STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ श्रावण ९, बुधबार

    विमान दुर्घटना : बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने

    काठमाडौं - सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बैठकले पाँच सदस्यीय जाँचबुझ आयोग पनि गठन गरेको छ ।

  • २०८१ श्रावण ९, बुधबार

    नेपालको फेसन दुनियाँको नायक : फुपू तेन्जिङ शेर्पा

    बलिवुडमा सन् १९६९ मा एउटा चलचित्र आएको थियो— ‘प्रिन्स’ । जस्मा त्यसबेलाका चकलेटी हिरो शम्मी कपुर, बैजयन्ती मालालाई हेर्दै गीत गाउँछन् ‘बदन पे सितारे लपेटे हुए ओ जान ए तमन्ना किधर जा रही हो’ । त्यतिबेला गीतकार हसरत जयपुरीको शब्दले, बैजयन्ती मालाले लगाएको झिलिमिली सारीमा धेरैको नजर गएको थियो । ‘प्रिन्स’ चलचित्र प्रदर्शन भएपछि त्यो समयमा त्यस्तो सारी खुब बिक्री भयो भनिन्छ । आजभन्दा ५५  वर्षअघि नै...

  • २०८१ श्रावण ९, बुधबार

    सौर्य एयरलाइन्स जहाज दुर्घटना : १८ जनाको मृत्यु, पाइलट घाइते

    काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जना मृत्यु भएको पुष्टि गरेको छ। बु्धबार बिहान एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु र एक जना घाइते भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जानकारी दिएको छ। प्राधिकरणका अनुसार अनुसार बिहान ११:११ बजेमा पोखरा उडानको क्रममा उड्ने बितिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको...

  • २०८१ श्रावण ९, बुधबार

    सौर्य जहाज दुर्घटना : चार जनाको शव निकालियो

    काठमाडौँ- त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन । बुधबार करिब ११ बजे सौर्य...

  • २०८१ श्रावण ९, बुधबार

    पोखरा उड्न लागेको सौर्य एयरलाइन्सको जहाज काठमाडौंमा दुर्घटना

    काठमाडौँ - काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्ने बित्तिकै जमिनका खसेको  अधिकारीहरुले बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन प्राधिकरणका एक अधिकारीले विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको जानकारी दिए ।  ‘जहाज उड्नेबित्तिकै तुरुन्तै क्रास भएको पाइएको छ । अरु थप आउने क्रममा छ’, ती अधिकारीले भने । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि...

  • २०८१ श्रावण ८, मंगलबार

    धनीले कसरी खेल्छन् पैसाको खेल ?

    अमेरिकाका लगानीकर्ता चार्ली मुकारले भनेका थिए, “मेरो लक्ष्य धनी हुनु होइन, मात्र आर्थिक स्वतन्त्रता पाउनु थियो तर म धनी हुन पुगेँ ।” यस भनाइका आधारमा हामीले हाम्रो लक्ष्य आर्थिक स्वतन्त्रता हो वा सुरक्षा निक्र्यौल गर्नु जरुरी छ । मुकारले जस्तै आफूभित्र भएका स्वतन्त्रताको सम्भावनालाई जगाऔँ । गरिब र मध्यम वर्गका हरेक व्यक्ति आर्थिक स्वतन्त्रताभन्दा सुरक्षाको खोजीमा हुन्छन् । विशेष गरेर लगानी,...

  • २०८१ श्रावण ८, मंगलबार

    वर्षपछि बागलुङमा ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै

    नौ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो । घामका पहेँला किरणले नारायणचोक सुनौलो र मनमोहक देखिन्थ्यो । पुरानो लक्ष्मीनारायण मन्दिर, छेवैमा वरपिपल चौतारी, परम्परागत घर, पसल, गल्ली आदिले उहिलेको बागलुङ बजारको झल्को दिन्थ्यो । चौतारी र मन्दिरछेउ ढुङ्गा बिछ्याइएको चौडा गल्लीनेर हामी टक्क अडियौँ । जसलाई स्थानीय नेवार...

