-
२०७६ आषाढ १३, शुक्रबार
पर्यटक बसका चालक र सहचालकलाई तालीम
नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवं सहचालकलाई तालीम दिइएको छ । पर्यटक आउँदा वा जाँदा पहिलो र अन्तिम सम्पर्क व्यक्ति चालक एवं सहचालक हुने भएकाले उनीहरूलाई पर्यटकसँग गरिने व्यवहार, आतिथ्यता, अत्यावश्यकीय प्राविधिक जानकारीलगायतका विषयमा प्रशिक्षण दिइएको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका निर्देशक मणि...
-
२०७६ आषाढ १३, शुक्रबार
झापामा प्रदेशस्तरीय खोज पत्रकारिता तालीम
प्रदेश नं १ का पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चारगृह झापाले बिहीबारदेखि तीनदिने खोज पत्रकारिता तालीम शुरु गरेको छ । प्रदेश नंं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित तालीममा पाँचथर, इलाम, झापा, मोरङ र सुनसरीमा क्रियाशील ६० पत्रकारको सहभागिता छ । झापाको विर्तामोडमा सञ्चालित तालीममा प्रशिक्षकहरु मोहन मैनाली, चन्द्र भण्डारी र चिन्तामणि दाहाल...
-
२०७६ आषाढ १३, शुक्रबार
नदीले बगाएर एक बेपत्ता, एकको उद्धार
तनहुँको देवघाट गाउँपालिका–५ स्थित कालीगण्डकी नदीले बगाउँदा बिहीबार साँझ एक बेपत्ता भएका छन् । अर्का एक जनाको भने जीवितै उद्धार गरिएको छ । कालीगण्डकी नदीको किनारमा पौडी खेल्ने क्रममा नदीले बगाएर काठमाडौँ वनस्थली बस्ने २१ वर्षीय किरण घिमिरे बेपत्ता भएका हुन् । घिमिरेसँगै पौडी खेलेका चितवन भरतपुर महानगरपालिका–११ बसेनी बस्ने २३ वर्षीय शिवहरि सुवेदीलाई भने जीवितै उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय...
-
२०७६ आषाढ १३, शुक्रबार
प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाइने
प्रदेश नं २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश नं २ लाई कृषि प्रधान प्रदेश बनाउने गरी नीति तथा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको बताउनुभएको छ । आँप उत्पादनको दृष्टिकोणले अग्रणी मानिने सप्तरीको सुरुङ्गा नगरपालिका–६ श्रीपुर कुशहामा शुरु भएको राष्ट्रिय आँप महोत्सव २०७६ को उद्घाटन कार्यक्रममा मन्त्री साहले प्रदेश नं २ लाई कृषिमार्फत नै समृद्ध बनाउन सकिने भएकाले...
-
२०७६ आषाढ १३, शुक्रबार
सुस्तावासीलाई आफ्नै वडा कार्यालय पुग्न सास्ती
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीलाई आफ्नै वडा कार्यालय भवन आउन सास्ती भोग्नुपर्ने बाध्यता रहँदै आएको छ । सङ्घीय संरचनाअनुसार सुस्तागाउँ, सुस्ता गाउँपालिका–५ मा पर्दछ । तर सुस्तामा भने वडा कार्यालय भवन छैन । नारायणी नदीपारि सो वडा कार्यालयको भवन पक्लिहवाको रामनगरमा छ । कार्यालय भवन आउन सुस्तागाउँदेखि करीब दुई घण्टासम्म लाग्ने गर्दछ । विशेषगरी सहज यातायातको पहँुच नहँुदा...
-
२०७६ आषाढ १३, शुक्रबार
पूर्वप्रधानमन्त्रीलगायत चार सयले अवलोकन गरे रिमालको एकल प्रदर्शनी
आर्किटेक्ट इञ्जिनीयर तथा चित्रकार शङ्करनाथ रिमालको एकल प्रदर्शनीलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत अन्य नेताले अवलोकन गर्नुभएको छ । असार ५ गतेबाट शुरु भएको प्रदर्शनीमा लगभग चार सयले अवलोकन गरेको रिमालले जानकारी दिनुभयो । “आगामी दिनमा मेरो कलालाई थप निखार्दै जानेछु”, उहाँले भन्नुभयो । प्रदर्शनीका...
