-
२०७६ आषाढ १३, शुक्रबार
कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक
रोजगार अनुमति प्रणाली इपिएस अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । भाषा परीक्षामा ९२ हजार ३७६ सहभागी भएकामा १२ हजार नौ जनामात्र उत्तीर्ण भएको इपिएस कोरिया शाखाले जनाएको छ । उत्पादनमूलक क्षेत्रतर्फ नौ हजार १४३ र कृषि क्षेत्रतर्फ दुई हजार ८७६ युवा उत्तीर्ण भएका छन् । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले परीक्षा दिएका...
-
२०७६ आषाढ १२, बिहिबार
तीन दशकपछि कालोपत्रे हुँदै
डडेल्धुरको वुडर जोगबुढा सडक निर्माण शुरु भएको तीन दशकपछि कालोपत्रे लगायतको काम शुरु भएको छ । डोटी वुडरदेखि डडेल्धुराको सदरमुकाम जोगबुढासम्मको ३० किलो मिटर सडकमा कालोपत्रेको काम थालिएको हो । पूर्वाधार विकास कार्यालय डडेल्धुराको करीब ५२ करोड रुपैयाँको लागतमा सडक कालोपत्रे गर्ने काम थालिएको हो । हाल सडकको चौडा गर्ने र पर्खाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । सिएसटी प्रविधिमा सडक...
-
२०७६ आषाढ १२, बिहिबार
माथिल्लो तामाकोशीको ठाडो सुरुङमा पेनस्टक पाइप जडान
माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालाई अर्को सफलता मिलेको छ । माथिल्लोे ठाडो सुरुङमा पेनस्टक पाइप जडानका लागि पाइप जोडिएको छ । एउटा पाइप माथिबाट तल सफलतापूर्वक पु¥याएसँगै जडानकार्य पनि शुरु भएको छ । लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण ठाडो सुरुङको दुवैमा पाइप जडान शुरु भएको हो । मङ्गलबार माथिल्लो ठाडो सुरुङमा साढे दुई मिटर लम्बाइ र नौ टन तौल भएको पाइप ३५ टन तौल क्षमताको क्रेनबाट दुई...
-
२०७६ आषाढ १२, बिहिबार
गाँठेकीराले कोदोबाली नष्ट, पुनः बीउ छर्कँदै किसान
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–३ मा गाँठेकीरा रोगले कोदोबाली नष्ट गरेको छ । वडा नं ३ मा रहेको गुसालेकमा गत चैतमा लगाएको कोदोबाली रोगले नष्ट गर्दा स्थानीयवासी चिन्तित छन् । गत चैतमा कृषकले खेतबारीमा छर्केको कोदोबाली कात्तिकमा उत्पादन हुने भए पनि गाँठेकीराले बाली नष्ट गर्दा त्यहाँका कृषकलाई समस्या बनाएको छ । पहाडी क्षेत्रमा उत्पादन हुने कोदोबालीमा रोग फैलिँदा उम्रिदै गरेको...
-
२०७६ आषाढ १२, बिहिबार
सवारीसाधनलाई म्यार्दीखोला बाधक बन्यो
लमजुङ–मनाङ आवतजावत गर्ने एक मात्र बेँसीशहर चामे सडकखण्डमा पर्ने म्यार्दीखोलामा रहेको मोटरेवल पुल बगाएपछि सवारीसाधनलाई म्यार्दीखोला बाधक बनेको छ । लमजुङ–मनाङको सिमानामा रहेको सो पुल आइतबारको बाढीले बगाउनुका साथै खोलामा गहिरो गल्छी बनाइदिएपछि सवारीसाधन तर्नसक्ने अवस्था छैन । पुल निर्माण हुनुअघि हिउँदमा र पानीको बहाव सानो भएको बेलामा खोलाबाटै सवारीसाधन तार्ने गरिएकामा खोलो गहिरिएकाले अहिले सवारीसाधन...
-
२०७६ आषाढ १२, बिहिबार
पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध
माथिबाट आएको लेद सडकमा जमेपछि पृथ्वी राजमार्ग आज रातिदेखि अवरुद्ध भएको छ । धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजारबाट महेशदोभान बजारसम्म एक किलोमिटर सडकमा बालुवा र माटोको लेदो जमेको हो । लेदोमा केही सवारीसाधन समेत फँसेका छन् । सडकभन्दा माथि बालुवा निकालिएको छ । बालुवा निकालिएपछि राति परेको वर्षाका कारण लेदो सडकसम्म आएको हो । राजमार्ग माथिबाट खनिएको सडकलाई व्यवस्थित गर्न नसक्दा सडक खन्दा निस्किएको...
