STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ आषाढ १३, शुक्रबार

    मूर्ति चोरी

    महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–२ मा अवस्थित रामजानकी मन्दिर कुट्टी बाट गए राति साढे सात लाख मूल्य बराबरको मूर्ति चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार एकडारा गापा–२ मा रहेको रामजानकी मन्दिरबाट गए राति चोरहरुको एक समूहले सात लाख पचास हजार मूल्य बराबरको तीनवटा मूर्ति चोरेर लगेका छन् । सो मन्दिरमा रहेका प्रतिगोटा दुई लाख ५० हजारमा...

  • २०७६ आषाढ १३, शुक्रबार

    प्रहरी बिट हस्तान्तरण

    हेटौँडा–२ स्थित सगरमाथा युपीभीसी उद्योगले ट्राफिक प्रहरी कार्यालय हेटौँडालाई प्रहरी बिट हस्तान्तरण गरेको छ । उद्योगका सञ्चालक राजेन्द्र न्यौपाने र रामबहादुर गुरुङले मकवानपुरका ट्राफिक प्रहरी प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रकुमार ठाकुरलाई बिहीबार सो प्रहरी बिटको साँचो हस्तान्तरण गरेका हुन् । सडकमा ड्युटी गर्न बसेका ट्राफिकलाई वर्षात्को समयमा निकै ठूलो समस्या हुने भएकाले यो बिटले केही राहत...

  • २०७६ आषाढ १३, शुक्रबार

    ससीटिभी क्यामरा जडान

    आपराधिक क्रियाकलाप न्यूनीकरण गर्ने उद्देश्यले बैतडीको पाटन नगरपालिकाले बजार क्षेत्रमा सिसीटिभी क्यामरा जडान गरिएको छ । बजार क्षेत्रका मुख्यमुख्य स्थानमा ११ वटा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर सिंहले बताउनुभयो । करीब रु पाँच लाखको लागतमा उक्त सिसीटिभी क्यामरा जडान गरिएको नगरपालिकाले जनाएको छ । सिसीटिभी क्यामेरा जडानबाट शान्ति सुरक्षामा सहज हुने, अपराध...

  • २०७६ आषाढ १३, शुक्रबार

    एक हजार दुईसय हजयात्री साउदी जाँदै

    नेपाल हज समितिले हज यात्राका लागि साउदी अरब जाने हजयात्रीको सुविधा विगतको तुलनामा गुणात्मक रुपले बढाउने तयारी भइरहेको जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी आगामी साउन २ गतेदेखि हज यात्रामा निस्कने हजयात्रीको व्यवस्थापनका लागि आवासीय सुविधा र खानपिनको राम्रो व्यवस्था गरिएको जनाएको हो । यस वर्ष पनि नेपालबाट एक हजार २०० हज यात्रामा जानेछन् । हज यात्रामा दुई हजार पठाउनका लागि पहल गरिए पनि सार्थक...

  • २०७६ आषाढ १३, शुक्रबार

    आक्रमणमा आठ प्रहरी मारिए

    अफगानिस्तानको मध्य प्रान्त दैकुन्दीको कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा आठ प्रहरी मारिएका छन् । यस आक्रमणका परी अन्य १६ जना प्रहरी घाइते भएका छन् । प्रान्तीय गभर्नर आह्ला रहमानले उक्त जानकारी दिनु भएको छ । शुक्रबार बिहान सबेरै कज्रन जिल्लामा रहेका प्रहरीचौकीहरुमा भएको आक्रमणमा परी आठ प्रहरीको मृत्यु हुनको साथै अन्य १६ जना घाइते भएका सरकारी...

  • २०७६ आषाढ १३, शुक्रबार

    नक्कली किसानको अन्त्य गर्नुपर्छ कृषिमन्त्री

    गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले सक्कलीभन्दा नक्कली किसानको बिगबिगी रहेकाले यसको अन्त्य हुनु जरुरी रहेको बताउनु भएको छ । बेँसीशहर नगरपालिका–७ मा आज पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय लमजुङको समन्वयमा आयोजना गरिएको ‘एक गाउँ एक पशु सेवा’ प्राविधिकहरुलाई सेवा सञ्चालनका उपकरण वितरण कार्यक्रममा उहाँले सो कुरा...

