-
२०७६ आषाढ १६, सोमबार
चार सय धारा जडान
तनहुँको ब्यासनगरपालिका–१४ ले वडाका ३९१ घरधुरीमा धारा जडान गरेको छ । आर्थिक वर्ष २०७४÷७५ देखि चालु आवको हालसम्म ती धारा जडान गरिएको हो । एक घर एक धारा अभियानअन्र्तगत योजना प्राथामिकतामा राखेर प्रत्येक घर घरमा पानीको धारा जडान गरिएको सो वडा कार्यालयले जनाएको छ । वडाको रुम्सीमा ११३, ठिन नयाँ गाउँकोटमा ७१, मास्दीमा ४५, सुडेमा ४६, हर्कपुरमा ३८, छाब्दी कैजलेमा ३६, बेलभञ्ज्याङमा २२ र राशि भञ्ज्याङमा २०...
-
२०७६ आषाढ १६, सोमबार
डिजे पड्किँदा युवाको मृत्यु
महोत्तरीमा प्रतिबन्धित डिजे बाजा बजाउने क्रममा भङ्गहा नगरपालिका–२ सिङ्ग्याहीमा आज एक जनाको विद्युत् चुहिएर विष्फोट हुँदा मृत्यु भएको छ । सिङ्ग्याहीका सन्तोष साहकी छोरीको विवाहमा ल्याइएको डिजे बाजा बजाउने क्रममा मनराशिशवा नगरपालिका–४ का १९ वर्षीय सञ्जय पण्डितको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रथमा डिजे बाजा राखेर मोबाइलबाट गीत बजाउँदै बस्ती घुम्ने क्रममा विद्युत् चुहिएर विष्फोट...
-
२०७६ आषाढ १६, सोमबार
श्रीलङ्कामा डेङ्गुका कारण ३५ को मृत्यु, २३ हजार प्रभावित
श्रीलङ्कमा डेङ्गुका कारण पछिल्लो छ महिनामा कम्तीमा ३५ जनाको मृत्यु भएको छ । सरूवा रोग नियन्त्रण इकाईले सोमबार दिएको जानकारी अनुसार यस अवधिमा अरु २३ हजार जना डेङ्गुबाट प्रभावित भएका छन् । जुलाईको अन्त्यसम्ममा कुल प्रभावितको संख्या २३ हजार ८४२ रहेको अधिकारीहरुले जानकारी दिएका छन् । सवैभन्दा धेरै कोलम्बो जिल्लाका प्रभावित भएको पाइएको छ । प्राप्त विवरण अनुसार कोलम्बोमा पाँच हजार ५९ जना प्रभावित भएका...
-
२०७६ आषाढ १४, शनिबार
मोटरसाइकल ¥याली
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको संयोजन तथा विभिन्न संघसस्था द्धारा आज शनिवार १० बजे मोटरसाइकल ¥याली सुरु भएको छ । यो ¥याली काठ्माडौ, भक्तपुर हुदै किर्तिपूर पुगि जनचेतना कार्यक्रम गर्ने भएको छ । यो ¥याली सडक बिस्तार सम्बन्धी तथा सडक विस्तार पिडित पक्षको लागि गरिएको भन्ने बारे संरक्षण सयुंक्त सर्घष समितिबाट सुमन सायमी जानकारी दिनु भएको हो
-
२०७६ आषाढ १४, शनिबार
सिसडोलमा आन्दोलन : प्रहरी र स्थानीयवासीबीच झडप
काठमाडौँको फोहर व्यवस्थापन गर्ने मुख्य क्षेत्र नुवाकोटको सिसडोलका बासिन्दा पुनः आन्दोलनमा उत्रेका छन् । नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलका बासिन्दाले क्षतिपूर्ति पुनरावलोकनलगायतका माग गर्दै ‘ल्याण्डफिल्ड साइड’ एक हप्तादेखि बन्द भएपछि वार्ता गर्न पुगेका काठमाडौँ महानगरपालिकाको टोलीसँग कुरा नमिलेपछि झडप भएको हो । झडपका क्रममा केही स्थानीयवासी र केही प्रहरी घाइते भएका छन् । महानगरीय प्रहरी...
-
२०७६ आषाढ १३, शुक्रबार
स्वास्थ्य चौकीमा खानेपानी अभाव हुँदा सुत्केरीसेवा प्रभावित
डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह कम भएपछि खानेपानीको चरम अभाव भएको हो । स्वास्थ्य संस्थामा नै खानेपानी अभाव हुँदा सुत्केरी सेवासँगै अन्य बिरामी र कर्मचारीले सास्ती भोग्नुपरेको छ । बर्थिङ सेन्टरसमेत रहेको यस स्वास्थ्य...
