-
२०७६ आषाढ १२, बिहिबार
निगमले जापान, चीन र साउदीमा उडान गर्ने
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानसँगै चीन र साउदी अरेबियाका गन्तव्यमा उडान गर्ने भएको छ । आगामी भदौ दोस्रो सातादेखि जापानको ओसाका उडान गर्ने तयारीमा रहेको निगमले क्रमशः साउदी अरब र चीनमा थप नयाँ गन्तव्य विस्तार गर्न लागेको हो । निगमले साउदी उडानका लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्तिका लागि केही दिनअघि बोलपत्र आह्वान गरिसकेको छ । यात्रुदेखि कार्गो एजेन्टका...
-
२०७६ आषाढ १२, बिहिबार
मुख्यमन्त्री पोखरेलसँग जापानी राजदूतको भेट
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरलसँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज भेटवार्ता गर्नुभयो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा राजदूत साइगोले नेपाल र जापानबीचको निकै पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपालको विकास प्रयासमा सघाउन जापान सधैँ तयार रहेको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले नेपाल र जापानलाई बौद्ध संस्कृतिले जोडेको चर्चा गर्दै लुम्बिनीको...
-
२०७६ आषाढ १२, बिहिबार
सिँचाइका कार्यालय प्रमुख र इञ्जिनीयर घुससहित पक्राउ
कञ्चनपुरको भीमदत्तनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख आजीत श्रीवास्तव र इञ्जिनीयर ग्रिष्मा ठगुन्ना रु दुई लाख घुससहित पक्राउ परेका छन् । आज कार्यालयमै भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदी नियन्त्रणका लागि गठित उपभोक्ता समितिका पदाधिकारीबाट घुस लिइरहेको अवस्थामा यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले पक्राउ गरेको हो ।...
-
२०७६ आषाढ १२, बिहिबार
बार्जुकोट दरबार र कालाजग्रामा ‘भ्यूटावर’ निर्माण हुँदै
बाजुराको बूढीगङ्गा नगरपालिका–४ स्थित ऐतिहासिक तथा भग्नावशेषका रुपमा रहेको बार्जुकोट दरबारमा ‘भ्यूटावर’ निर्माण कार्य शुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको वन, पर्यटन तथा उद्योग मन्त्रालयको रु ३५ लाख आर्थिक सहयोगमा उक्त टावर निर्माण हुन लागेको दरबारका हकवाला राजेन्द्रबहादुर शाहले बताउनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारको वन, पर्यटन तथा उद्योग मन्त्रालयको लगानीमा बन्ने सो ‘भ्यूटावर’ चार तले...
-
२०७६ आषाढ १२, बिहिबार
स्पोर्टस अवार्डका लागि क्राउन प्लाजाको सहयोग
विसं २०७५ मा प्राप्त गरेको उपलब्धि र चर्चालाई आधार मान्दै नेपाल खेलकूद पत्रकार मञ्च एनएसजेएफ ले प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डका लागि नक्सालस्थित होटल क्राउन प्लाजाले सहयोग गर्ने भएको छ । यही असार १७ गते आयोजना हुने उक्त अवार्डका लागि होटलले सहप्रायोजकको रुपमा सहयोग गर्ने आयोजक मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र उक्त होटलका प्रबन्ध निर्देशक युवराज श्रेष्ठले आज सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो...
-
२०७६ आषाढ १२, बिहिबार
नमूना गाउँमा नयाँ उत्साह
गाउँ, गाउँमा स्वागत गेट, अनि सरसफाइसम्बन्धी सन्देश लेखेको होर्डिङ बोर्ड देख्दा लाग्छ नयाँ पाउनालाई स्वागत गर्न ती बोर्ड राखिएका हुन् र पक्कै पनि गाउँमा कोही आउँदैछ भन्ने भान हुन्छ तर ती बोर्ड न स्वागतका लागि राखिएका हुन् न त कोही नयाँ पाहुना नै आउन लागेका हुन् । ती त नगरको समृद्धि र विकासको नयाँ स्वरूप दिन नलगाड नगरपालिकाले नमूना बस्ती निर्माण गरी दैनिक सबैलाई समानरुपमा स्वागत गर्नका लागि बनाएको...