  • २०८१ श्रावण ८, मंगलबार

    उपसभामुख इन्दिरा रानामाथि छानबिन हुनुपर्छ : मुकुल ढकाल

      काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानामाथि राज्यले छानबिन गर्नुपर्ने बताएका छन्। ढकालले उपसभामुखको विषय पार्टी मात्रको विषय नभइ देशकै प्रतिष्ठासँग जोडिएको राज्यको उपल्लो तहको विषय भएकाले यसमा छानविन हुनुपर्ने बताएका हुन्। उनले आर्थिक लेनदेन भएकाले छानबिन गर्नुपर्ने बताए। ढकालले भने,‘उपसभामुखको विषय पार्टी मात्रको विषय नभएकाले...

  • २०८१ श्रावण ८, मंगलबार

    एक वर्षमा २३ अर्ब ६५ करोड ३९ लाख बराबरको सुन आयात

    काठमाडौं - गत आर्थिक वर्ष २०८०/८१ मा २३ अर्ब ६५ करोड ३९ लाख बराबरको सुन आयात भएको छ। भन्सार विभागले सार्वजनिक गरेको गत आवको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालले एक वर्षमा सो मूल्य बराबरको सुन आयात गरेको हो। गत आवमा नेपालले सबैभन्दा धेरै  १० अर्ब ५७ करोड २४ लाख बराबरको कार्पेट र  सात अर्ब ९३ करोड ८१ लाख बराबरको अलैँची निर्यात गरेको छ । गत आवमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात भएको छ । ...

  • २०८१ श्रावण ८, मंगलबार

    अमेरिकी राष्ट्रपतिमा कमला ह्यारिसलाई समर्थन गर्ने जो बाइडनको घोषणा

    काठमाडौं - अमेरिकाका राष्ट्रपति जो बाइडनले आफू फेरि राष्ट्रपति बन्ने चुनावी दौडबाट बाहिरिएको घोषणा गरेका छन्। आगामी नोभेम्बरमा हुने नयाँ राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारी त्यागेर उनले उपराष्ट्रपति कमला ह्यारिसलाई अघि सारेका हुन्।  उनले डेमोक्र्याटिक पार्टीबाट ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बनाउन समर्थन गर्ने घोषणा गरेका हुन्।  ८१ वर्षीय बाइडनले एक विज्ञप्ति जारी गर्दै आइतबार राती  ‘...

  • २०८१ श्रावण ८, मंगलबार

    श्रावण २५ गते आउने "नालापानी”को नयाँ ट्रेलर सार्वजनिक

    रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोरखाली फिल्म, गङ्गा नारायण फिल्म र बिजीबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको ऐतिहासिक चलचित्र ‘नालापानी’ साउन २५ गतेदेखि देशभर एकै साथ प्रदर्शन हुने भएको छ। यो चलचित्रको सोमबार बुढासुब्ब डिजिटलमार्फत ट्रेलर सार्बजनिक गरिएको हो । यस अघि साउन १८देखि देशभर यो चलचित्र प्रदर्शन गर्ने तय भएपनि एक साता पर सारेर अब साउन २५ गतेदेखि सिनेमाघरमा आउने भएको कुरा लेखक,...

  • २०८१ श्रावण ७, सोमबार

    पूर्वराज्यमन्त्रीको हत्या : पाहुनाहरू शंकाको घेरामा

    मलंगवा - धान रोपाई गराउन सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ पुगेका पूर्व भूमि सुधार राज्यमन्त्री रामचन्द्र रायको आइतबार राति हत्या गरिएको छ। मलंगवा नगरपालिका वडा नं. ४ का ८० वर्षीय रायको उखुँ काट्ने धारिलो हतियारले हत्या गरिएको छ। ३ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरूले रायको हत्या गरेका हुन्। रायको करिब साढे ११ बजे राति हत्या भएको प्रहरीको अनुमान छ। राय उक्त घरमा सहयोगी रामउजैन रायको साथमा...

Pages