-
२०७६ आषाढ ११, बुधबार
उपराष्ट्रपति कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउसमा’
उपराष्ट्रपतिको कार्यालय लैनचौरस्थित ‘ग्रीन हाउस’मा स्थानान्तरण भएको छ । कान्तिपथस्थित बहादुर भवनमा रहको उक्त कार्यालय आजदेखि ग्रीन हाउसमा सरेको उपराष्ट्रपति कार्यालयले जनाएको छ । सरकारले लैनचौरस्थित समाजकल्याण परिषद्को भवनलाई उपराष्ट्रपतिको निवास तथा उपराष्ट्रपतिको कार्यालय बनाउने निर्णय गरेपछि उक्त भवनको मर्मत सम्भार शुरु गरिएको थियो । उपराष्ट्रपतिको निवास उक्त भवनमा यसअघि नै स्थानान्तरण भइसके...
-
२०७६ आषाढ १०, मंगलबार
विप्लव समूहका लमजुङ सेक्रेटरी पोखरामा पक्राउ
नेत्रविक्रम चन्द विप्लव समूहका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । सो समूहका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । यसैबीच आज बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा...
-
२०७६ आषाढ १०, मंगलबार
अवैध भरुवा बन्दुकसहित पक्राउ
जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७ बस्ने बस्ने कालीबहादुर तामाङ रहेका छन् । आइतबार राति नौ बजे नाङलापा हाङफाबुङस्थित बाटोमा बन्दुक बोकेर हिँडिरहेका तामाङलाई पक्राउ गरिएको पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले जानकारी दिनुभयो । तामाङलाई अस्थायी प्रहरी चौकी रानीटारको...
-
२०७६ आषाढ १०, मंगलबार
वनको दोहनप्रति चिन्ता व्यक्त
प्रदेश नं २ का उद्योग, पर्यटन, वन एवं वातावरणमन्त्री रामनरेश रायले प्रदेशमा बढ्दै गएको वनको दोहनप्रति चिन्ता व्यक्त गर्नुभएको छ । घरेलु तथा साना उद्योग कार्यालय र जनकपुरधाम उद्योग वाणिज्य सङ्घ कार्यालयद्वारा सोमबार यहाँ आयोजित औद्योगिक तथा व्यापार प्रदर्शनी मेलाको उद्घाटन कार्यक्रममा मन्त्री रायले विभिन्न नाममा वनको दोहनले प्रदेशमा पर्यावरणीय र वातावरणीय समस्या जटिल बन्दै गएको छ भन्नुभयो । उहाँले...
-
२०७६ आषाढ १०, मंगलबार
दुर्घटनामा दुईको मृत्यु, दुई घाइते
सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमेरेफाँटमा कार दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा अरु दुई घाइते भएका छन् । दुर्घटनामा कार चालककी श्रीमती काठमाडौँ महानगरपालिका वडा नं ३१ नयाँबानेश्वर बस्ने ४५ वर्षीया हेमा लामिछाने र चालकका दाजु ६० वर्षीय अच्चुत लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभयो । यस्तै दुर्घटनामा कार चालक ५८...
-
२०७६ आषाढ १०, मंगलबार
महिला अधिकारकर्मीद्वारा नगर प्रमुखको राजीनामा माग
कर्णालीका महिला अधिकारकर्मीहरुले इटहरी उपमहानगरपालिकाका प्रमुख द्वारिकालाल चौधरीको राजीनामा माग गरेका छन् । महिला अधिकारका क्षेत्रमा कार्यरत यहाँका नौ महिला अधिकारवादी संस्थाका प्रमुखले सामूहिकरूपमा राजीनामा माग गरेका हुन् । महिला अधिकारवादीको संयुक्त हस्ताक्षरित हिजो जारी विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र अधिकार हनन गरी समग्र महिलाको बेइज्जत गर्ने नगर प्रमुखलाई सरकारले यथाशीघ्र कारवाही गर्नुपर्छ...
