STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ श्रावण १४, सोमबार

    बुद्धजयन्ती मेलाको आम्दानीले विद्यार्थीलाई पोसाक र यातायात सुविधा

    पर्वत, गत जेठमा सम्पन्न २५ सय ६८औँ बुद्धजयन्ती मेलाबाट सङ्कलित रकमले यहाँको एक विद्यालयका विद्यार्थीलाई पोसाक र यातायात सुविधाको व्यवस्था गरिएको छ । यहाँको जलजला गाउँपालिका–९ बनौँमा सञ्चालित बनौँ युवा क्लबद्वारा सञ्चालित मेलाको आम्दानीले स्थानीय बनौँ माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई पोसाक वितरण गर्नाका साथै निःशुल्क विद्यालय आवजावत गर्न यातायात सुविधा मिलाइएको हो । बनौँ युवा क्लबले...

  • २०८१ श्रावण १४, सोमबार

    “भाषाको संवर्द्धनमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण”

    वाशिङ्गटन डिसी,  नेपाली भाषा र साहित्यको क्षेत्रमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण हुने आइतबार यहाँ आयोजित एक कार्यक्रमका सहभागीहरुले बताउनुभएको छ । मेरिल्यान्डमा अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज अनेसासले आयोजना गरेको अन्तरक्रियाका सहभागीहरुले विश्वभर छरिएर बसेका नेपालीसँगै  भाषा र साहित्य पनि ती भूगोलमा पुगेकाले नेपाली भाषीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो । मेरिल्यान्ड...

  • २०८१ श्रावण १४, सोमबार

    पोखरामा स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २८ जना घाइते

    पोखरा - पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् । आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग...

  • २०८१ श्रावण १३, आइतबार

    तीन ग्यालरीमा ‘रास लिला द डिभाइन डान्स’ कला प्रदर्शनी जारी

    काठमाडौँका विभिन्न आर्ट ग्यालरीमा चित्रकला प्रदर्शनी भइरहेका छन् । बबरमहलस्थित नेपाल कला परिषद्मा कलाकार प्रियम प्रधान र उहाँको समूह मिलेर बनाएका सिर्जना प्रदर्शन गरिएका हुन् । उहाँको कला प्रर्दशनीको शीर्षक ‘रास लिला द डिभाइन डान्स’ राखिएको छ । शीर्षकअनुसार कलामार्फत महाभारतमा समकालीन कथाहरु प्रस्तुत गरिएका छन् । मूर्तिकला, प्रतिस्थापन कला, चित्रकला, कपडाहरु, सङ्गीत र लघु चलचित्रका माध्यम अपनाएर...

  • २०८१ श्रावण १३, आइतबार

    डा.मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन

       डा.मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । उहाँले आज आयोगमा निवेदन दर्ता गराउनुभएको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिनुभयो । डा ढकालले पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय अवैधानिक भएको र रास्वपाका कुनै...

  • २०८१ श्रावण १३, आइतबार

    कलाकर्मि पवन जोशीको भव्य सम्मान सम्पन्न

    नेपालभाषा र खस जेपाली भाषामा समेत सकृय वरिष्ठ निर्देशक, कलाकार साथै रचनाकार पवन जोशीको सम्मान कार्यक्रम सम्पन्न भएको छ । लहना मिडियाले शुक्रबार काठमाडौंमा पवन जोशी सन्ध्या ११४४ कार्यक्रमको आयोजना गरी जोशीलाई सम्मान गरेको हो । नेपाली र नेपालभाषा गरी जोशीको रचनामा सय वटा गीत रेकर्डिङ भएको अवसरमा जोशीलाई भव्य सम्मान गरिएको हो । सम्मानको क्रममा लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जोशीलाई...

  • २०८१ श्रावण १२, शनिबार

    विश्व आदिवासी दिवस मनाउन जातीय संघसंस्थाहरूसँग छलफल

    प्रत्येक वर्ष ईश्वी सम्बत अनुसार अगस्ट ९ तारीख मनाउँदै आएको  विश्व आदिबासी दिवसको  ३०औँ संस्करणको आयोजना गर्न जातीय संघसंस्थाहरूसँग छलफल भएको छ । यस वर्ष आदिबासी दिवस ‘संविधान प्रदत्त अधिकार आदिवासीहरूको विशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यान्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर !!’ भन्ने मूल नारासहित मनाउन लागिएको छ । नेफिनको...

  • २०८१ श्रावण ११, शुक्रबार

    नकर्मीको शोकमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

    काठमाडौं - आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।  हिजो मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ।  नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए। विकास प्रेमी एवं समाजसेवीका...

  • २०८१ श्रावण ११, शुक्रबार

    जहाज दुर्घटना : को–पाइलटसहित चार परिवारले शव बुझे

    काठमाडौं - सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये चार शव परिवारले बुझेका छन् । शुक्रबार त्रिवि शिक्षण अस्पताल परिसरबाट चार शव परिवारले बुझेका हुन् । केही परिवारले भने माग पूरा नहुँदासम्म शव नबुझ्ने बताएका छन् । बीमा, क्षतिपूर्ति लगायतका विषय सरकार र विमान कम्पनीले प्रष्ट पारेपछि मात्र शव बुझ्ने उनीहरूको अडान छ । बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका...

  • २०८१ श्रावण ११, शुक्रबार

    कोसीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा

    काठमाडौं - कोसी प्रदेश सरकारका सम्मिलित नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा बुझाएका छन्।  शुक्रबार दिउँसो मुख्यमन्त्री कार्यालय पुगेर उनीहरूले राजीनामा बुझाएका हुन्। त्यसअघि माओवादीका तर्फबाट मन्त्री बनेका माओवादी नेताहरूले पत्रकार सम्मेलन गर्दै सरकार छाड्ने घोषणा गरेका थिए। उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीले सहमतिको सरकार बनाउन चाहेका कारण आफूहरूले...

  • २०८१ श्रावण ११, शुक्रबार

    पेरिसमा ओलम्पिक आजदेखि सुरु

    काठमाडौं - फ्रान्सको पेरिसमा आयोजित ओलम्पिक–२०२४ आजदेखि आधिकारिक रूपमा सुरु हुँदै छ । प्रतियोगिताअन्तर्गत पुरुष फुटबल जुलाई २४ देखि सञ्चालन गरिएको थियो । महिला फुटबल जुलाई २५ देखि सुरु गरिएको थियो । प्रतियोगितामा विश्वभरका कुल २०६ देशको सहभागिता छ । आप्रवासी ओलम्पिक टिम समेत समावेश छन् । प्रतियोगितामा ३२ खेलका ३२९ इभेन्टमा प्रतिस्पर्धा हुनेछ । त्यसमा विश्वभरका कुल १० हजार ७१४ खेलाडीको सहभागिता छ...

  • २०८१ श्रावण ११, शुक्रबार

    काठमाडौँ उपत्यकाका तीन जनामा हैजा पुष्टि

    काठमाडौँ - काठमाडौँ उपत्यकाका तीन जनामा हैजा पुष्टि भएको छ । हैजा पुष्टि भएका तीन जनामध्ये एक जना सम्पर्कविहीन भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले बताएका छन् । उनका अनुसार ललितपुरको गोदावरी नगरपालिका– १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि एक साता पहिला अस्पताल ल्याइएको थियो । उनीहरूमध्ये एक जना १६ वर्षीय बालक टेकु...

Pages