-
२०८१ श्रावण १८, शुक्रबार
हिमाली जिल्ला मनाङमा सद्भावको पर्व यार्तुङ
हिमाली जिल्ला मनाङमा सद्भावको पर्वका रुपमा यार्तुङ अर्थात् घोडेजात्रा मनाइन्छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस् तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउन यार्तुङको परम्परागत सुरुआत गरिन्छ । माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेमा यो पर्व मनाइन्छ । माथिल्लो मनाङमा यार्तुङ पर्व पाँच दिनसम्म मनाउने गरिन्छ ।...
-
२०८१ श्रावण १७, बिहिबार
मेयर्स फोरमले भेटे उपप्रधानमन्त्री सिंह
काठमाडौं- उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले बागमती नदी प्रणाली, स्मार्ट सिटी, फोहोरमैला व्यवस्थापनलगायको क्षेत्रमा छिट्टै नतिजा देखिने गरि मन्त्रालयले काम गरिरहेको बताएका छन्। बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमसँगको भेटमा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। मेयर्स फोरमले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिँदै स्मार्ट सिटी, सडक बत्तिको महसुल...
-
२०८१ श्रावण १७, बिहिबार
बुंगःद्यः (रातो मच्छिन्द्रनाथ)को रथलाई जावलाखेल पुर्याइयो
ललितपुर - वर्षा र सहकालका देवताका रूपमा पूजिने बुंगःद्यः- रातो मछिन्द्रनाथको रथलाई जावलाखेल पुर्याइएको छ। ललितपुर महानगरपालिकास्थित पुल्चोकका स्थानीयवाबासीसहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँबासीले संयुक्तरूपमा रथलाई तानेर जावलाखेल पुर्याएका हुन्। सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र छन्। परम्परागत बाजा, झाँकीसहित रातो मछिन्द्रनाथको रथ...
-
२०८१ श्रावण १७, बिहिबार
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइँदै
पाटन, वर्षा र सहकालका देवताका रुपमा पूजिने रातो मछिन्द्रनाथको रथ आज जावलाखेल पु¥याइने भएको छ । गुठी संस्थान ललितपुरका प्रमुख बैकुण्ठ आचार्यले दिनुभएको जानकारी अनुसार ललितपुर महानगरपालिका स्थित पुल्चोकका स्थानीयवासी सहित चन्द्रागिरि र कीर्तिपुर नगरपालिकाका सातगाउँवासीले संयुक्त रुपमा रथलाई तानेर आज जावलाखेल पु¥याइनेछ । सातगाउँमा सतुंगल, नैकाप, मछ्छेगाउँ, पाँगा, न गाउँ, बोशी गाउँ र कीर्तिपुर र...
-
२०८१ श्रावण १७, बिहिबार
गथांमुगः चःह्रे अर्थात घन्टाकर्ण चर्तुदशी
सुयोग ढकाल गठेमगंलघन्टाकर्ण चर्तुदशीयस चतुर्दशीलाई धातु दिनको रुपमा पनि लिइन्छ । बर्षभरिका चर्तुदशीहरुमध्य यस चर्तुदशीको महत्व निकै फरक र व्यबहारीक छ । आउनुहोस् जानौं गठेमगंल अर्थात घन्टाकर्ण चर्तुदशीका वारेमा केही कुराहरु ।गठेमगंललाई नेवाः भाषामा गथांमुगः भनिन्छ र यसै शब्दवाट अपभ्रशं हुँदै नेपालीमा गठेमंगल भएको बताइन्छ । यस दिन बाटाबाटामा राक्षसहरु या प्रेतआत्माहरुका लागि भनेंर पात या बोहोता,...
-
२०८१ श्रावण १७, बिहिबार
पाँच प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताउँदै विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।आज रात देशभर आंशिकदेखि साधारणतया...
-
२०८१ श्रावण १७, बिहिबार
शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन
नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व गुरुदेव कामतको ६९ वर्षको उमेरमा आज निधन भएको छ । केही महिनादेखि मिर्गौलामा समस्या देखिएपछि काठमाडौँमा उपचार गराई रहनुभएका उहाँ आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर जन्मथलो सिरहाको पोखरभिन्डा फर्किनुभएको थियो । दुई साताअघि जन्मथलो फर्किनुभएका उहाँले लहानस्थित अस्पतालमा डायलासिस गराई रहनुभएको थियो । गुरुदेव निकट मानिनुहुने कवि मुकुन्द पौडेलका...
-
२०८१ श्रावण १७, बिहिबार
राजनीतिक यात्राका ‘कुमार’नै ठहिरए, स्व. राजकुमार नकर्मीः चीरशान्तिको कामना
विरेन्द्र शाक्य ‘विविशा’मृत्यू कठोर सत्य हो, यो धर्तीमा जन्म लिएपछि सबै प्राणीले एकदिन मर्नै पर्दछ, जीवनसंगै अन्त्य पनि निश्चितनै छ । तर सृष्टिको यो सरल सत्य बुझेरै पनि मृत्यू आफैमा परिवार, आफन्तजन र शुभेच्छुकहरुका लागिमात्र होइन, आमरुपमा बेदना र पीडानै हो । र, भोग्नुपर्ने समय अवस्थामा असह्यनै बनिदिन्छ । कालगतिले हुने स्वभाविक मृत्यू त पीडादायी बनिदिन्छ भने असामयिकरुपमा हुने मृत्यूलाई स्विकार्न...
-
२०८१ श्रावण १६, बुधबार
आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३÷७४ मा पाँचवटा, २०७४÷७५ मा चारवटा, २०७५÷७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । आव २०७६÷७७ मा एउटा, २०७७÷७८ मा...
-
२०८१ श्रावण १६, बुधबार
ललितपुरका विभिन्न स्थान डुबानमा, २४ जनाको उद्धार, कान्तिलोकपथ ठप्प
गए राति परेको अविरल वर्षाका कारण ललितपुरका विभिन्न स्थान डुबानमा परेका छन् । ललितपुर प्रहरी परिसरका सूचना अधिकारी नरेशराज सुवेदीका अनुसार गए रातिको अविरल वर्षाका कारण ललितपुर महानगरपालिका–९ स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यालय र च्यासल फुटबल मैदान जलमग्न भएको छ । “डुबानमा परेका क्षेत्रमा उद्धारका लागि हामीले बुधबार बिहान १ बजेदेखि प्रहरी परिचालन गरेका थियौँ, बाढीको चपेटामा परेका...
-
२०८१ श्रावण १६, बुधबार
काठमाडौँमा बाढीः ३६ जनाको उद्धार
भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ । काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको...
-
२०८१ श्रावण १६, बुधबार
बल्खु पुलमुनि पुरुषको शव फेला
काठमाडौँ - काठमाडौँको बल्खु खोलामा एक जनाको शव फेला परेको छ । खोलामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । बाँके घर भएका सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । काठमाडौँ प्रहरीका अनुसार बुधबार बिहान बल्खु पुल मुनि अड्किएको अवस्थामा महतोको शव फेला परेको हो । बाँके घर भई सुकुम्वासी बस्तीमा बस्ने ४५ वर्षीय राम...