-
२०७६ आषाढ १०, मंगलबार
मेलम्ची आयोजनाको काम सञ्चालन गर्न कार्यदल
मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका स्थानीय ठेकेदारले दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने भएका छन् । सोमबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको पहलमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो । इटालेली कम्पनी सिएमसी भागेपछि बोलपत्र खुलाएर मेलम्चीले अर्को ठेक्का प्रक्रिया थालेको थियो । मेलम्ची...
-
२०७६ आषाढ १०, मंगलबार
लागुऔषधसहित तीन युवक पक्राउ
महोत्तरी प्रहरीले गए राति भारतीय नाकामा लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बर्दिबास नगरपालिका–१४ का २१ वर्षीय रामभरोस महतो र २२ वर्षीय अजय कुमार बैठा, त्यस्तै गौशाला नगरपालिका–४ का ३६ वर्षीय राजाराम साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो । गए राति करीब साढे ९ बजेतिर भारत बिहारको सीतामढी जिल्लाको कन्हमा शहरबाट...
-
२०७६ आषाढ १०, मंगलबार
दुर्घटनामा अधिकारीको निधन
नेपाल विद्यार्थी सङ्घ चितवन साविक क्षेत्र नं ४ का पूर्वसभापति ३९ वर्षीय तीलचन्द्र अधिकारीको दुर्घटनामा परी निधन भएको छ । सोमबार राति नवलपुरको गैँडाकोट नगरपालिका वडा नं २ इलाका प्रहरी कार्यालय अगाडि भएको दुर्घटनामा अधिकारीको निधन भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार नारायणगढतर्फ आउँदै गरेको ना७ख ७७१ नंको ट्रकले विपरीत दिशातर्फ जाँदै गरेको ना२७प ५३६ नंको मोटरसाइकललाई...
-
२०७६ आषाढ १०, मंगलबार
चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन
उपन्यासकार तथा लेखक देवेन्द्र न्यौपानेको चेतनामूलक उपन्यास ‘सङ्गत’ विमोचन गरिएको छ । नेपाल प्रहरीको लागुऔषध ब्यूरोद्वारा अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध दिवसको पूर्वसन्ध्यामा सोमबार यहाँ आयोजित कार्यक्रममा लेखक न्यौपानेको उक्त उपन्यास विमोचन गरिएको हो । उपन्यास महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री र लागुऔषध ब्यूरोका प्रमुख...
-
२०७६ आषाढ १०, मंगलबार
स–साना नानीहरुमा आँखासम्बन्धी जटिल समस्या
महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका क्षेत्रमा स–साना उमेरका बालबालिकामा आँखासम्बन्धी जटिल समस्या भेटिएको छ । नगरपालिकाको सहकार्यमा महाकरुणा समाज नेपालले सञ्चालन गरेको बुद्ध आँखा केन्द्रले पछिल्लो एक महीनाको अवधिमा गरेको विद्यालय केन्द्रित आँखा परीक्षणमा यस्तो समस्या पाइएको हो । बुद्ध आँखा जाँच केन्द्रले एक महीनाको अवधिमा जाँच गरेका एक हजार ७४६ मध्ये एक हजार १४९ विद्यालयमा अध्ययन गरिरहेका...
-
२०७६ आषाढ १०, मंगलबार
क्षतिको चार वर्षपछि घर ‘रेट्रोफिटिङ’
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा नमोबुद्ध नगरपालिका–५ फलाँटे गैरामा भूकम्पबाट आंशिक क्षति पुगेको दुईतले कच्ची घर रेट्रोफिटिङ प्रबलीकरण गरी धनीलाई हस्तान्तरण गरिएको छ । आवास आंशिक क्षति लाभग्राहीमा सूचीकृत गैराका छत्रबहादुर परियारको कच्ची घरबाट गत वर्ष चैत २९ गते प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रेट्रोफिटिङ अभियानको औपचारिक शुरुआत गर्नुभएको थियो । भूकम्पले घर चर्किएको करीब...