-
२०७६ आषाढ १३, शुक्रबार
एएफयूको भवन बनाउन त्रिविले रोक्यो
कृषि तथा वन विज्ञान विश्वविद्यालय एएफयू र त्रिभूवन विश्वविद्यालय ९त्रिवि० बीच जग्गाको विवाद बढेपछि वन विज्ञान सङ्काय हेटौँडा क्याम्पस मकवानपुरमा एएफयूले निर्माण गर्न लागेको भवनको काम रोकिएको छ । यही असार ९ गते एएफयूले शिलान्यास गरेर शैक्षिक भवनको निर्माण कार्य सुरु गरेको थियो । भवनको प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभएको थियो । एएफयूका उपकुलपति प्रा।डा। ईश्वरीप्रसाद...
-
२०७६ आषाढ १३, शुक्रबार
विभिन्न विधामा तीन पत्रकार सम्मानित
नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित एवं स्थापित विभिन्न तीन विधाका पत्रकारिता पुरस्कारबाट तीन पत्रकारलाई सम्मान गरिएको छ । पोखरा पत्रकारिता पुरस्कार, २०७५ बाट श्यामनाथ कुँवरलाई सम्मान गरिएको छ । उहाँलाई रु ३५ हजार एक नगदसहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । त्यसैगरी गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार, २०७५ बाट पत्रकार त्रिभुवन पौडेल सम्मानित हुनुभएको छ । सो...
-
२०७६ आषाढ १३, शुक्रबार
पोर्चुगलमा चम्केका नेपाली म्याराथुन धावक आइते तामाङ
कुनै बेला नेपालमा म्याराथुन धावकका रूपमा चम्केका एक नेपाली युवा यतिबेला भने उत्कृष्ट म्याराथुन धावककै रूपमा युरोपमा समेत चम्किन सफल भएका छन् । काभ्रे, गणेशथानका ३४ वर्षीय आइते तामाङ पोर्चुगलमा आयोजना हुने ट्रेल म्याराथुन दौडमा आफूलाई अब्बल साबित गर्दै उत्कृष्ट अल्ट्रा धावकका रूपमा चम्कन सफल भएका हुन् । सन् २०१६ देखि पोर्चुगल बस्दै आएका तामाङले सन् २०१६ र २०१८ को बीचमा पोर्चुगलमा भएका छुट्टाछुट्टै...
-
२०७६ आषाढ १३, शुक्रबार
समाचार प्रभाव कुष्ठरोगका कारण ३० वर्षदेखि जङ्गलमा बसेका सुनारी घरमा फिर्ता
विगत ३० वर्षदेखि जङ्गलमा बास बस्दै आउनुभएका पाल्पाको निस्दी गाउँपालिकाका एक वृद्ध अहिले घर फर्कनुभएको छ । निस्दी–४ मित्यालका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब ७०० मिटर टाढा जङ्गलमा बस्दै आउनुभएको थियो । जङ्गलमा बास बस्दै करीब ३० वर्ष बिताउनुभएका सुनारीको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि स्थानीय सरकारको पहलमा उहाँलाई घर फर्काइएको छ । गाउँपालिकाका...
-
२०७६ आषाढ १३, शुक्रबार
एक मेगावाट क्षमताको विद्युत् शिलान्यास
कर्णाली प्रदेशको जुम्ला पातारासी गाउँपालिका–१ गडीगाउँस्थित एक मेगावाट क्षमताको जलविद्युत् शिलान्यास गरिएको छ । चुकेनी खोला विद्युत् सहकारी संस्थाअन्तर्गत निर्माण हुन लागेको ९९८ किलोवाट करीब एक मेगावाट को चुकेनी खोला साना जलविद्युत् आयोजना कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बिहीबार शिलान्यास गर्नुभएको हो । सो अवसरमा उहाँले दुर्गमका जनताका लागि उत्पादित विद्युत्...
-
२०७६ आषाढ १३, शुक्रबार
लागुऔषधसहित तीन पक्राउ
प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । भैरहवाबाट काठमाडौँका लागि छुटेको लु१ख ९११३ नंको बसमा सवार काठमाडौँ महानगरपालिका–२ बस्ने २५ वर्षीय सन्दीप रजकलाई पक्राउ गरिएको हो । उनको साथबाट नुर्फिन ११९ थान, डाइजापाम ११५ थान र फेनरागन ११८ थान गरी जम्मा ३५२ थान लागुऔषध साथै...


