-
२०८१ श्रावण ११, शुक्रबार
नौवर्षपछि बागलुङका नेवार हनुमान नाचमा रमाउँदै
बागलुङ - सोमबार साँझ बागलुङ बजारको नारायणचोकमा स्थानीयवासीको व्यापक चहलपहल थियो । पाकापुरानादेखि बालबालिकासम्म नारायणचोकमा भेला भएका थिए । केहीबेरमा नारायण मन्दिरको अघिल्तिरबाट मृदङ्गा र झ्यालीको ताल गुञ्जिन थाल्यो । ‘अखडा’मा लौरो समाएर तम्तयार भएका युवाहरू सोही तालमा लौरो जुझाउँदै नाच्न थाले । यो क्रम झण्डै डेढ घण्टा चल्यो । युवाहरू नौ वर्षको अन्तरालमा आगामी भदौ ११ देखि सुरु गर्न लागिएको...
-
२०८१ श्रावण ११, शुक्रबार
कान्छी मट्याङट्याङ गाउने गायक जोशीको निधन
काठमाडौं - नेपाली लोकसंगीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । झापाको दमक नगरपालिका–१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस भएका उनको उपचारका क्रममा लाइफलाइन अस्पतालमा निधन भएको हो । वि.सं. १९९३ मा धनकुटा बजारमा जन्मिएका गायक जोशीलाई जनस्तरबाट ‘लोकगीतका सम्राट’को उपाधि दिइएको थियो । उनले ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’, ‘वल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो...
-
२०८१ श्रावण ११, शुक्रबार
कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने
विराटनगर - कोसीमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् । नेकपा (एमाले) नेतृत्वको सरकारमा माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास, राजेन्द्र कार्की स्वास्थ्य र नारायण बहादुर मगर पर्यटन, वन तथा वातावरण मन्त्री छन् । यसैगरी बन्दना झागर पर्यटन राज्यमन्त्री छिन् । मुख्यमन्त्री...
-
२०८१ श्रावण ११, शुक्रबार
कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको मृत्यु, आज नगरपालिकामा शोक बिदा
काठमाडौं - कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको मृत्यु भएको छ । मिर्गौला रोगबाट पीडित नकर्मीको बिहीबार राति पौने ११ बजे वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कांग्रेसबाट मेयरमा निर्वाचित भएका निकर्मी विगत लामो समयदेखि मृगौला रोगबाट पीडित थिए। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि आज बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा राखिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद...
-
२०८१ श्रावण ११, शुक्रबार
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी निधन
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी निधन भएको छ। नकर्मी आज बिहान वीर अस्पतालको सघन उपचार क्रममा बिहीबार राति निधन भएको हो । उहां प्रति श्रदाञ्जली अर्पण गर्न उहांको पार्थिव शरीर बिहान ढस्ण्ण् बजे देखि नगर पालिका प्राङ्गन किर्तिपुरमा राखिने भएको छ ।लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचार गराइरहेका छन् ।
-
२०८१ श्रावण १०, बिहिबार
नेपालको पहिलो महिला मुख्य सचिव लीलादेवी गडतौला
काठमाडौं - सरकारले लीलादेवी गडतौलालाई मुख्य सचिवमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गडतौलालाई मुख्य सचिवमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। गडतौला निमिक्त हुँदै कामु मुख्य सचिवको रूपमा जिम्मेवारी निर्वाह गर्दै आएकी थिइन्। नेपालको प्रशासनिक इतिहासमा उनी पहिलो महिला मुख्यसचिव बनेकी हुन्। विसं २०५२ सालमा न्याय सेवाबाट प्रवेश गरेकी उनले...
-
२०८१ श्रावण १०, बिहिबार
बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार
हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले मन्त्रिपरिषद् विस्तार गरेका छन्। बिहीबार उनले नेपाली कांग्रेसका ४ जना मन्त्री नियुक्त गरेका हुन्। मुख्यमन्त्री लामाले नियुक्त गरेका मन्त्रीहरूमा मीनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने, विमल ठकुरी र प्रभात तामाङ छन्। नव नियुक्त मन्त्रीहरूको आजै मन्त्रालयसमेत तोकिएको छ। जसमध्ये मीनकृष्णलाई युवा तथा खेलकुद मन्त्रालय, सुरजचन्द्रलाई आन्तरिक...
-
२०८१ श्रावण १०, बिहिबार
कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मी वीर अस्पतालको सघन उपचार कक्षमा
कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गरप्रमुख नकर्मीको अहिले वीर अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।स्वास्थ्य अवस्था बिग्रिएपछि नगर प्रमुख नकर्मीलाई एक साताअघि अस्पताल भर्ना गरिएको थियो ।लामो समयदेखि मृगौला सम्बन्धी रोगको उपचार गराइरहेका छन् ।
-
२०८१ श्रावण १०, बिहिबार
तोलामा दुई हजार चार सयले घट्यो सुनको मूल्य
स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार चार सयले घटेको छ ।बुधबार प्रतितोला रु एक लाख ४७ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ ।यस्तै, बुधबार प्रतितोला रु एक लाख ४६ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ ।यस्तै, चाँदीको मूल्य प्रतितोला रु ५५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय पाँचमा...
-
२०८१ श्रावण १०, बिहिबार
निजामती ऐनमा दलित महिलाका लागि आरक्षणको सवाल
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रुपमा तटस्थ, पेसागत रुपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रका रुपमा विकास गर्ने उद्देश्यले ल्याइएको ‘निजामती सेवा विधेयक’ अहिले संसद्मा विचाराधीन छ । सो विधेयक समावेशी सिद्धान्तबमोजिम हुनुपर्नेमा महिला,...
-
२०८१ श्रावण १०, बिहिबार
सौर्य जहाज दुर्घटना : जाँचबुझ गर्न आयोग गठन
काठमाडौं - सरकारले विमान दुर्घटनाको जाँचबुझका लागि आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको हो । सदस्यहरूमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी,...
-
२०८१ श्रावण १०, बिहिबार
क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त
काठमाडौं - सौर्यको विमान दुर्घटनाबाट घाइते भएका क्याप्टेन मनिषरत्न शाक्य खतरामुक्त रहेका छन् । बुधबार साँझ सिनामंगलमा रहेको केएमसी अस्पताल पुगेर भेटेपछि ओलीले क्याप्टेन शाक्य खतरामुक्त रहेको जानकारी दिएका हुन् । "उहाँलाई आईसीयूमा उपचार गरिएको छ । चिकित्सक र परिवारजनसँग उहाँको अवस्थाबारे जानकारी लिएँ । उहाँ खतरामुक्त हुनुहुन्छ," ओलीले फेसबुकमार्फत भनेका छन् । प्रधानमन्त्री ओलीले 'अब यस्तो कहिल्यै...