-
२०७६ आषाढ १२, बिहिबार
मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुईको मृत्यु
बुधबार साँझ चितवनको भरतपुर महानरपालिका–१८ भेटघाटचोकमा एकापसमा मोटरसाइकल ठक्कर खाँदा दुईको मृत्यु भएको छ । साँझ ६ बजे ना५३प ५२४७ नंको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग९प ११८५ नंको मोटरसाइकल एकापसमा ठक्कर खाएको हो । दुर्घनामा गम्भीर घाइते भएका ना५३प ५२४७ नंको मोटरसाइकल चालक भरतपुर–१८ का १७ वर्षीय राजन भट्ट र ग९प ११८५ नंको मोटरसाइकल चालक भरतपुर–१८ कै २८ वर्षीय रामचन्द्र गौडेलको उपचारको क्रममा...
-
२०७६ आषाढ १२, बिहिबार
म्याडागास्करमा भागदौड, १५ जनाको मृत्यु
म्याडागास्करको स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै अरु ७५ जना घाइते भएका छन् । म्याडागास्कर प्रहरीका अनुसार म्याडागास्करको ५९औं स्वतन्त्रता दिवसका अवसरमा महामसिना रंगशालामा भागदौड मच्चिएको थियो । म्याडागास्करका राष्ट्रपति आन्द्रे रजोलिना र आमन्त्रित मुख्य अतिथि रुवान्डाका राष्ट्रपति पल कागामे उक्त समारोहमा उपस्थित हुनुहुन्थ्यो ।...
-
२०७६ आषाढ १२, बिहिबार
जी२० शिखर सम्मेलनका लागि नेताहरु जापान आउनेक्रम शुरु
चिनियाँ राष्ट्रपति सी चिनफिङ बीसवटा औद्योगिक राष्ट्रहरुको समूह जी२० को शिखर सम्मेलनमा सहभागी हुन बिहीबार जापानको ओशाका आइपुग्नुभएको छ । विश्वव्यापी व्यापारका सन्दर्भमा प्रमुख आद्योगिक राष्ट्रहरुबीच मतान्तर रहेकै समयमा हुन लागेको यस सम्मेलनको पूर्वसन्ध्यामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप करवृद्धि गर्ने चेतावनी दिनुभएको छ । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु अमेरिका र चीनबीच...
-
२०७६ आषाढ १२, बिहिबार
बालगृहका नाममा विकृति
जिल्लामा बालगृहका नाममा कानून मिच्दै बालबालिका जम्मा गरेर अर्थोपार्जन गर्ने गरेको पाइएको छ । कतिपय बालगृहलाई धर्मप्रचारको केन्द्रसमेत बनाइएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ को परिच्छेद ५ को बालबालिकाको विशेष संरक्षण र पुनःस्थापनासम्बन्धी व्यवस्था गरिएको ऐनको दफा ४८ मा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकालाई मात्रै बालगृहमा राख्न पाइने व्यवस्था छ । भरतपुर महानगरपालिकाका महिला विकास अधिकृत...
-
२०७६ आषाढ १२, बिहिबार
‘बागलुङ भ्रमण वर्ष घोषणा’
जिल्लाकोबागलुङ नगरपालिकाले विसं २०७७ लाई ‘बागलुङ भ्रमण वर्ष’ घोषणा गरेको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश गरेको छ । नगरले भ्रमण वर्षमा प्रचारप्रसारस्वरुप रु तीन लाख विनियोजन गरेको छ भने उद्यम तथा रोजगार सिर्जना, गरीब न्यूनीकरण र पर्यटन शीर्षकका लागि रु ८३ लाख बजेट छुट्याइएको छ । भ्रमण वर्षको घोषणा गरी बागलुङमा पर्यटन भित्र्याउन आन्तरिक भ्रमण वर्ष मनाउने...
-
२०७६ आषाढ १२, बिहिबार
पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भवन अभाव
इञ्जिनीयरिङ पढ्ने विद्यार्थीको केन्द्रका रुपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पसलाई अहिले भवनको अभाब भएको छ । क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ सङ्काय खोल्न वा सिट सङ्ख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । समयको मागअनुसार विषय र...