  • २०७६ आषाढ १३, शुक्रबार

    सीमापारि बजारको आकर्षण

    बाँके जिल्लाको सीमापारि भारतीय रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड त्यहाका व्यापारीका लागि थेगीनसक्नु छ तर नेपालगञ्जका व्यापारीलाई ग्राहक कुरेर बस्नुपर्ने बाध्यता अझै अन्त्य हुन हुन सकेको छैन । “नेपालगञ्जभन्दा रुपैडिहामा सामान सस्तो पाइन्छ भन्ने आम उपभोक्ताको बुझाइ छ”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्य भन्नुहुन्छ, “यो बुझाइ नै गलत हो । बहुराष्ट्रिय कम्पनीका सामान...

  • २०७६ आषाढ १३, शुक्रबार

    बाढीको जोखिममा दाङ, प्रशासन ‘हाइ अलर्ट’

    जब जब झरी पर्छ र बबईमा बाढी आउँछ, दङ्गालीहरुलाई ५ वर्ष अगाडिको कहालिलाग्दो समय ताजा बनेर आउँछ । आकाशमा बादल देखेरै बबई किनारका बस्तीहरु डराउँछन् । विसं २०७१ साउन २८ र २९ गते र त्यसको दुई वर्षपछि २०७४ साउन २९ र ३० गते आएको बाढीले करोडौँको सम्पत्ति बगरमा परिणत मात्रै भएन कयौँ मानिसले ज्यान समेत गुमाए । दाङको बबई नदीमा दुई पटक आएको यो बाढीले २५ जनाको ज्यान लियो । तीनजना अझै बेपत्ता छन् भने कयौँ...

  • २०७६ आषाढ १३, शुक्रबार

    विमानस्थलमा सङ्कटकालीन अभ्यासः आधा घण्टा सेवा बन्द हुने

    ‘विमानस्थल सङ्कटकालीन’ पूर्व अभ्यासका लागि मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न आधा घण्टा बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धित विभिन्न निकायको सहभागितामा ‘बम थ्रेट’ सम्बन्धी पूर्णकालीन अभ्यास गर्न लागिएको विमानस्थलले जनाएको छ । सङ्कटकालीन योजनाअनुरुप गरिने अभ्यासका लागि विमानस्थल आधा घण्टा बन्द गरिने विमानस्थलका महाप्रबन्धक राजकुमार...

  • २०७६ आषाढ १३, शुक्रबार

    जि–२० को शिखर सम्मेलन जापानको ओसाकामा शुरु

    बीसवटा औद्योगिक राष्ट्रको समूह जि–२० को शिखर सम्मेलन शुक्रबार जापानको ओसाका शहरमा शुरु भएको छ । सो सम्मेलनको शुक्रबार बिहान ओसाका शहरमा जापानी प्रधानमन्त्री सिन्जो आबेले औपचारिक रुपमा उद्घाटन गर्नुभयो । सो सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपति सी चिनफिङ बिहीबार जापानको ओसाका शहर आइपुग्नुभएको बताइएको थियो । विश्वमा हाल कतिपय विषयको व्यापारमा प्रमुख औद्योगिक राष्ट्रहरुका बीचमा मतान्तर कायम रहेकै...

  • २०७६ आषाढ १३, शुक्रबार

    साझाद्वारा पाँच सय विद्युतीय कार्ड बिक्री

    साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको छ । नियमित रुपमा साझा बस चढ्ने यात्रुलाई सुविधा पु¥याउन यो सेवा शुरु गरिएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेयले बताउनुभयो । उहाँका अनुसार संस्थाले अहिले सबै बसहरुमा ‘ई–टिकेटिङ’ सेवा लागू गरिसकेको छ ।...

  • २०७६ आषाढ १३, शुक्रबार

    महिला अधिकार मञ्चमा रिमाल

    राष्ट्रिय महिला अधिकार मञ्च प्रदेश नं ३ समितिको अध्यक्षमा मेनुका रिमाल चयन हुनुभएको छ । आज हेटौँडामा भएको प्रदेश भेलाले रिमालको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको होे । सो समितिको उपाध्यक्षमा जानुका विक ९काभ्रे०, कोषाध्यक्षमा रजिना सुनुवार दोलखा, सचिवमा सीता पुलामी मकवानपुर र सहसचिवमा रोशनी लामा सिन्धुपाल्चोक तथा सदस्यमा मीठू मोक्तान रसुवा, लक्ष्मी मगर सिन्धुली, गीता बस्नेत नुवाकोट र विष्णु...

Pages