-
२०७६ आषाढ १२, बिहिबार
गुट्खाको अवैध व्यापारः भन्सार राजश्व प्रभावित
गुट्खाको अवैध व्यपारका कारण सरकारले वार्षिक करोडौं रुपैयाँको राजस्व गुमाउँदै आएको छ । प्रहरीले वीरगञ्जको माईस्थानस्थित गौतम चौरसियाको घरमा छापामारी रु तीन लाख मूल्य बराबरको गुट्खा बरामद गरेपछि यसको अवैध व्यापार हुने गरेको रहस्य सार्वजनिक भएको हो । भन्सारबाट राजश्व तिरेर भारतीय गुट्खा भित्रिएको बारे वीरगञ्ज भन्सार कार्यालयमा कुनै अभिलेख छैन तर यहाँको बजारमा भने व्यापक मात्रामा भारतमा निर्मित...
-
२०७६ आषाढ १२, बिहिबार
समायोजनामा जाने प्रहरीलाई दुई ग्रेड दिने कि, एक तह बढुवा गर्ने
मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनामा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि ग्रेड मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस शुरु भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी समायोजना गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि छलफल शुरु भएको छ । विधेयकको दफा ७ मा समायोजनामा जाने प्रहरी...
-
२०७६ आषाढ १२, बिहिबार
एसइईको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले संवत् २०७५ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० एसइई को परीक्षाफल आज सार्वजनिक गरेको छ । भक्तपुरस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक सो नतिजाको विस्तृत विवरण आउन बाँकी छ । गत चैतमा सम्पन्न परीक्षामा चार लाख ७५ हजार तीन विद्यार्थीले आवेदन दिएका थिए । कार्यालयले केही वर्षयता अक्षराङ्कन पद्धतिमा परीक्षाफल प्रकाशन गर्दै आएको छ ।...
-
२०७६ आषाढ १२, बिहिबार
ट्याक्सीमा सामान हराउने तथा छोडिने क्रम बढ्दो
पछिल्लो समय काठमाडौँ उपत्यकामा सञ्चालित ट्याक्सीमा सामान छोडिने तथा हराउने क्रम बढ्दो छ । विसं २०७५ मङ्सिर ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मण्डिखाटार जाने क्रममा बा १ ज ५४२८ नम्बरको ट्याक्सीमा दुई थान हिराको औँठी र अन्य सामग्री छोडिएकोमा मङ्सिर १० गते ट्राफिक प्रहरीले खोजतलास गरी सामानको धनी मोनिका शाहलाई जिम्मा लगाएको थियो । विसं २०७५ पुस १ गते ठमेलदेखि माइतीघर न्यूरो अस्पतालसम्म...
-
२०७६ आषाढ १२, बिहिबार
निःशुल्क शिक्षा नपाएपछि विद्यार्थी विद्यालय छाड्दै
कानूनतः माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि व्यवहारमा लागू हुन नसकेपछि विद्यार्थीले कक्षा छाड्ने क्रम देखिएको छ । विद्यालयमा विद्यार्थी नियमित उपस्थित हुन नसक्नुमा सार्वजनिक विद्यालयले पनि चन्दा वा सहयोगका नाममा अभिभावकसँग शुल्क लिने गर्नु र शिक्षक व्यवस्थापनमा समस्या देखिनुलाई मुख्य समस्या मानिएको छ । शिक्षामा पर्याप्त मात्रामा बजेट नहुँदा विद्यालयले निजी स्रोतका शिक्षकको तलब र अन्य...
-
२०७६ आषाढ ११, बुधबार
दलित पत्रकारको राष्ट्रिय सम्मेलन असार १३ देखि
नेपाल पत्रकार महासङ्घमा आवद्ध दलित समुदायका पत्रकारहरुको राष्ट्रिय सम्मेलन पाल्पाको तानसेनमा यही असार १३, १४ र १५ गते हुने भएकोे छ । सम्मेलनलाई व्यवस्थित बनाउनका लागि महासङ्घले मूल समिति र छ उपसमिति गठन गरेको पाल्पा शाखा अध्यक्ष राजेशकुमार अर्यालले बताउनुभयो । सो सम्मेलनमा कार्यसमितिका पदाधिकारी, सल्लाहकार, केन्द्रीय तथा प्रदेश पार्षद, विभिन्न सञ्चारमाध्यमका प्रमुखको सहभागिता रहने बताइएको छ ।...