-
२०७६ आषाढ १३, शुक्रबार
सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु
सप्तरीको सप्तकोशी नगरपालिकामा पनि डेङ्गु सङ्क्रमण देखिएको छ । सप्तकोशी नगरपालिका–२ की २६ वर्षीया अनिता राजधामीको कञ्चनपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रगत परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण देखिएको हो । निरन्तर आएको ज्वरो कम नभएपछि स्वास्थ्य केन्द्रमा जाँच गर्दा राजधामीमा डेङ्गुको सङ्क्रमण देखिएको कञ्चनरुप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डम्बर गुप्ताले बताउनुभयो । उहाँकी दिदी धरानमा बसोबास...
-
२०७६ आषाढ १३, शुक्रबार
उद्योगमा भारतीय कामदार, होटलमा स्थानीयलाई प्राथमिकता
बाँकेमा ठूला उद्योग खुल्नेक्रम बढे पनि स्थानीयवासीले रोजगारी भने पाउन सकेका छैनन् । अधिकांश उद्योगमा भारतीय कामदार कार्यरत छन् । उद्योग विभागको तथ्याङ्कअनुसार विसं २०४६ यता बाँकेमा ८८ ठूला उद्योग दर्ता भए । तर, ती उद्योगमा भारतीय कामदारकै बाहुल्य रह्यो । सञ्चालन भइरहेका अधिकांश उद्योग १० वर्षे सशस्त्र द्वन्द्वका कारण धरासायी बन्न पुगे । विसं २०६२÷६३ पछिको राजनीतिक परिवर्तनसँगै जिल्लामा पुनः एकपछि...
-
२०७६ आषाढ १३, शुक्रबार
पाँच वर्षदेखि रोकिएको राहुघाट निर्माण सञ्चालन
ठेकेदार कम्पनी टाट परेपछि पाँच वर्षदेखि रोकिएको म्याग्दीस्थित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम सञ्चालन भएको छ । नेपाल विद्युत् प्राधिकरणले विसं २०६६ देखि शुरु गरेको आयोजनाको काम तत्कालीन ठेकेदार कम्पनी आइभिआरसियल टाट पल्टिएपछि २०७१ सालदेखि रोकिएको थियो । पाँच वर्षमा करीब १० प्रतिशत मात्र काम भएको थियो । प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध...
-
२०७६ आषाढ १३, शुक्रबार
जलेश्वर कारागार डुबानमा
आज बिहान मुसलधारे पानी परेपछि जलेश्वर कारागार डुबानमा परेको छ । बिहान ५ बजेबाट करीब डेढ घण्टासम्म भीषण रुपमा परेको मुसलधारे पानीको कारण महोत्तरी, धनुषा र केही वर्षदेखि सर्लाही जिल्लाको समेत संयुक्त कारागारको रुपमा रहेको जलेश्वर कारागार डुबानमा परेको हो । झण्डै १६० वर्ष पुरानो राणाकालीन समयमा निर्माण भएको जलेश्वर कारागार जलेश्वर नगरपालिका–२ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाको बेला यो...
-
२०७६ आषाढ १३, शुक्रबार
घर सम्पन्न प्रमाणपत्र लिन दुई वटा बिरुवा अनिवार्य
तनहुँको व्यास नगरपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणले नयाँ घर निर्माण गर्दा दुई वटा बिरुवा अनिवार्य रोपण गर्नुपर्ने भएको छ । हरियाली नगर बनाउने उद्देश्यका साथ नगरपालिकाले घर निर्माण सम्पन्न प्रमाणपत्र लिनुअघि न्यूनतम दुई वटा बोटबिरुवा रोपण गर्नुपर्ने नीति ल्याएको हो । नगरपालिकालाई हरियाली नगर बनाउने उद्देश्यका साथ बिरुवा रोपण अभियान सञ्चालन गर्न लागिएको उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो । “...
-
२०७६ आषाढ १३, शुक्रबार
प्रकृति, संस्कृति र धार्मिकताको आकर्षण स्वर्गद्वारी
स्वर्गद्वारी अर्थात स्वर्गको ढोका । शाब्दिक अर्थमा पनि स्वर्ग भन्नाले कुनै किसिमको दुःख, अशान्ति असर पार्न नसक्ने स्थान विशेषलाई बुझाउँछ । शब्दमा वर्णन गरे जस्तै प्रकृति, संस्कृति र धार्मिकताको अनुपम सङ्गम बनेको प्यूठानको धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी । यो नेपालका महत्वपूर्ण धार्मिक तीर्थस्थलमध्येको एक हो । यहाँ नपुगेसम्म हिन्दूहरूको तीर्थयात्रा अपुरो बन्ने जनविश्वासका कारण पनि यहाँ...


