-
२०७६ आषाढ १२, बिहिबार
आगलागीबाट रु ५६ लाखको क्षति
जिल्लाको कुम्मायक गाउँपालिकास्थित तिङदेनमा आज बिहान करीब ६ः३० बजेको समयमा आगलागी भएको छ । कुम्मायक गाउँपालिका–४ तिङदेन बजारमा रहेको तिलविक्रम सम्बाहाम्फेको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट रु ५६ लाख ९५ हजारको क्षति भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी चौकी यासोकका इञ्चार्ज बानहादुर चौहानका अनुसार आगलागीका कारण घर र पसलका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।...
-
२०७६ आषाढ १२, बिहिबार
स्नातकोत्तर तहसम्म छोरीलाई निःशुल्क शिक्षा
रामपुर नगरपालिकाले अब जन्मने छोरीलाई स्तातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने भएको छ । पाँचाँै नगरसभामा नगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष २०७६÷७७ देखि जन्म हुने सबै छोरीलाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताइएको छ । नगरप्रमुख रमणबहादुर थापाले स्वास्थ्य संस्थामा बच्चा जन्माउने आमालाई बीमाको व्यवस्था गरिएको र छोरी जन्मिएमा पाँच सय रुपैयाँ थप...
-
२०७६ आषाढ १२, बिहिबार
महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगरलाई
पहिलो संस्करणको उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल ९एपिएफ०को मैदानमा आज भएको फाइनल खेलमा विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोलअन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । उपाधिसँगै विराटनगरले रु पाँच लाख हात पार्दा उपविजेतामा चित्त बुझाएको बाह्रबिसेले रु तीन लाख प्राप्त ग¥यो ।...
-
२०७६ आषाढ १२, बिहिबार
देशभर मनसुन सक्रिय
गत वर्षभन्दा दश दिन ढिलो गरी भित्रिएको मनसुन आजदेखि देशभर सक्रिय भएको छ । देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार यो समयमा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने हुन्छ । आज देशको पूर्वी र मध्य भू–भागको तुलनामा पश्चिमी भू–भागमा कम वर्षा हुने मौसम...
-
२०७६ आषाढ १२, बिहिबार
जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी
नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान ८ बजेबाट पुनः शुरु गरेको हो । बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काङ्ग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म...
-
२०७६ आषाढ १२, बिहिबार
पर्यटकको पखाईमा झोवाङको शीतल गुफा
ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको कास्कीस्थित झोवाङको शीतल गुफा पर्यटकको पर्खाइमा रहेको छ । कास्कीका अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरेसँगै यतिखेर यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् । पोखरा–बागलुङ सडकखण्डको झुवारी खोला पुलसँगै सुगम स्थानमा अवस्थित प्राचीन गुफामा आवश्यक भौतिक संरचनाको विकाससहित...
-
२०७६ आषाढ १२, बिहिबार
उत्तरपश्चिम नाइजेरियामा २२ किसानको हत्या
नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतङ्ककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ । दमासाक शहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरुको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् । गोली लागि घाइते भएका दर्जनौं महिला र बालबालिका...
-
२०७६ आषाढ १२, बिहिबार
दुर्गममा जाँदैनन् कर्मचारी
सङ्खुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राही सास्ती खेप्न वाध्य भएका छन् । गाउँपालिककाका पाँच वटा वडाका ६ हजार ५७६ जनाका लागि एक जना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो । भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने बाध्यता रहेको वडासचिव नायबसुब्बा दावा लामाले बताउनुभयो । “ एक वडामा महीनाको दुई–तीन दिनभन्दा बढी समय दिन सकिँदैन”,...
-
२०७६ आषाढ १२, बिहिबार
कस्टम हायरिङ सेन्टर स्थापना
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु सुपरजोनको ५० प्रतिशत अनुदानमा धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौरस्थित पाटीचौर साना किसान कृषि सहकारी संस्था लि। ले ‘कस्टम हायरिङ सेन्टर’ स्थापना गरेको छ । सुपरजोन कार्यालयको रु १५ लाख र उक्त सहकारी संस्थाको रु १५ लाख गरी कूल रु ३० लाखको लागतमा सो केन्द्र स्थापना गरिएको हो । उक्त केन्द्र उद्घाटनका क्रममा धुलिखेल नगरपालिका प्रमुख अशोक...
-
२०७६ आषाढ १२, बिहिबार
प्लाष्टिक निरुत्साहित गर्न कपडाका झोला
घोराही उपमहानगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलाई निरुत्साहित गरी कपडाका झोला प्रवद्र्धन गर्न तालीम सञ्चालन गरेको छ । नारी सीप विकास संस्थामार्फत उपमहानगरले कपडाका झोला बनाउने र बजारमा पु¥याउने उद्देश्यले सो तालीम आयोजना गरेको हो ।बुधबारदेखि शुरु भएको तालीममा विभिन्न वडाका महिला सहभागी छन् । नगर प्रमुख नरुलाल चौधरीले प्लाष्टिकले वातावरण र मानवीय स्वास्थ्यमा पार्ने असरबारे सचेत हुन र त्यसको...
-
२०७६ आषाढ १२, बिहिबार
पूर्वमुख्यसचिव मल्लको निधन
पूर्वमुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित हुनुभएका उहाँको ७८ वर्षको उमेरमा आज बिहान ३ः१५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको उहाँका भाइ राजुमानसिंह मल्लले जानकारी दिनुभयो । ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आउनुभएका उहाँ लामो समयदेखि क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । वीरगञ्जमा जन्मनुभएका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको...
-
२०७६ आषाढ १२, बिहिबार
असार १४ गते विधेयक सम्बन्धी मोटरसाइकल ¥याली
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको संयोजन तथा संघसंस्थाले असार १४ गते शनिवार मोटरसाइकल ¥यालि गर्ने भएको छ । यो ¥यालि बिहान १० बजे देखि काठ्माडौ देखि शुरु भई भक्तपुर हुदै किर्तिपूर सम्म गइ गुथि विधेयक सम्बन्धी जनचेतना अभियान गर्नेछ । सरकाले गएको मंगलबार राष्ट्रियसभां मा गुथि विधेयक विधिवत् रुप बाट फिर्ता गरेको हो ।


