदान
सङ्घीय गणतन्त्र जर्मनीले तीनवटा परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई रु तीन अर्ब दुई करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । ग्रामीण सौर्य ऊर्जा प्रवद्र्धन, शहरी क्षेत्रमा मातृ तथा शिशु स्याहार तथा ग्रामीण एवं अर्धशहरी क्षेत्रमा दिगो आर्थिक विकास कार्यक्रम कार्यान्वयन गर्न जर्मनीले उक्त रकम प्रदान गर्न लागेको हो । अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव राजन खनाल र नेपालका लागि...
-
२०७६ आषाढ २०, शुक्रबार
आकाशको पानीको पर्खाइमा किसान
वर्षा भएपछि रोपाइँ गरौँला भनेर आकाश हेर्दैमा दिन बित्ने गरेको छ, तर वर्षा हुँदैन । आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरेका कैलालीका किसान वीरबहादुर चौधरीले प्रस्तुत समस्या सुनाउनुभयो । असार महीनाको तेस्रो हप्ता बित्न लाग्दा पनि पर्याप्त वर्षा नभएपछि कैलालीका कृषकको चिन्ता बढेको छ । बोरिङ पम्पिङ सेटबाट पानी तानेर गरिएको रोपाइँमा सिँचाइ नहुँदा खेतमा चिरा पर्न थालेको छ । यस वर्ष मनसुन अहिलेसम्म...
-
२०७६ आषाढ २०, शुक्रबार
सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्छ ः उपप्रधानमन्त्री पोखरेल
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताउनुभएको छ । पर्सा जिल्लाका नेपाल कम्युनिष्ट पार्टी नेकपा का अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको बताउनुभएको हो । सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएको कामहरु पाँच वर्षभित्रै सम्पन्न हुने विश्वास दिलाउँदै मन्त्री पोखरेलले विकास र...


